मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा पहिलो पटक आज र भोलि प्रदेश स्तरीय महिला उद्यमी सम्मेलन तथा उपज प्रदर्शनी (मेला) हुने भएको छ ।
मेलाको आज मुख्यमन्त्री राजेन्द्र पाण्डेले उद्घाटन गर्ने छन् । बागमती प्रदेश सरकार उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयको आयोजना तथा नेपाल घरेलु तथा साना उद्योग महासंघ बागमती प्रदेश समिति तथा प्रदेश महिला उद्यमी समितिको समन्वयमा मेला आयोजना गर्न लागिएको हो ।
हेटौंडाको रोयल पार्टी प्यालेसमा महिलाले उत्पादन गरेको सबै प्रकारको उपजहरुलाई प्रदर्शनीमा राखिने नेपाल घरेलु तथा साना उद्योग महासंघ बागमती प्रदेश समिति कार्यवाहक अध्यक्ष तथा प्रदर्शनी कार्यक्रमका संयोजक तारानाथ चौलागाईले बताए ।
चौलागाईका अनुसार प्रदर्शनीमा कम्तिमा ५० वटा स्टलहरुमा महिलाले उत्पादन गरेको उपजहरु राखिने छ । सम्मेलनमा सहभागीका रुपमा प्रदेशको १३ वटै जिल्लाबाट ७८ जना महिला उद्यामी प्रतिनिधिहरु, ३२ जना प्रदेश समिति तथा स्थानीय महिला उद्यमीहरु र २० जना आमन्त्रित महिला उद्यमीहरु रहने नेपाल घरेलु तथा साना उद्योग महासंघ बागमती प्रदेशका कार्यकारी निर्देशक शम्भुप्रसाद नेपालले बताए ।
मेलामा १३ जिल्लाका ३९ जना उद्यमीहरु उपज प्रदर्शनीमा सहभागी हुनेछन् । उनीहरुलाई उपज प्रदर्शनीको लागि निशुल्क स्टल उपलब्ध गराइने छ भने बस्ने र खाने व्यवस्था समेत आयोजकले नै व्यहोर्ने छ ।
मकवानपुर । युवा आख्यानकार सिम्रन क्षेत्रीको उपन्यास `झुमर´काे शनिबार विमोचन भएको छ । झुमरलाई कवी एलबी क्षेत्री, समीक्षक भूपिन, लक्ष्मी बराल, शिरिषा सापकोटा, लेखकका ससुराबुवा इन्द्रजीत पराजुली, हजुरबुवा तुलबहादुर थापालगायतले विमोचन गरेका हुन् ।
नारीकाे कथाबस्तुमा आधारित उपन्यास झुमरका बारेमा बोल्दै लक्ष्मी बरालले क्षेत्रीले नारीसँग सम्बन्धित बिषयबस्तुलाई गम्भीरताका साथ उठान गरेको बताइन् । समीक्षक भूपिनले भने `प्रेमका अनेक रुप हुन्छन्, अहिलेको प्रेम झन् थरीथरीका हुन्छन् । सिम्रनले आधुनिक प्रेमको कथालाई उपन्यासमा सुन्दर ढंगले सजाएकी छन्´ ।
प्रमुख अतिथि एलबी क्षेत्रीले महिलाको अस्तित्व वैवाहिक परम्परा र यौन जीवनसँग जोडिएको बताए । झुमरमा उपन्यास बनोटका सामान्य त्रुटि बाहेक नारी अस्तित्वका विविध आयामलाई बुनिएको क्षेत्रीले बताए ।
सम्पूर्ण किताबको आयोजनामा नारायणी रिसोर्टमा आयोजित कार्यक्रम सम्पूर्ण किताबका संचालक शिरिषा सापकोटाकाे अध्यक्षता भएकाे थियाे । कार्यक्रममा प्राध्यापक एवम् कवि गायत्री श्रेष्ठ, उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठ, एसओएस बालग्रामका प्रमुख भोलानाथ पौडेलले शुभकामना व्यक्त गरेका थिए । पाठकहरुकाे तर्फबाट रन्जना लिम्बु, सुरज बराकोटी र रुक्मिणी सापकोटालगायतले झुमरमाथि टिप्पणी राखेका थिए ।
लेखक सिम्रन क्षेत्रीले नयाँ लेखकलाई किताब लेख्न भन्दा पनि प्रकाशन गर्न समस्या रहेको बताउँदै साहित्य क्षेत्रमा यसलाई समस्याको रूपमा राखीरहन नहुने बताइन् । कार्यक्रममा लेट्सटकका संयोजक आकाश पौडेलले स्वागत मन्तव्य राखेका थिए ।
