मकवानपुर । मकवानपुरको हेटौंडामा हुने पाँचौ संस्करणको ‘स्थानीय तह शहीद स्मृति मकवानपुर गोल्डकप’ फुटबल प्रतियोगिताको तयारी पुरा भएको छ । मकवानपुरको हेटौंडा-५ स्थित पिप्ले क्याम्पा रंगशालामा माघ २८ गते शनिबारबाट हुने गोल्डकप’ प्रतियोगिताको तयारी पुरा भएको आयोजकले जानकारी गराएको हो ।
खेल मैदानमा पत्रकार सम्मेलन गर्दै आयोजक जिल्ला फुटबल संघ मकवानपुरका अध्यक्ष टिका लामाले प्रतियोगिताको तयारी पुरा भएको जानकारी दिए । प्रतियोगितामा ७ वटा ए डिभिजन र एक अन्तराष्ट्रिय क्लबसहित १२ टिमको सहभागिता रहने बताए ।
प्रतियोगितामा आयोजक मकवानपुर-११, नव जनजागृती युवा क्लब सिमरा, त्रिभुवन आर्मी फुटबल क्लब, नेपाल एपिएफ क्लब, सातदोबाटो क्लब ललितपुर, मनाङ् मस्र्याङ्दी क्लब काठमाडौं, फ्रेण्ड्स क्लब ललिततपुर, हिमालयन शेर्पा क्लब काठमाडौं, एनआरटी क्लब काठमाडौं, बागमती युवा क्लव सर्लाही, विरगंज युनाइटेड पर्सा, र एभिनियर एफसी क्यामरुनको सहभगिता रहने बताईएको छ ।
प्रतियोगिताको उपाधि विजेता टोलीले नगद १५ लाख र उपविजेता टोलीले १० लाख रुपैयाँ प्राप्त गर्ने छन् । प्रतियोगितामा विद्यागत उत्कृष्ट खेलाडीले २५ हजार र म्यान आफ दि म्याच खेलाडीले १० हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले रोयल इन्फिल्ड (बुलेट) मोटरसाइकल पाउने छन् । त्यसका लागि अघिल्लो दुई संस्करणमा झैं यस वर्ष पनि हेटौंडा स्कूल अफ म्यानेजमेण्ट एण्ड सोसियल साइन्सेसले प्रायोजन गरेको छ ।
शनिबारबाट सुरु हुने प्रतियोगिताको उद्घाटन हेटौंडा उपमहानगरपालिकाको मेयर मीनाकुमारी लामाले गर्ने कार्यक्रम तय भएको र प्रतियोगिताको समापन फागुन १० गने एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली आउने तय भएको आयोजकले जनाएको छ ।
जिल्लाको १० वटै स्थानीय तहहरुको आर्थिक सहयोगमा फुटबल संघले शहीद स्मृति गोल्डकप आयोजना गर्दै आएको छ । २०६/०६३ को जनआन्दोलनका शहीदहरुको स्मृतिमा २०६४ सालमा हेटौंडामा पहिलो पटक राष्ट्रिय फुटबल प्रतियोगिताको आयोजना फुटबल संघले गरेको थियो ।
पहिलो संस्करणको उपाधि थ्रिस्टार क्लबले जितेको थियो भने २०७५ मा भएको दोस्रो संस्करणको उपाधि घरेलु टोली मकवानपुर–११ ले जितेको थियो । २०७७ मा भएको तेस्रो संस्करण र गत जेठमा सम्पन्न चौथो संस्करणको उपाधि त्रिभुवन आर्मी फुटबल क्लबले जितेको थियो ।
मकवानपुर । स्वदेशी तरकारी तथा कृषिजन्य उत्पादनलाई प्रोत्साहन गरी विदेशी आयतीत तरकारी तथा कृषि जन्य बस्तुलाई निषेधित गर्न किसानले माग गरेका छन् ।
बिचौलियाको कारण तरकारी उत्पादक किसानले मुल्य नपाउने तर उपभोक्ताले बढी मुल्य तिर्नु परेकोमा बागमती प्रदेशको चितवनका तरकारी किसानले गुनासो गरेका हुन् । उनीहरूले आज प्रदेशको कृषि सहकारी तथा पशुपन्छी मन्त्रालयमा मन्त्री केशव पोखरेललाई ज्ञापनपत्र प्रदान गर्दै यस्तो माग गरेका हुन् ।
प्रदेश सरकारले तरकारी तथा कृषिजन्य वस्तुहरुमा लागत मूल्य भन्दा बजार मुल्य कम गर्ने योजना ल्याएको र आगामी दिनमा किसानलाई प्रोत्साहन प्राप्त हुने कृषि मन्त्री पोखरेलले बताए ।
