मकवानपुर । माइती नेपाल मकवानपुरले संस्थामा ४ महिनासम्म आवासीय तालिम लिएका किशोरीहरुलाई मंगलबार प्रमाणपत्र वितरण गरेको छ ।
पढाई छोडेका, आर्थिक रुपमा विपन्न, बेचविखनको जोखिममा पर्न संभावना भएका वर्गका २० किशोरीहरुलाई आधारभूत तथा एड्भान्स सिलाई सिप सिकाएको प्रशिक्षक सरिता देवकोटाले बताइन् । उनीहरुलाई नेतृत्व विकास, जीवनपयोगी कलाबारे प्रशिक्षण गराइएको थियो ।
माइती नेपाल मकवानपुर प्रमुख माया लामाको अध्यक्षतामा भएको प्रमाणपत्र वितरण कार्यक्रमका हेटौंडा ४ का वडा अध्यक्ष नविन सिग्देलले सिपलाई सदुपयोग गर्न प्रशिक्षार्थीहरुलाई अनुरोध गरे । सिपले व्यक्तिलाई आत्मानिर्भर बनाउने र आत्मानिर्भरताले हिंसाबाट माथि उठ्न सहायता गर्ने भएकोले जीवनमा उर्जाशील हुन अध्यक्ष सिग्देलले आग्रह गरे । आर्थिक रुपमा सशक्त भएपछि व्यक्तिको जीवन सहज बन्छ, सिपलाई अझै समय सापेक्ष बनाउन युट्युबबाट समेत ज्ञान लिन सकिने सिग्देलले बताए ।
कार्यक्रममा मानव अधिकार संरक्षण तथा बेचविखन विरुद्धको जिल्ला सञ्जाल अध्यक्ष आरती पाठकले माइती नेपालको कामको प्रशंसा गर्दै सिप सिकेका किशोरीहरुले आफ्नो गाउँमा गएर अन्यलाई समेत समन्वय गरेर सिपलाई बढाउनु पर्ने बताइन् । कार्यक्रममा हिमराइट्स मकवानपुर प्रमुख कुमारी वाइबाले सिप जीवनको आधार बन्ने भएकोले प्रमाणपत्रको भरपुर प्रयोग गर्न किशोरीहरुलाई प्रेरित गरिन् । तालिममा मकवानपुरगढी, मनहरी, बकैया, बागमती, राक्सिराङलगायत गाउँपालिका र हेटौंडा उपमहानगरपालिकाका किशोरीहरु सहभागी रहेको संस्थाकी सुपरभाइजर मन लामाले बताइन् ।
यसैगरी संस्थाले माइती नेपालमा अघिल्लो समूहमा सिलाई सिकेर व्यवसायमा लागेकी मकवानपुरगढी १ रानीसेराकी सरिता बम्जनको व्यवसाय अवलोकन गराएको छ । सोमबार भएको अवलोकन भ्रमणमा गाउँपालिकाको वडा १ का अध्यक्ष आइतसिं लोको समेत उपस्थिति रहेको थियो । मानव बेचविखन रोकथाम परियोजना अन्तरगत भएको कार्यक्रममा पालिकामा रहेका किशोरीहरुको हितको लागि आफूले समन्वय गर्ने वडा अध्यक्ष लोले बताए ।
व्यवसाय अवलोकनपछि संस्थाबाट तालिम लिएका किशोरी तथा संस्थाका प्रतिनिधिहरुले माइती नेपालद्वारा उत्पादित सूचना तथा जानकारीमुलक ब्रुसरहरु वितरणको लागि घरदैलो कार्यक्रम समेत गरिएको प्रमुख माया लामाले बताइन् ।
निकुञ्ज र सरोकारवालाबिच अन्तरक्रिया
Tags: No Comments
मकवानपुर । गत साता मनहरीमा बाघकाे आक्रमणमा परी २ जनाकाे मृत्यु भएपछि निकुञ्जको चौतर्फी आलोचना बढेकाे भन्दै मनहरी गाउँपालिकाले अन्तरक्रिया गरेकाे छ । मनहरी ६ नम्बर वडा कार्यालयले राष्ट्रिय निकुञ्ज र सरोकारावालाबिच मगलबार अन्तरक्रिया कार्यक्रम गरेको हाे ।
