मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषध गाँजासहित ३ जना नियन्त्रणमा लिएको छ ।
प्रहरी चौकी भैंसेबाट खटिएको प्रहरी टोलीले भीमफेदी–२ मा सवारीसाधन चेकजाँच गर्ने क्रममा चुनियाँतर्फबाट हेटौंडा बजार आउँदै गरेको बा.प्र.०३–००१ ह १४९१ नम्बरको अटोसहित उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
अटो चालक हेटौंडा–८, कमानेका ४५ को सूर्य विश्वकर्मा, मनहरी–९ का २९ वर्षीय होमलाल मोक्तान र बैतडी रिम गाउँपालिका–६ बस्ने ३० वर्षीय कृष्णदत्त जोशीलाई ५ किलो ३ सय ग्राम गाजा सहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
भैसे प्रहरीले अटो रोक्न खोज्दा नरोकी भागेपछि प्रहरी चौकी चौकीटोलको समन्वयमा मकवानपुर गढी गाउँपालिका–४ स्थित सामरी पुल नजिकै उनीहरुलाई फेला पारी विश्वकर्मा मोक्तान र जोशीलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार गाजा सहित नियन्त्रणमा लिइएका उनीहरुलाई मकवानपुर जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरी थप अनुसन्धान भैरहेको छ ।

