मकवानपुर । आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा राप्रपा नेपालसंगको गठबन्धन गरेको प्रती असन्तुष्ट पक्षले नेकपा एमाले जिल्ला पार्टी कार्यालय मकवानपुरमा ताला लगाएका छन् ।
मकवानपुरको क्षेत्र न १ मा रामेश्वर रानालाई उम्मेदवार घोषणा गरीएको केही समयमै उनको टिकट खोसेर राप्रपा नेपालका अध्यक्ष कमल थापालाई उमेदवार बनाएको प्रति असन्तुष्ट कार्यकर्ताले पार्टी कार्यालयमा ताला लगाएका हुन् ।

पार्टी केन्द्रीय कमिटीले जिल्लाको राजनीतिक अवस्था नबुझेको र पार्टीप्रतिको लगानीलाई बेवास्ता गरेको भन्दै आक्रोसित कार्यकर्ताले पार्टी कार्यालयमा ताला लगाएको हो । केन्द्रको निर्णयका विरुद्ध जिल्ला नेतृत्व चुपचाप रहेको भन्दै आफूहरुले ताला लगाएको आन्दोलित पक्षले जनाएको छ । जिल्ला अध्यक्ष एकालल श्रेष्ठले आफू पार्टी कार्यालयभन्दा बाहिर रहेकाे र यसबारे पार्टी अफिस पुगेपछिमात्रै प्रतिक्रिया दिने बताए ।
मकवानपुर । राप्रपा नेपालका केन्द्रीय अध्यक्ष कमल थापा अन्ततः मकवानपुरको प्रतिनिधि सभा क्षेत्र नम्बर १ बाट सुर्य चिन्ह लिएर चुनावमा जाने पक्का भएको छ ।
गत स्थानीय तहको निर्वाचनमा हेटौंडा उपमहानगरपालिकाको मेयरको चर्चामा रहेको एमाले नेता रामेश्वर रानालाई संघीय निर्वाचनमा टिकट कन्फ्रम गरी ब्याक हुन लगाइएको थियो । एमालेका सन्त नेता मानिने रानाले खासै बिरोध नगरेपनि उनका समर्थकहरुले संघीय निर्वाचनमा पार्टीबाट घात हुनसक्ने भन्दै व्यापक बिरोध गरेका थिए । अन्तत त्यो सत्य सावित भएको छ ।
असोज २१ गते एमालेले मकवानपुरबाट ६ जना उम्मेरदारहरुमा आफ्नै पार्टीको नेताहरुको नाम सार्वजनिक ग-यो । तर, ति नामको मसि सुक्न नपाउँदै केही घण्टामै केन्द्रीय कमिटीको बैठकले मकवानपुर १ बाट रानाको नाम हटाइ, राप्रपा नेपालका अध्यक्ष थापाको नाम राखिएपछि मकवानपुरे एमालेजनहरुले सामाजिक सञ्जालमा आक्रोश पोखेका छन् ।
स्थानीय चुनावमा रानालाई ब्याक गराइएकै कारण हेटौंडा उपमहानगरपालिकामा एमालेको हार व्यहोर्नु परेको विश्लेषण गर्ने गरिएको छ । त्यस पछि प्रतिनिधि सभाको निर्वाचनमा मकवानपुर १ बाट रानालाई उम्मेदवार बनाउने तयारी हुँदै आएको थियो ।
दशैंताका राप्रपा नेपालका केन्द्रीय अध्यक्ष कमल थापाले केन्द्रमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग आफ्नो सहमति भैसकेको भन्दै गृह जिल्ला मकवानपुरमा एमालेको गुणगान गाउन थालेपछि एमालेजनमा शंका उब्जिएको थियो ।
दशैंमा एमाले मकवानपुरले आयोजना गरेको शुभकामना आदनप्रदान कार्यक्रममा राप्रपा अध्यक्ष थापा उनका भाई गणेश थापालगायत दर्जनौ कार्यकर्तासँगै पार्टी कार्यालय पुगेपछि एमालेजनमा झनै शंका बढेको थियो ।