मनहरीका जनप्रतिनिधिसहित चितवन राष्ट्रिय निकुञ्जका प्रतिनिधीहरु र मध्यवर्ती वन समितीका पदाधीकारी बिच अन्तरक्रिया गरिएको हो । कार्यक्रम विशेषगरि वन्यजन्तुबाट स्थानीयहरु त्रसीत भएको र निकुञ्जले बेवास्ता गरेको गुनासो गरेका थिए । पछिल्लो एक सातामा मात्रै बाघको आक्रमणबाट २ जनाको मृत्यु भएपछि निकुञ्जको आलोचना स्थानीय गरेका छन् । विशेषगरी वन्यजन्तुले मानिसको ज्यानै लिएपछि यसअघि पनि स्थानीय आक्रोशीत हुने गगरेका थिए । निकुञ्ज प्रशासनको ध्यान ढुङ्गा, गिटि, बालुवा र खोलानाला मात्र भएकाले वन्यजन्तुले मानिसको जनधनमा पुर्याएको क्षतीमा बेवास्ता गरेको स्थानीयको बुझाई छ ।
कार्यक्रममा ६ नम्बर वडाअध्यक्ष युवराज थपलियाले नागरीकको अफ्ठ्यारोमा निकुञ्ज प्रशासन मौन रहेको बताए । “वन्यजन्तुले दिनहुँ स्थानीयलाई समस्यामा पार्छन् र जनताले स्थानीय सरकारलाई गुनासो गर्छन्”, वडाअध्यक्ष थपलियाले भने “निकुञ्जको कानूनले गर्दा हामी मुकदर्शक हुन बाध्य भएका छौँ” ।
यस्तै चितवन राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत सन्त बहादुर मगरले जनचेतनामुलक कार्यक्रम गरी जनतालाई सचेत बनाउन आवश्यक रहेको बताए । सिमित श्रोत र ऐनमा भएकाे व्यवस्थाका कारण आफूहरुले गर्न नसकेको काम माथिल्लो निकायमा राखी समन्वयकारी भूमिका निर्वाह गर्ने उनको जानकारी दिए ।
यसैगरी गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले निकुञ्जले स्थानीयमा पर्ने गरेकाे समस्याकाे दीर्घकालीन समाधान खोज्नुपर्ने बताए । ‘निकुञ्ज र बस्ती छुट्याउन चितवनलगायतका क्षेत्रमा आरसीसी पर्खाल निर्माण गरिएको छ’ उनले भने ‘संघ तथा प्रदेश सरकारसँग समन्वय गरी आवश्यक वजेटका लागि पहल गर्नेछाै ।’
‘तहगत सरकारबीच अन्तरद्वन्द्व हुँदा संघीयता कमजोर हुन्छ’ मन्त्री लामा
Tags: No Comments
मकवानपुर । बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रि बहादुर सिं लामाले ‘तहगत सरकारबीच अन्तरद्वन्द्व हुँदा संघीयता कमजोर हुने बताएका छन् । सोमबार जिल्ला समन्वय समिति मकवानपुरको वार्षिक समिक्षा कार्यक्रमलाई बोल्दै उनले तीनवटै तहले अधिकारको मात्रै विषय उठाउँदा एकआपसमा अन्तरद्वन्दवकाे स्थिति पैदा भएकोले सरोकार पक्ष सबै यसमा गम्भीर बन्नुपर्ने बताए ।
‘संघीय व्यवस्था कमजोर नहुने गरि स्थानीय तहलाई बलियो बनाउनुपर्छ’ मन्त्री लामाले भने ‘संघ, प्रदेश र स्थानीय तहबीच समन्वयकारी भूमिका अहिलेको प्रमुख आवश्यकता रहेको छ’। तीनवटै तहका सरकारबाट बनेका तथा बनाउनु पर्ने नीति, नियम, मापदण्ड गहिराे अध्ययन पश्चात मात्र गरि निर्माण गर्नुपर्ने उनले बताए । हाल देशमा देखिएकाे आर्थिक तरलताकाे असर असर पनि तीनवटै तहमा परिरहेकाेले यसकाे समाधानमा एकले अर्कालाई सघाउनु पर्ने उनकाे भनाई थियाे ।
