मकवानपुर । मानव अधिकार उलंघन गरेको आरोप लागेको व्यक्ति तथा संस्था उपर राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान गरेर कारबाहीको लागि राज्यलाई गरेको सिफारिस अनुसार काम नभएको पाईएको छ।
राष्ट्रिय मानव अधिकार आयोग राज्यको संवैधानिक अंग हो । मानव अधिकार विरुद्ध भएको गतिविधिमा आयोगले कारबाही आवश्यक भनी राज्यलाई कारबाही गर्न गरिएको सिफारिस कार्यान्वयन नभएपछि आयोगलाई राज्यले नटेरेको स्पष्ट भएको छ ।
राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेशले गत आर्थिक बर्षमा राज्यलाई कारबाहीको लागी सिफारिस गरेको १५७ वटा मुद्दा अझै बिचाराधिन रहेको छ ।
“हामीकहाँ आएका उजुरी उपर हामीले गहिरो अनुसान्धान गरेर कारबाहीको लागि सिफारिस गर्छौ,तर राज्यले त्यसको किनारा लगाएको छैन” आयोगका बागमती प्रदेश प्रमुख यज्ञप्रसाद अधिकारीले भने “राज्यको समन्वय र सहकार्य उत्साहजनक भएन ।” सयुक्त राष्ट्र संघले जारी गरेको प्रतिबद्धता अनुसार काम हुन नसकेको उनले बताए । देशभरबाट परेको मानव अधिकार उल्लंघनको उजुरी मध्ये यस प्रदेशको मात्रै ३३ प्रतिशत रहेको अधिकारीले बताए ।
जीवन मर्यादा समानता र स्वतन्त्रताको अधिकार दीगो शान्ति र समृद्धिको आधार भन्ने नाराका साथ आयोजित ७४ औं अन्तरास्ट्रिय मानव अधिकार दिवसको अवसरमा हेटौंडामा आयोजना गरिएको कार्यक्रम अधिकारीले यस्तो बताएकाव हुन् ।
“मानव अधिकार आयोगले सिफारिस गरेको मुद्दा कार्यान्वयनमा संतोषजनक छैन, हामीले सिफारिस गर्छौ, सरकारले कार्यान्वयन गरेको छैन” अधिकारीले भने ।
कार्यक्रममा भौतिक पुर्वाधार मन्त्रालय बागमती प्रदेश राज्य मन्त्री सन्तबहादुर चेपाङले सरकारलाई मानव अधिकार प्रत्याभूत गर्न नसकेकोमा गुनासो धेरै तर सहकार्य कम हुनेगरेको बताए । केही सवालमा भने सरकारले पनि ध्यान दिन बाकीं रहेको उनले बताए ।
चेपाङलगायको सिमान्तकृत समुदायको समस्या मानव अधिकारको संरक्षण र प्रत्याभूत हुनेगरी प्रदेश सरकारले नीति तथा कार्यक्रम बनाएको उनले बताए ।
कानुन बनाए पनि केही बिषयमा ऐन नबन्दा पुर्ण नभएको कारण समस्या भएको बताउंदै साझा अधिकार सूची अन्तरगतका कानुन बनाउन र कार्यान्वयनमा लैजान प्रदेश सरकारले अब ध्यान दिने उनले बताए ।
कार्यक्रम जिल्ला समन्वय समिति मकवानपुर प्रमुख ललित घलानले संबिधानले सुनिश्चित गरेको व्यवस्थाको कार्यान्वयनमा चुनौती भएको बताए । राज्यको दीगो विकासको लक्ष्य पूरा गर्ने क्रममा स्थानीय सरकारले पनि समन्वय गर्ने उनले बताए ।
कार्यक्रम बागमती प्रदेश मुख्य मन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिव बिनोद कुमार भट्टराईले मानव अधिकारको सवाल राज्यको प्राथमिकताको बिषय रहेकोे र गैसस तथा सरकारबिच समन्वय सहकार्य आवश्यक रहेको बताए ।
कार्यक्रम मकवानपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेब पाण्डे, गैसस मकवानपुर अध्यक्ष कृष्णप्रसाद धिताललगायतको उपस्थिति रहेको थियो ।