नेकपा एमालेका केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज रानाको टिकट खोसेर थापालाई सूर्य चिन्हबाट चुनाव लड्ले एमाले अध्यक्ष केपी शर्मा ओलीसंग सहमती भएपछी रानाको टिकट खोसीएको हो ।
थापा शाही शासनका अन्तिम गृहमन्त्री हुन् । नेकपा एमालेको बागमती प्रदेश इन्चार्ज काशीनाथ अधिकारीले थापा सूर्य चिह्न लिएर चुनाव लड्ने निश्चित भएको बताए ।
एमाले मकवानपुरले थापाको जनमत नभएको भन्दै उहाँलाई उम्मेदवार बनाउन नहुने टिप्पणी गर्दै आएको छ । यस सम्बन्धमा एमाले कार्यकर्ताहरु यसअघि पार्टी अध्यक्ष ओलीकहाँ डेलिगेसन नै गएको थियो । तैपनि अन्तिम समयमा ओलीले थापालाई आफ्नो पार्टीबाट उम्मेदवार नबनाउने बचन दिएको बताइएको थियो । अन्ततः थापा एमाले चिन्हबाट उम्मेदवार पक्का भएपछि कार्यकर्ताहरु उनलाई जिताउनको लागि नलाग्ने बताइरहेको छन् ।
यता कमल थापाले आफ्नो जीवन कालमा अन्तिम पटक चुनावी मैदानमा आएको भन्दै सहानुभूतिको मत माग्दै हिडेका छन् । एमाले मकवानपुरले पार्टीको निर्णयलाई स्वीकार गरेर चुनावी मैदानमा जाने बताएको छ ।
मकवानपुर । आज आइतबार आश्विन शुक्ल पूर्णिमा अर्थात कोजाग्रत पूर्णिमा । आजबाट यस वर्षको बडादशैंलाई बिदा गरिदैछ । टाढा टाढाका आफन्तहरु आज सम्म टीका लगाउन तथा आशिर्वाद लिन आउने गर्छन । टीकाको दिन टीका लगाउन छुटेका हरुले समेत आजै टीका ग्रहण गर्ने चलन छ ।
घटस्थापनाका दिन राखिएको जमरा तथा टीकालाई बिसर्जन गरेर आज पूर्णिमाबाट बडादशैं समापन गरिन्छ । कोजाग्रत पुर्णिमाको दिन रातभर जाग्राम रहेर दीपावली गर्दा दीपावली भएको घरमा लक्ष्मीको बास भइ धनधान्यले पूर्ण बनाउँछिन् भनेर राती जाग्राम बस्ने चलन पनि छ ।
यस रात जाग्राम बसेका मानिसका घरमा पृथ्वी भ्रमण गर्दै हिँडेकी महालक्ष्मी प्रवेश गरी धन, ऐश्वर्य दिई सम्पन्न बनाउँछिन् भन्ने धार्मिक विश्वास छ । यसैले पनि आजको दिनलाई कोजाग्रत पूर्णिमा भनिएको हो ।
माता दुर्गाका तीन रुपमध्ये एक महालक्ष्मीको पूजा गरेर दुर्गा पक्षलाई बिदा गरिन्छ । नवरात्र विजयादशमीकै दिन सकिने भए पनि दुर्गा पक्ष भने आश्विन शुक्ल पूर्णिमाका दिनमा समाप्त हुन्छ ।
आइतबारका दिनदेखि सौभाग्य, सम्पत्ति, श्रेय प्राप्तिका लागि आकाशदीप दान पनि सुरू गरिन्छ । आकाशदीप दानका लागि पाएसम्म बाँस, नपाएमा पलाँस, खयर, पीपल आदिको लिङ्गो ठड्याईन्छ र आकाशदीप भगवान विष्णुलाई समर्पण गरी बालिन्छ ।
आश्विन शुक्ल पूर्णिमादेखि कात्तिक शुक्ल पूर्णिमासम्म कात्तिक स्नान गरी घरघरमा विशेषरूपमा गरिने तुलसी पूजा पनि आजको पूर्णिमा दिनदेखि सुरू गरिन्छ ।
मकवानपुर । मकवानपुरको राक्सिराङमा भिरबाट लडेर जनाकाे मृत्यु भएको छ ।