यसैगरी वार्षिक समिक्षामा बागमती प्रदेश सांसद एकलाल श्रेष्ठले स्थानीय स्रोत साधनको समुचित प्रयोग हुनुपर्ने बताए । स्थानीय तहले जनताको चित्त बुझ्नेगरि काम गर्नुपर्ने उनले बताए । उनले प्रदेश र संघ तहमा समुचित बजेट विनियोजन हुन नसकेको भन्दै सांसद श्रेष्ठले योजना र बजेट मन्त्रीको निर्वाचन क्षेत्र केन्द्रीत भएर जाने गरेको गुनासो समेत गरे ।
यस्तै, मकवानपुरका प्रमुख जिल्ला अधिकारी सुर्य प्रसाद सेढाईले कर्मचारीहरु प्रविधिमैत्री सँगै नागरिकलाई छिटाे सेवा प्रवाहमा केन्द्रीत भएर लाग्नु पर्ने बताए । महालेखाकाे प्रतिवेदन अनुसार स्थानीय तहमा बेरुजुकाे चाङ देखिएकाेले सुशासनलाई ध्यानमा राखेर काम गर्नुपर्ने उनले बताए । ‘स्थानीय स्रोतको दोहन, सार्वजनिक सम्पत्तिको दुरुपयोग, दोहोरो भुक्तानीको समस्या रोक्नु पर्छ’ उनले भने ।
कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानले प्राकृतिक स्रोतको उपयोग गर्ने नीतिहरु बन्ने क्रममा रहेको र आर्थिक समृद्धिकालागि त्यस किसिमका नीतिहरु आवश्यक रहेको बताए । समयमा नीतिहरु नबन्दा स्थानीय तहहरुले समस्या भोगिरहेको प्रमुख घलानले जानकारी दिए ।
१२ जना सम्मानित

जिसस मकवानपुरले आफ्नो वार्षिक समिक्षा कार्यक्रममा १२ जनालाई सम्मान गरेकाे छ । जिससले फरक विधाका संस्था तथा व्यक्ति गरि १२ जनालाई सम्मानित गरेकाे हाे । सहकारी विधा अन्तर्गत श्रमिक साना किसान कृषि सहकारी संस्था लिमिटेड, मकवानपुरगढी र जनसेवक कर्मचारी उपभोक्ता सहकारी संस्था लिमिटेडलाई सम्मान गरिएको छ । यस्तै, गैह्र सरकारी संस्थातर्फ शान्ति फाउण्डेशन मकवानपुर र ग्रामिण जीवनस्तर सुधार मञ्च मकवानपुरलाई सम्मान गरिएको छ ।
यसैगरि, कर्मचारितर्फ जिल्ला समन्वय समिति मकवानपुरमा खरिदार पदमा कार्यरत कर्मचारी अमृता खनाल र कैलाश गाउँपालिका अन्तर्गत कार्यरत सिनियर अनमि आशाकुमारी गुरुङ झा, बकैया गाउँपालिकाका सहायक पाँचौं तहका कर्मचारी मनिषा पराजुली सम्मानित भएकी छन् । समाजसेवातर्फ “फरक सोच अभियन्ता” थाहा नगरपालिकाका यादवजंग रायमाझी सम्मानित भएका छन् । यस्तै, खेलकुदतर्फ कराँतेमा, थाहा नगरपालिकाका मान सिं दोङ सम्मानित भएका छन् ।
यस्तै, सामुदायिक वनतर्फ सिमपानी देउकोट सामुदायिक वन उपभोक्ता समूह मनहरि सम्मानित भएका छन् । शिक्षातर्फ इन्द्रसरोवर गाउँपालिकाका चन्द्र आधारभूत विद्यालयलाई सम्मान प्रदान गरिएकाे छ । यसैगरि साना महिला उद्यमीतर्फ गीता मैनाली सम्मानित भएकी छन् ।