किसानले सरकारी बीमा संस्थानबाट नै तरकारी तथा कृषिजन्य वस्तू र किसानको स्वतह विमा गर्ने व्यवस्था गरिनुपर्ने, सरकारको माताहतमा रहेको बाँझो जमिनहरुमा खेती गर्ने व्यवस्था गरिनुपर्ने लगायतको माग गरेका हुन् ।
तत्कालिन अवस्थामा रहेको अनुदाननीति खारेज गरि उत्पादन र आधारमा अनुदान दिने नीति ल्याउनु पर्ने, तरकारी तथा कृषि व्यवसायलाई औद्योगिकिरण गर्ने नीति निमार्ण गरी तत्कालै लागू गर्नुपर्ने,
गुणस्तरीय बीउ बिजन, विषाधी र रासायनिक मलको सर्वसुलभ र निर्वादरुपमा किसानको पहूचमा पूग्ने र सरकारी तवरबाट अनुगमन र प्रमाणिकरण गर्ने । व्यवस्था गर्नुपर्ने माग गरेका हुन् ।
यसैगरी तरकारी बीमा संस्थानबाट नै तरकारी तथा कृषिजन्य वस्तूकी र किसानको स्वतह बीमा गर्ने व्यवस्था हुनुपर्ने, सरकारको माताहतमा रहेको बाझो जमिनहरुमा खेती गर्ने व्यवस्था हुनुपर्ने, कृषि प्राविधिकलाई किसानको बारीमा नै उपलब्ध हुने व्यवस्था हुनुपर्नेमा किसानले माग गरेका छन् ।
मकवानपुर । मकवानपुरको हेटौडा उपमहानगरपालिका वडा नम्बर १९ मा बिद्युत सर्ट भएर आगोलाग्दा कुखुरा र खोर नष्ट भएको छ ।
हेटौंडा १९ गुम्बाचोक निवासी जय बहादुर गोलेले संञ्चालन गर्दै आएको जस्ताको छानो भएको कुखुराको फर्ममा अचानक विद्युत लाईन सट भई आगलागी हुदा घटना भएको हो ।
आगोले कुखुराको फर्म पुर्णरुपमा जलेर नष्ट हुदा फार्ममा रहेको ८ सय वटा कुखुराको चल्ला, १५ बोरा दाना नष्ट भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी टेकबहादुर कार्कीले बताए ।
आगलागीबाट मानविय क्षेति भने नभएको प्रहरीले जनाएको छ । कुखुरा नष्टहुदा पाच लाख २० हजार बाराबरको क्षेती भएको कार्कीले बताए ।
मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषध गाँजासहित ३ जना नियन्त्रणमा लिएको छ ।
प्रहरी चौकी भैंसेबाट खटिएको प्रहरी टोलीले भीमफेदी–२ मा सवारीसाधन चेकजाँच गर्ने क्रममा चुनियाँतर्फबाट हेटौंडा बजार आउँदै गरेको बा.प्र.०३–००१ ह १४९१ नम्बरको अटोसहित उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
अटो चालक हेटौंडा–८, कमानेका ४५ को सूर्य विश्वकर्मा, मनहरी–९ का २९ वर्षीय होमलाल मोक्तान र बैतडी रिम गाउँपालिका–६ बस्ने ३० वर्षीय कृष्णदत्त जोशीलाई ५ किलो ३ सय ग्राम गाजा सहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
भैसे प्रहरीले अटो रोक्न खोज्दा नरोकी भागेपछि प्रहरी चौकी चौकीटोलको समन्वयमा मकवानपुर गढी गाउँपालिका–४ स्थित सामरी पुल नजिकै उनीहरुलाई फेला पारी विश्वकर्मा मोक्तान र जोशीलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार गाजा सहित नियन्त्रणमा लिइएका उनीहरुलाई मकवानपुर जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरी थप अनुसन्धान भैरहेको छ ।
मकवानपुर । मकवानपुर जिल्लाको बकैया गाउँपालिकामा कृषि समृद्धिको खोजी गर्न अध्यक्ष धर्मराज लामिछाने लागि पर्नु भएको छ ।
गाउँपालिका भित्र सिचाइको लागि पानीको अभाव भएकै कारण कृषि उत्पादनको प्रचुर संभावना हुँदा हुँदै पनि लगानी गर्न नसकिएको अध्यक्ष लामिछानेले बताउनु भयो । गाउँपालिका अध्यक्ष निर्वाचित भएर आएपछि पालिकाको समग्र अवस्था, प्रगति तथा चुनौती र आगामी योजना सम्बन्धमा गरिएको कुराकानी ।
हेर्नुहाेस भिडियाे