मृत्युु हुनेमा मनहरी गाउँपालिका-६ घर भई हाल राक्सिराङ गाउँपालिका-९ धुरु बस्दै आएका ४० वर्षीय मनोज राई रहेको मकवानपुर प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार राईको भिरबाट लडेर मृत्यु भएको हो । शुक्रवार साँझ राक्सिराङ ९ ससुराली घरबाट मादक पदार्थ सेवन गरी आफुखुसी निस्किएका राई अबेरसम्म नफर्किएपछि आफन्तले खोजतलास गरेका थिए ।
राई शनिवार विहान ससुराली घरदेखि करिब २ किलोमिटर दक्षिण धुरु भिरबाट लडेर मृत अवस्थामा भेटिएको प्रहरीले बताएको छ । घटनास्थलमा प्रहरीको टोली पुगेर अनुसन्धान तथा मुचुल्का उठाउने कार्य भई रहेको छ ।
मकवानपुर । सत्तारुढ दलको गठबन्धनसँग चुनावी प्रतिष्पर्धामा उत्रन नेपाल कम्युनिष्ट पार्टी एमालेले राप्रपा नेपालसँग तालमेल गर्ने भन्ने हल्लालाई पार्टीले निराधार सावित गरेको छ ।
यसअघि एमालेका जिम्मेवार पदका नेता तथा कार्यकर्ता र राप्रपा नेपालका केन्द्रीय अध्यक्ष कमल थापाले नै पार्टीभित्र आपसी तालमेल हुने निश्चित भएको भन्दै सार्वजनिक कार्यक्रमहरुमा बोल्दै आएका थिए । अन्तत एमाले बागमती प्रदेशले प्रदेशको सबै स्थानमा उम्मेदवारीको अन्तिम नामावली सार्वजनिक गरेको छ ।
विशेष गरी राप्रपा नेपालमा केन्द्री अध्यक्ष कमल थापालाई एमालेले थापाको गृह जिल्लामा सघाउने बारे अन्तरीक तयारी फेल खाएको हो । एक साताअघि एमाले मकवानपुरले पार्टी कार्यालयमा दशैको अवसरमा आयोजना गरेको चियापान कार्यक्रममा राप्रपा नेपालका अध्यक्ष थापा कार्यकर्ताको दलबल सहित उपस्थित थिए ।
यो माहोल देखेका एमालेजनले मकवानपुरको क्षेत्र न १ बाट प्रतिनिधि सभामा कमल थापा सूर्य चिन्ह लिएर मैदानमा आउने बारे स्पष्ट भएका थिए ।
तर पार्टी बागमती प्रदेश कमिटीले असोज २१ गने सार्वजनिक गरेको सूचिमा थापाको नाम छैन । यस अघि चर्चामा आएका रामेश्वर रानालाई मकवानपुरबाट प्रतिनिधि सभा क्षत्र न १ को उम्मेदावर फाइनल गरिएको हो । राना एमालेका पुराना नेता हुन् । गत स्थानीय तहको निर्वाचनमा हेटौंडा उपमहानगरपालिकाको मेयरको उम्मेदवारमा चर्चा भएका रानालाई अन्तिम समयमा हटाइएको थियो ।
नेकपा एमालेले बागमती प्रदेशमा प्रत्यक्षतर्फ प्रतिनिधि सभा र प्रदेश सभामा प्रत्यक्षतर्फ ९६ जनाको नाम टुङ्ग्याउँदा २ जनामात्रै महिलाको नाम परेको छ । रसुवा जिल्लाको नामावली टुङ्ग्याउन बाँकी रहेको पार्टीले जनाएको छ । हालसम्मको टुङ्ग्याएको नामहरुमा काठमाडौ ८ मा प्रतिनिधि सभाको लागि अष्टलक्ष्मी शाक्य र चितवन ३ प्रदेश सभा ख को लागि सरस्वती विष्टको नाम टुङ्ग्याइएको हो ।
यस्तै काठमाडौ ७ र १० को प्रतिनिधि सभा, भक्तपुर १ प्रदेश सभा ख, चितवन ३ प्रतिनिधि सभा र नुवाकोट १ प्रदशे सभा क मा उम्मेदवार टुङ्ग्याउन बाँकी रहेको छ ।
हालसम्म अन्तिम टुङगो लगाइएको नामावली यस्तो छ ।
काठमाडौं १ प्रतिनिधिसभाः किरण पौडेल
प्रदेशसभाः आत्मराम शर्मा र गणेश दुलाल
काठमाडौं २ प्रतिनिधिसभाः मणिराम फुयाँल
प्रदेशसभाः सानु श्रेष्ठ र सुवर्ण श्रेष्ठ