राज्यले भौतिक संरचना निर्माण गर्दा कमजोर बनाइदा पनि मानव अधिकार हनन भएको आयोगका प्रदेश प्रमुख अधिकारीले बताए । सडक दुर्घटनामा ज्यान गुमाएकाहरूको सवाल, मौसम परिवर्तन र विकासको क्रममा पनि मानव अधिकार उल्लंघन भैरहेको उनले बताए । अपाङ्ग भएकाहरू, सिमान्तकृत समुदायमा हुने विभेद, नागरिकताको विवाद जस्ता सवाल पनि मानव अधिकार उल्लंघनको सवाल भएको उनले बताए ।
मकवानपुर । अख्तियारको हेटौंडा कार्यालयमा ४ सय ९४ उजुरी दर्ता भएकाे छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडामा आर्थिक वर्ष २०७९–०८० काे साउनदेखि कार्तिक महिनासम्म विभिन्न अनिमियतासम्बन्धी उक्त संख्यामा उजुरी दर्ता भएकाे हाे ।
अख्तियार हेटौंडा कार्यालयले भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा सार्वजनिक गरेकाे ४ महिनाकाे विवरणअनुसार बारा जिल्लाकाे सबै भन्दा बढी उजुरी दर्ता भएकाे छ । बाराकाे १ सय ३२ उजुरी दर्ता हुँदा पर्सा जिल्लाकाे १ सय २०, रौतहटकाे ८८, मकवानपुरकाे ८९, चितवनकाे ४३, धादिङकाे १४, दोलखाकाे ३, रसुवाको ३ तथा रामेछाप र काभ्रेपलाञ्चाेककाे १।१ उजुरी परेकाे आयाेगकाे हेटौडा कार्यालयले जनाएकाे छ ।
बागमती प्रदेशकाे नुवाकोट जिल्लाकाे कुनै उजुरी दर्ता नभएकाे विवरणमा उल्लेख गरिएकाे छ । उक्त अवधीमा अवधिमा दर्ता भएका उजुरीमध्ये १ सय ९० उजुरी फर्छ्यौट भइसकेको भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा हेटौडामा आयोजित कार्यक्रममा कार्यालयले त्यस्तो विवरण सार्वजनिक गरेकाे हाे । गत आर्थिक वर्षदेखि सरेर आएको र चालु आर्थिक वर्षको चार महिनाको कूल उजुरी सङ्ख्या ९ सय ६२ रहेको बताइएकाे छ । यी उजुरीमध्ये २ सय ८१ वटा उजुरी फर्छ्यौट भइसकेको आयोगकाे विवरणमा उल्लेख गरिएको छ ।
उजुरीकाे प्रकृति अनुसार गैरकानुनी लाभका सबै भन्दा बढी उजुरी दर्ता भएकाे छ । गैरकानुनी लाभका विवरणकाे १ सय २७ उजुरी दर्ता हुँदा सार्वजनिक खरिद निर्माणका १ सय ५७, राजश्व हिनामिनाका २८, भूमिसम्बन्धी १९, शैक्षिक प्रमाणपत्रसम्बन्धी ११, घुससम्बन्धी ३ र गैरकानुनी सम्पत्ती सम्बन्धी ४ उजुरी दर्ता रहेको कार्यालयले जनाएकाे छ ।
आयोगकाे हेटौंडा प्रमुख नरहरी घिमिरेले इमान्दारी तथा कानून अनुसार कार्य गर्न सके भ्रष्टाचार नियन्त्रण हुने बताए ।
मकवानपुर । मकवानपुरकाे राक्सिराङ गाउँपालिकामा खाेलामा डुबेर १ जनाकाे मृत्यु भएकाे छ । राक्सिराङ गाउँपालिका वडा नम्वर ३ स्थित स्थानीय चुर्लिङ खोलामा डुबेर १ जनाको मृत्यु भएको मकवानपुर प्रहरीले जनाएकाे छ ।
मृत्यु हुनेमा राक्सिराङ २ थुम्की बस्ने अन्दाजी ७८ वर्षीय म्याक्सो मोक्तान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार मोक्तानको खाेला तर्ने क्रममा मंसिर २४ गते डुबेर मृत्यु भएको हो । उक्त घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।
मकवानपुर । गत साउन १२ गते संघीय सरकारको उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू लाई ज्ञापन पत्र बुझाएपछि बनेको समितिले आधिकारीक निर्णय नगर्दै उद्योगिहरुलाई बक्यौता सहितको बिल पठाएपछि उद्योगीहरु आजबाट पुन आन्दोलित भएका छन् ।
