मकवानपुर । मकवानपुरकाे हेटौडा उपमहानगरपालिकामा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । हेटौडा –१६ पानीस्वारामा ट्याक्टर दुर्घटना हुँदा २ जनाको घटना स्थलमानै मृत्यु भएको हाे ।
मधेश प्रदेश ०३–००१ त ६९८७ नम्बरको ट्याक्टर ब्याक गर्ने क्रममा आफै अनियन्त्रित भई पानीस्वारा भिरबाट ३ सय मिटर तल खसी दुर्घटना हुदाँ २ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मृत्यु हुनेमा ट्याक्टर चालक बारा निजगंढ नगरपालिका वडा नम्बर–१३ बस्ने २६ वर्षीय डिलम थिङ र ट्याक्टरमा सवार हेटौंडा–१६ पानीस्वारा बस्ने ५६ वर्षीय जित बहादुर थिङ रहेकाे मकवानपुर प्रहरीले जनाएको छ ।

