मकवानपुर । स्वदेशी तरकारी तथा कृषिजन्य उत्पादनलाई प्रोत्साहन गरी विदेशी आयतीत तरकारी तथा कृषि जन्य बस्तुलाई निषेधित गर्न किसानले माग गरेका छन् ।
बिचौलियाको कारण तरकारी उत्पादक किसानले मुल्य नपाउने तर उपभोक्ताले बढी मुल्य तिर्नु परेकोमा बागमती प्रदेशको चितवनका तरकारी किसानले गुनासो गरेका हुन् । उनीहरूले आज प्रदेशको कृषि सहकारी तथा पशुपन्छी मन्त्रालयमा मन्त्री केशव पोखरेललाई ज्ञापनपत्र प्रदान गर्दै यस्तो माग गरेका हुन् ।
प्रदेश सरकारले तरकारी तथा कृषिजन्य वस्तुहरुमा लागत मूल्य भन्दा बजार मुल्य कम गर्ने योजना ल्याएको र आगामी दिनमा किसानलाई प्रोत्साहन प्राप्त हुने कृषि मन्त्री पोखरेलले बताए ।
किसानले सरकारी बीमा संस्थानबाट नै तरकारी तथा कृषिजन्य वस्तू र किसानको स्वतह विमा गर्ने व्यवस्था गरिनुपर्ने, सरकारको माताहतमा रहेको बाँझो जमिनहरुमा खेती गर्ने व्यवस्था गरिनुपर्ने लगायतको माग गरेका हुन् ।
तत्कालिन अवस्थामा रहेको अनुदाननीति खारेज गरि उत्पादन र आधारमा अनुदान दिने नीति ल्याउनु पर्ने, तरकारी तथा कृषि व्यवसायलाई औद्योगिकिरण गर्ने नीति निमार्ण गरी तत्कालै लागू गर्नुपर्ने,
गुणस्तरीय बीउ बिजन, विषाधी र रासायनिक मलको सर्वसुलभ र निर्वादरुपमा किसानको पहूचमा पूग्ने र सरकारी तवरबाट अनुगमन र प्रमाणिकरण गर्ने । व्यवस्था गर्नुपर्ने माग गरेका हुन् ।
यसैगरी तरकारी बीमा संस्थानबाट नै तरकारी तथा कृषिजन्य वस्तूकी र किसानको स्वतह बीमा गर्ने व्यवस्था हुनुपर्ने, सरकारको माताहतमा रहेको बाझो जमिनहरुमा खेती गर्ने व्यवस्था हुनुपर्ने, कृषि प्राविधिकलाई किसानको बारीमा नै उपलब्ध हुने व्यवस्था हुनुपर्नेमा किसानले माग गरेका छन् ।