मकवानपुर । मकवानपुरकाे राक्सिराङ्ग गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क बिमा गराउने भएकाे छ । विश्व अपाङ्गगता दिवसको अवसरमा राक्सिराङ्ग गाउँपालिकामा गरिएको संवाद कार्यक्रममा अध्यक्ष राजकुमार मल्लले अपाङ्गता भएको व्यक्तिहरुलाई पहिलो प्राथमिकतामा राखेर निशुल्क स्वास्थ्य बीमा गराइने बताए ।
उनीहरुलाई आयआर्जनको लागि विभिन्न प्रकारको तालिम गराई आत्मानिर्भर बनाउने समेत उनले बताए । आपाङ्गता भएका व्यक्तिलाई संरक्षण तथा सुरक्षा दिनु पालिकाको दायित्व रहेकोले अपाङग कस्तो प्रकारको छ, उसको आवश्यकता अनुसार पालिकाले आयआर्जन गरि जीवन निर्वाहको लागि पालिकाले सहयोग गर्ने उनले बताए । सहभागीहरुले सीपमुलक तालिमको आवश्यकता, स्वास्थ्य तथा दैनिक जीवन निर्वाहको पाटोमा सहयोग र पालिकाको नीति निर्माण गर्ने बेला सक्रिय सहभागी गराउनु पर्ने लगायतका विषयमा जोड दिएका थिए ।
पालिका स्तरीय अपाङ्गता समन्वय समिति गठन
विश्व अपाङ्गता दिवसको अवसरमा राक्सिराङ्ग गाउँपालिका स्तरीय अपाङ्गता समन्वय समिति गठन गरिएको छ। गाउँ कार्यपालिका सदस्य चन्द्रमान प्रजाको संयोजत्वमा ११ सदस्यीय अपाङ्गता समन्वय समिति गठन गरिएको हाे । समिति सदस्यहरुमा मंगलबहादुर घलान, संचलाल वाइबा, होम बहादुर पाख्रिन, जितन प्रजा, सुरेश घलान, शंखलाल चेपाङ्ग, शरद स्याङ्गतान, फुलमाया स्याङ्गतान, श्रीकृष्ण प्रजा र सदस्य सचिवमा गाउँपालिकाको महिला तथा बालबालिका शाखाको प्रमुख गोमा पन्थी लगायत रहेका छन् ।अब वडा स्तरको अपाङ्गता समिति गठन र संयोजक तोकिने संयोजक चन्द्रमान प्रजाले जानकारी दिए ।
गाउँपालिका अध्यक्ष राजकुमार मल्लको अध्यक्षतामा भएको सम्वाद कार्यक्रममा प्रमुख प्रसशाकीय अधिकृत देवचन्द्र गर्तौला, ठाडेचुरे आधारभूत अस्पतालका मेडिकल अधिकृत डा. गजल पन्त, सामाजिक विकास शाखा प्रमुख गोविन्द अधिकारी, ५ नम्बर वडा अध्यक्ष हरि बहादुर प्रजा, ९ नम्बर वडा अध्यक्ष रामकुमार बाल्पा थिङ्ग, ३ नम्बर वडा अध्यक्ष उत्तम वाइवा लगायतको आतिथ्यता रहेको थियो। राक्सिराङ्ग गाउँपालिकाको आयोजनामा भएको संवाद कार्यक्रमलाई राष्ट्रिय जनवकालत मन्च (नाफान)ले सहजीकरण गरिएको थियो।
मकवानपुर । मकवानपुरकाे हेटौडा उपमहानगरपालिकामा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । हेटौडा –१६ पानीस्वारामा ट्याक्टर दुर्घटना हुँदा २ जनाको घटना स्थलमानै मृत्यु भएको हाे ।
मधेश प्रदेश ०३–००१ त ६९८७ नम्बरको ट्याक्टर ब्याक गर्ने क्रममा आफै अनियन्त्रित भई पानीस्वारा भिरबाट ३ सय मिटर तल खसी दुर्घटना हुदाँ २ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मृत्यु हुनेमा ट्याक्टर चालक बारा निजगंढ नगरपालिका वडा नम्बर–१३ बस्ने २६ वर्षीय डिलम थिङ र ट्याक्टरमा सवार हेटौंडा–१६ पानीस्वारा बस्ने ५६ वर्षीय जित बहादुर थिङ रहेकाे मकवानपुर प्रहरीले जनाएको छ ।