देशमा उद्योगहरु स्थापना गरी आयतलाई प्रतिस्थापन गर्ने, स्वदेशमा रोजगारीका अवसरहरु श्रृजना गर्न साथै मुलकलाई आर्थिक रुपले सवल बनाउने उद्दश्यका साथ अमेरिकी सरकारको सहयोगमा हेटौडा औद्योगिक क्षेत्रको स्थापना भएको थियो ।
हेटौंडा औद्योगिक क्षेत्रमा स्थापित उद्योगहरुलाई संचालनमा आएपछि उद्योगले भाडामा लिएको जमिन सम्बन्धित उद्योगलाई कमश हस्तान्तरण गर्दै जाने उद्येश्यको विपरीत औद्योगिक क्षेत्रहरु संचालन र व्यवस्थापनको जिम्मा पाएको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले उद्योग स्थापना तथा संचालनमा बाधक सिर्जना गरेको भन्दै उद्योगिहरु आन्दोलीत भएका हुन् ।
औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले औद्योगिक क्षेत्र संचालन तथा व्यवस्थापन नियमावली २०७१ विपरीत २०७५ सालमा ७०० प्रतिशतसम्म भाडा बृद्धि गर्ने निर्णय गरेको र सोही मितिदेखि लागु हुने भन्दै २०७९ साउन २ मा उक्त भाडा वृद्धिको विल उद्योगहरुमा पठाएको छ । औद्योगिक क्षेत्र उद्योग महासंघ, उद्योग संघ मकवानपुर तथा उद्योगीहरुको उक्त निर्णयको विरुद्धमा आन्दोलत गरेका हुन् । उद्योगिहरुले उक्त निर्णयको घोर आपत्ति जनाएका छन् ।
औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडबाट एकतर्फि रुपले २०७५ सालदेखि लागुहुने गरी ७ सय प्रतिशतसम्मको जमिन बहाल वृद्धि नियम संगत नभएको र सोको व्यापक विरोध र असहमति जनाइए पश्चात मिति २०७२ साउन १५ मा उद्योग वणिज्य तथा आर्पूति मन्त्री तथा तत्कालीन उद्योग सचिवसमेतको उपस्थितिमा औद्योगिक क्षेत्रको भाडा लगायत तात्कालीन तथा दीर्घकालीन समस्या समाधान गर्न उद्योग मन्त्रालयका सचिवको संयोजकत्वमा अध्ययन समिति गठन गरिएको थियो ।
तर हालसम्म उक्त समितिले कुनै निर्णय गरेको छैन । समितिले कुनै प्रतिवेदन नै नआएकन पुनः रकम भुक्तानी गर्न ताकेता पत्र पठाइएपछि उद्योगीहरु आन्दोलित हुनु परेको उद्योग संघ हेटौंडाका अध्यक्ष स्वागतराज प्याकुरेलले बताए । उद्योगीहरु ७ दिने अल्टीमेटम सहित साउन १५ गतेपछि स्थागित गरेको आन्दोलनमा पुन सुरु गरेको अध्यक्ष प्याकुरेलले बताए ।
२०७२ सालमा भूकम्प, २०७४ सालमा नाकावन्दी, २०७७ सालमा कोभिड, २०७९ सालमा रुस यूकेन द्वन्दका कारण उत्पन्न आर्थिक मन्दीको कारण उद्योगहरुमा अत्यन्तै नकारात्मक प्रभाव परेको उनले बताए ।
“उद्योगहरुको उत्पादन घटेको छ । वैकंको व्याजदर बढेको छ, यो अवस्थामा उद्योगलाई बचाइराख्न छुट सुविधा र सहुलियत दिनु पर्नेमा राज्यबाट संचालित औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले जमिनको ७०० प्रतिशतसम्म भाडा वृद्धि गर्ने र त्यो पनि २०७५ सालको निर्णय अहिले असुल्न खोज्नु निन्दनीय छ” प्याकुरेलले भने ।
आफूहरुको आन्दोलनलाई बेवास्ता गरिएमा हेटौडा औद्योगिक क्षेत्रको सम्र्पण आर्थिक गतिविधिहरुलाई ठप्प पार्दै सम्पूर्ण उद्योगीहरु आन्दोलनमा उत्रन बाध्य हुने आन्दोलनकारीहरुको चेतावनी छ । उद्योगीहरुले गत साउन १२ गते उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूलाई ज्ञापन पत्र बुझाएका थिए । त्यस लगतै ३ दिनपछि साउन १५ गते अध्ययन समिति गठन भएको थियो । तर हालसम्म उक्त समितिले कुनै निर्णय सार्वजनिक गरेको छै ।

