मकवानपुर । गत साता मनहरीमा बाघकाे आक्रमणमा परी २ जनाकाे मृत्यु भएपछि निकुञ्जको चौतर्फी आलोचना बढेकाे भन्दै मनहरी गाउँपालिकाले अन्तरक्रिया गरेकाे छ । मनहरी ६ नम्बर वडा कार्यालयले राष्ट्रिय निकुञ्ज र सरोकारावालाबिच मगलबार अन्तरक्रिया कार्यक्रम गरेको हाे ।
मनहरीका जनप्रतिनिधिसहित चितवन राष्ट्रिय निकुञ्जका प्रतिनिधीहरु र मध्यवर्ती वन समितीका पदाधीकारी बिच अन्तरक्रिया गरिएको हो । कार्यक्रम विशेषगरि वन्यजन्तुबाट स्थानीयहरु त्रसीत भएको र निकुञ्जले बेवास्ता गरेको गुनासो गरेका थिए । पछिल्लो एक सातामा मात्रै बाघको आक्रमणबाट २ जनाको मृत्यु भएपछि निकुञ्जको आलोचना स्थानीय गरेका छन् । विशेषगरी वन्यजन्तुले मानिसको ज्यानै लिएपछि यसअघि पनि स्थानीय आक्रोशीत हुने गगरेका थिए । निकुञ्ज प्रशासनको ध्यान ढुङ्गा, गिटि, बालुवा र खोलानाला मात्र भएकाले वन्यजन्तुले मानिसको जनधनमा पुर्याएको क्षतीमा बेवास्ता गरेको स्थानीयको बुझाई छ ।
कार्यक्रममा ६ नम्बर वडाअध्यक्ष युवराज थपलियाले नागरीकको अफ्ठ्यारोमा निकुञ्ज प्रशासन मौन रहेको बताए । “वन्यजन्तुले दिनहुँ स्थानीयलाई समस्यामा पार्छन् र जनताले स्थानीय सरकारलाई गुनासो गर्छन्”, वडाअध्यक्ष थपलियाले भने “निकुञ्जको कानूनले गर्दा हामी मुकदर्शक हुन बाध्य भएका छौँ” ।
यस्तै चितवन राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत सन्त बहादुर मगरले जनचेतनामुलक कार्यक्रम गरी जनतालाई सचेत बनाउन आवश्यक रहेको बताए । सिमित श्रोत र ऐनमा भएकाे व्यवस्थाका कारण आफूहरुले गर्न नसकेको काम माथिल्लो निकायमा राखी समन्वयकारी भूमिका निर्वाह गर्ने उनको जानकारी दिए ।
यसैगरी गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले निकुञ्जले स्थानीयमा पर्ने गरेकाे समस्याकाे दीर्घकालीन समाधान खोज्नुपर्ने बताए । ‘निकुञ्ज र बस्ती छुट्याउन चितवनलगायतका क्षेत्रमा आरसीसी पर्खाल निर्माण गरिएको छ’ उनले भने ‘संघ तथा प्रदेश सरकारसँग समन्वय गरी आवश्यक वजेटका लागि पहल गर्नेछाै ।’