काठमाडौं ३ प्रतिनिधिसभाः कृष्ण राई
प्रदेश सभाः रामेश्वर फुयाल र चन्द्रमान लामा
काठमाडौं ४ प्रतिनिधिसभाः डाक्टर राजन भट्टराई
प्रदेशसभाः तेज ढकाल र जयराम थापा
काठमाडौं ५ प्रतिनिधिसभाः ईश्वर पोखरेल
प्रदेशसभाः दिपक निरौला र नारायण सिलवाल
काठमाडौं ६ प्रतिनिधिसभाः सर्वेन्द्र खनाल
प्रदेशसभाः अमन मास्के र निरेशलाल सिंह
काठमाडौं ७ प्रतिनिधिसभाः टुंगिन बाँकी
प्रदेशसभाः जीवन मानन्धर र श्याम घिमिरे
काठमाडौं ८ प्रतिनिधिसभाः अष्टलक्ष्मी शाक्य
प्रदेशसभाः राजेश शाक्य र नाम्गेल लामा
काठमाडौं ९ प्रतिनिधिसभाः कृष्णगोपाल श्रेष्ठ
प्रदेशसभाः हरिकृष्ण डंगोल र केशव पोखरेल
काठमाडौं १० प्रतिनिधि सभाः टुंगिन बाँकी
ललितपुर १ प्रतिनिधिसभाः नवराज सिलवाल
प्रदेशसभाः मधुसुदन पौडेल र चेतनाथ सन्जेल
ललितपुर २ प्रतिनिधिसभाः प्रेम महर्जन
प्रदेशसभाः रामेश्वर श्रेष्ठ र ज्ञानेन्द्र शाक्य
ललितपुर ३ प्रतिनिधिसभाः अमृत खड्का
प्रदेशसभाः प्रेमभक्त महर्जन र रघुनाथ महर्जन
भक्तपुर १ प्रतिनिधिसभाः नवराज गेलाल
प्रदेशसभाः मोहन श्रेष्ठ र क्षेत्र ख मा टुङ्ग्याउन बाँकी
भक्तपुर २ प्रतिनिधि सभाः महेश बस्नेत
प्रदेशसभाः किरण थापा र नन्दनकृष्ण प्रधान
चितवन २ प्रतिनिधिसभाः कृष्णभक्त पोखरेल
प्रदेशसभाः कृष्ण सिलवाल र देवी ज्ञवाली
चितवन ३ प्रतिनिधिसभाः टुङ्ग्याउन बाँकी
प्रदेशसभाः कृष्ण भुर्तेल र सरस्वती विष्ट
नुवाकोट १ प्रतिनिधि सभाः बद्री मैनाली
प्रदेशसभाः क मा टुंगो लाग्न बाँकी र खा मा पुर्णलाल श्रेष्ठ
नुवाकोट २ प्रतिनिधिसभाः नारायण खतिवडा
प्रदेशसभाः केशव पाण्डे र बिजय लोप्चन
धादिङ १ प्रतिनिधिसभाः भूमि त्रिपाठी
प्रदेशसभाः गजेन्द्र थपलिया र रमेश आचार्य
धादिङ २ प्रतिनिधिसभाः खेम लोहनी
प्रदेशसभाः डाक्टर रामकुमार अधिकारी र धनबहादुर घले
रामेछाप प्रतिनिधिसभाः कैलाश ढुंगेल
प्रदेशसभाः शान्ति प्रसाद पौडेल र मिलन घिसिङ
सिन्धुपाल्चोक १ प्रतिनिधि सभाः सरेश नेपाल
प्रदेशसभाः कमल नेपाल र होमनारायण श्रेष्ठ
सिन्धुपाल्चोक २ प्रतिनिधि सभाः शेरबहादुर तामाङ
प्रदेशसभाः अमानसिंह तामाङ र हस्त पण्डित
काभ्रे १ प्रतिनिधिसभाः रेशम लामा
प्रदेशसभाः दिल बहादुर लामा ९दिलीप० र चन्द्र लामा
काभ्रे २ प्रतिनिधिसभाः गोकुल बास्कोटा
प्रदेशसभाः कुमार खकुरेल र कुमार थापा
मकवानपुर १ प्रतिनिधिसभाः रामेश्वर राना
प्रदेशसभाः कमल विष्ट र एकालाल श्रेष्ठ
मकवानपुर २ प्रतिनिधिसभाः महेश बर्तौला
प्रदेशसभाः विष्णु ढकाल र लालबहादुर थापा
सिन्धुली १ प्रतिनिधिसभाः प्रदीप कटुवाल
प्रदेशसभाः सुवास देवकोटा र रामकुमार कार्की
सिन्धुली २ प्रतिनिधिसभाः मनोजजंग थापा
प्रदेशसभाः विनोद खड्का र रामकुमार पौडेल
दोलखा प्रतिनिधिसभाः बालकृष्ण शिवाकोटी
प्रदेश सभाः नरबहादुर श्रेष्ठ र भरत केसी