आन्दोलनरत उद्योगीहरुको मागलाई आफूले केन्द्रमा पठाउने र जिल्ला तहमा आवश्यक समन्वयकारी भूमिका निर्वाह गर्ने हेटौंडा औद्योगित क्षेत्र व्यवस्थापक भोजराज बिनाडीले बताए । बिनाडीका अनुसार हाल हेटौंडा औद्योगित क्षेत्रबाट बिलिङ भएको रकम १४ करोड बढी छ ।
क्षेत्रफलको दृष्टिकोणले देशकै ठूलो हेटौँडा आद्योगिक क्षेत्रका उद्योगीहरूलाई अहिले प्रोत्साहनभन्दा उद्योग बन्द गर्न बाध्य पार्न लागिएको आरोप लगाइरहेका छन् ।
लिमिटेडले हेटौँडा औद्योगिक क्षेत्रको प्रति रोपनी १९ हजार ६ सय ९१ रुपैयाँको दरले भाडा भुक्तानी गर्न औद्योगिक क्षेत्रका १ सय ४९ वटा उद्योगहरूलाई पत्रसहित बिल पठाएको छ ।
कार्यालयले २०७५ को निर्णय अनुसारको बढेको जग्गा भाडा भुक्तानीका लागि उद्योगीहरूलाई पत्र काटेको हो । लिमिटेडले हेटौँडा औद्योगिक क्षेत्रको हाल कायम भाडादरमा १ सय ३३ प्रतिशत वृद्धि गरेर सोही अनुसारको भाडा भुक्तानीका लागि पठाएको हो ।
२०७५ मंसिर ५ को निर्णयानुसारको भाडा तिर्नुपर्ने भन्दै ४ वर्षपछि उद्योग प्रतिष्ठानहरूलाई पत्र काटेको जनाइएको छ । औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालय हेटौँडाका प्रमुख भोजराज विनाडीका अनुसार २०७५ सालमै भाडा बढाउने निर्णय कार्यान्वयन गर्न भनिएको थियो ।
बल्ल उठ्न थालेको र हाल तरलता अभाव र महँगीका कारण धरासयी अवस्थामा भाडा वृद्धिको निर्णयले हतोत्साहित बनाएको प्याकुरेलको भनाइ छ । हेटौँडा औद्योगिक क्षेत्रमा रहेका १ सय ४९ वटा उद्योगमध्ये १ सय ३३ वटा सञ्चालनमा छन् । ५ वटा पूर्ण रूपमा बन्द अवस्थामा छन् । ११ वटा उद्योग निर्माणाधीन अवस्थामा रहेको छ ।
मकवानपुर । मुक्तक मञ्च मकवानपुरले ३ जनालाई पुरस्कृत गर्ने भएको छ । बिहीबार मुक्तक मञ्च मकवानपुरको तेस्रो बैठकले ३ जनालाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।
मञ्चको आगामी पुष १६ गते वार्षिक साधारणसभामा २ जना मुक्तककार र माध्यमिक विद्यालयस्तरीय प्रतियोगिताबाट उत्कृष्ट १ जना गरी ३ जनालाई पुरस्कृत गर्ने भएको छ । मुक्तक मञ्च मकवानपुरका अध्यक्ष डीबी बर्तौलाले पिताको सम्झनामा स्थापना गरेको ७ हजार ७ सय ७ रुपैयाँ राशीको ‘बहादुरानन्द स्मृति मुक्तक पुरस्कार’ बाट सिन्धुलीका मुक्तककार लोकेन्द्र डहरे सम्मानित हुने भएका छ्न ।
यस्तै मुक्तक मञ्च मकवानपुरले ‘तारा स्मृति मुक्तक पुरस्कार’ मकवानपुरका अग्रज मुक्तककार देवराज खरेललाई प्रदान गर्ने भएको छ । साहित्यकार किसन पौडेलले स्थापना गरेक सो पुरस्कारको राशी ५ हजार ५ सय ५५ रुपैयाँ रहेको छ । त्यस्तै मुक्तककार तथा गजलकार श्रीराम अधिकारीले स्थापना गरेको ‘इन्दिरादेवी अधिकारी मुक्तक पुरस्कार’ मकवानपुरभित्रका माध्यमिक विधालयस्तरीय ९ देखि १२ कक्षाका विद्यार्थीबिच प्रतिस्पर्धा गराई उत्कृष्ट १ जना विद्यार्थीलाई ५ हजार रुपैयाँ प्रदान गरिने भएको हो ।
मञ्च अध्यक्ष बर्तौलाको अध्यक्षतामा सल्लाहकारसहितको कार्यसमितिको बैठकले पुरस्कारको निर्णय गरेको थियो ।