एडीबी पब्लिकेसन्सले प्रकाशन गरेको पुस्तकलाई बुलबुल पब्लिकेसन्सले वितरण गरेको छ ।
मकवानपुर । वैदेशिक रोजगारको बाहानमा ठगी धन्दा चुनौतिको रुपमा रहेको पाइएको छ । बढ्दो बेरोजगारीलाई अवसरको रुपमा प्रयोग गर्दा सर्वसाधारणहरुलाई ठगी गर्नेहरुको कारण समस्या बढ्दो रहेको आप्रवासी स्रोत केन्द्रले जनाएको छ ।
पछिल्लो समय ठगीको केसहरु बढी आउन थालेको र यसबाट पीडितलाई न्याय दिलाउन समेत कठिनायी भएको आप्रवासी स्रोत केन्द्र ९सामी० परियोजा संयोजक अन्जिता थापा मगरले बताइन् । उनका अनुसार हालसम्म २४ वटा उजुरी परेका छन् । ठगिनु अघि दुबैपक्षले सबैकाम गोप्य ढंगले गर्ने र ठगिएपछि पीडित गुनासो गर्दै आउने गरेको उनले बताइन् । आईएमइ गरेर, बिना भर्पाइ, कुनै पनि प्रमाण नै नराखि पैसा पठाउने गरेको कारण न्यायको लागि सहजिकरण गर्न समस्या हुने गरेको उनले बताइन् ।
वैदेशिक रोजगारीमा लगाइदिने वाहानामा लागेकाहरुले पैसा, राहदानी होल्ड गरिदिएर पीडा दिने गरेको जिल्ला प्रशासन कार्यालय मकवानपुर आप्रवासी स्रोत केन्द्रको मनोबैज्ञानिक परामर्शकर्ता पार्वती बिकले बताइन् । यस्ता ठगी कार्यमा संलग्नहरु स्वदेशमा नभई भारतलगायत बाहिर बस्ने गरेको कारण पनि पीडितलाई न्यायमा सहजिकरण गर्न सहज नभएको उनले बताइन् ।
सामी परियोजना मार्फत वैदेशिक रोजगारी जानु अघि आवश्यक कागजपत्रको सुरक्षण, सिप, भाषा लगायतको पुर्व तयारी बारे परामर्श दिने गरेको छ । यसैगरी फर्केकाहरु र वैदेशिक रोजगारमा रहेकाहरुको परिवारलाई बिक्तिय साक्षरता कक्षा मार्फत आर्थिक व्यवहार परिवर्तन, पारिवारिक बजेट, फजुल खर्च कटौती जस्ता कार्यमा प्रोत्साहि गर्दै आएको छ ।
यसैगरी वैदेशिक रोजगारीको क्रममा ठगीएकाहरुलाई न्यायमा पहुँच बढाउन परामर्श र सहायत प्रदान गर्ने गरेको परियोजना संयोजक थापा मगरले बताइन् । परियोजना अन्तरगत वैदेशिक रोजगारबाट फर्केकाहरुलाई वैदेशिक रोजगारको क्रममा आर्जन भएको राम्रा वा नराम्रा अनुभव आपसमा सटासाट गर्न स्वयंसेवकको रुपमा कार्य गर्न समेत समूह निर्माण गरिएको छ । मकवानपुरमा यस्ता स्वयमसेवकहरु १२ जना रहेको थापा मगरले बताइन् ।
परियोजना अन्तरगत सन् २०१९ देखि हालसम्म २३३ वटा समस्या आएको १६७ वटामा समस्यामा समाधान गरिएको परामर्शकर्ता बिकले बताइन् । यस अवधिमा २ करोड ५२ लाख ५७ हजार ४ सय रूपियां क्षतिपूर्तिको लागि सहजीकरण गरेको उनले बताइन् ।
वैदेशिक रोजगारको क्रममा बेपत्ता भएका २० जनाको खोजिको लागि आप्रवासी स्रोत केन्द्रमा सहयोगको माग भएकोमा ११ जनालाई सम्पर्कमा ल्याउन सफल भएको उनले बताइन् ।
मकवानपुर । हेटौंडामा एकल महिला दिवसको अवसरमा नव निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरिएको छ ।
दातृ निकाय पूर्वे उष्ट्रोको आर्थिक सहयोगमा आयोजना भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाकी मेयर मिना कुमारी लामा, जिल्ला समन्वय समिति मकवानपुरकी नव निर्वाचित सदस्य विष्णुमायाँ थपलिया, सुनिता दर्नाल परियार, हेटौंडा ११ की वडा अध्यक्ष जुना दाहाल लगायतलाई सम्मान गरिएको हो ।
