मकवानपुर । मकवानपुरको राक्सिराङमा भिरबाट लडेर जनाकाे मृत्यु भएको छ ।
मृत्युु हुनेमा मनहरी गाउँपालिका-६ घर भई हाल राक्सिराङ गाउँपालिका-९ धुरु बस्दै आएका ४० वर्षीय मनोज राई रहेको मकवानपुर प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार राईको भिरबाट लडेर मृत्यु भएको हो । शुक्रवार साँझ राक्सिराङ ९ ससुराली घरबाट मादक पदार्थ सेवन गरी आफुखुसी निस्किएका राई अबेरसम्म नफर्किएपछि आफन्तले खोजतलास गरेका थिए ।
राई शनिवार विहान ससुराली घरदेखि करिब २ किलोमिटर दक्षिण धुरु भिरबाट लडेर मृत अवस्थामा भेटिएको प्रहरीले बताएको छ । घटनास्थलमा प्रहरीको टोली पुगेर अनुसन्धान तथा मुचुल्का उठाउने कार्य भई रहेको छ ।