१२ औं अन्तर्राष्ट्रिय एकल महिला दिवसमा एकल महिलाबारे सामुहिक गीत कार्यक्रम समेत आयोजना गरिएको छ । कल्पना सुवेदी, अप्सरा अर्याल, जुनकिरी पुडासैनी लगायतले एकल महिलाको दुःख, पीडा र समस्याबारे सामुहिक गीत प्रस्तुत गरेका थिए।
मानव अधिकारका लागि एकल महिला समुह मकवानपुरले आयोजना गरेको कार्यक्रम हेटौंडा उपमहानगरपालिकाकी मेयर लामाको प्रमुख आतिथ्य तथा मानव अधिकारका लागि एकल महिला समुह मकवानपुरकी उपाध्यक्ष शान्ता बिकको अध्यक्षतामा भएको थियो । कार्यक्रममा मानव अधिकारका लागि एकल महिला समुहकी बागमती प्रदेश अध्यक्ष देवकी पौडेलको विशेष आतिथ्यता रहेको थियो ।
कार्यक्रममा मानव अधिकारका लागि एकल महिला समुहकी बागमती प्रदेश उपाध्यक्ष रुकु अधिकारी, हेटौंडा १६ की वडा सचिव सरला बानियाँ, हेटौंडा १० की उद्यमी अविता श्रेष्ठ, शिक्षक ईन्दिरा लुईटेल लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा मानव अधिकारका लागि एकल महिला समुह मकवानपुरकी सल्लाहकार निलम बजगाईं देवकोटाले सहजिकरण गरेकी हुन ।
मानव अधिकारका लागि एकल महिला समुह मकवानपुरले आयोजना गरेको कार्यक्रम हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाको प्रमुख आतिथ्य तथा मानव अधिकारका लागि एकल महिला समुह मकवानपुरकी उपाध्यक्ष शान्ता बिकको अध्यक्षतामा भएको थियो । कार्यक्रममा मानव अधिकारका लागि एकल महिला समुहकी बागमती प्रदेश अध्यक्ष देवकी पौडेलको विशेष आतिथ्यता रहेको थियो ।
कार्यक्रममा मानव अधिकारका लागि एकल महिला समुहकी बागमती प्रदेश उपाध्यक्ष रुकु अधिकारी, हेटौंडा १६ की वडा सचिव सरला बानियाँ, हेटौंडा १० की उद्यमी अविता श्रेष्ठ, शिक्षक ईन्दिरा लुईटेल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
मकवानपुरमा फाइजर खाेप लगाउन सुरु
Tags: No Comments
मकवानपुर । आजबाट मकवानपुर जिल्लाका ५ वर्ष पुराभई १२ वर्ष ननाघेका बालबालिकाहरुलाई कोरोना भाइरस विरुद्धको फाइजर खोप लगाउने सुरु भएकाे छ ।
सामुदायिक विद्यालयहरुमा विद्यार्थीहरुलाई खोप लगाउने कार्य सुरु भएकाे स्वास्थ्य कार्यालय मकवानपुरले जनाएकाे छ । याे अभियान अन्तरगत आगामी १५ गतेसम्म यो खोप लगाइने छ । पहिलो चरणको अभियान मकवानपुर जिल्लाका ६१ हजार ७५ जना बालबालिकालाई फाइजर खोप लाइने स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख भीमसागर गुरागाईंले बताए ।
खोप लगाउनका लागि सामुदायिक विद्यालयलाई खोप केन्द्रको रुपमा व्यवस्था गरिएकाे छ । विश्व स्वास्थ्य संगठनले मान्यता प्रदान गरेको यो खोप ९१ प्रतिशत प्रभावकारी भएको दाबि गरिएकाे छ ।
पहिलो चरणको खोप लगाएको २१ दिनपछि यसको दोस्रो मात्रा लगाउनु पर्ने छ । यसका लागि ३९० जना स्वास्थकर्मी परिचालन गरिएकाे छ । खाेप केन्द्रमा स्थानीय जनप्रतिनिधिहरुले समेत सघाइ रहेका छन् । विद्यालय नजाने वा विद्यालयमा खोप लगाउन छुटेमा यस्ता बालबालिकाहरुलाई अभियान सकिएको भोलिपल्ट नजिकको स्वास्थ संस्थाबाट लगाउन सकिनेछ ।