मकवानपुर । पछिल्लो समय आयुर्वेद उपचारमा आकर्षण बढेको छ ।
मकवानपुरको हेटौंडा स्थिति आयुर्वेद केन्द्रबाट आर्थिक बर्ष २०७८/०८९ मा १५ हजार जनाले सेवा लिएका छन् । आर्थिक बर्ष २०७६/०७७ मा ८ हजार जनाले सेवा लिएकोमा २०७७/०७८ मा १२ हजारले सेवा लिएका थिए ।
सेवाग्राही बढेसंगै आयुर्वेद चिकित्सा पद्धतिलाई अझै प्रभावकारी बनाउन स्वास्थ निर्देशनालय बागमती प्रदेशले विशेष पहल गरेको स्वास्थ निर्देशनालय निर्देशक महेश्वर श्रेष्ठले बताए ।
जिल्ला आयुर्वेद कार्यालय मकवानपुरले आयोजना गरेको पत्रकार अन्तरक्रिया कार्यक्रममा निर्देशक श्रेष्ठले यस्तो बताएका हुन् ।
यसैगरी मकवानपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी राजेन्द्र देब पाण्डेले आयुर्वेद उपचार पद्धति धेरै महत्त्वपुर्ण भएको बताए । प्राणायाम, योग, अभ्यासमा ध्यान दिंदा जीवन स्वास्थ हुने पाण्डेले बताए । हाल कोरोनाको प्रभाव बढ्दो रहेकोले अनावश्यक भिडभाड कम गर्न र स्वास्थ सावधानी अपनाउन प्रजिअ पाण्डेले आग्रह गरे ।
जिल्ला आयुर्वेद स्वास्थ केन्द्र मकवानपुरको आयोजनामा भएको आयुर्वेद सेवाको प्रवर्द्धन गर्न स्थानीय तहका पत्रकारसंग अन्तरक्रिया कार्यक्रममा यस्तो बताइएको हो ।
कार्यक्रम आयुर्वेद पन्चकर्म कन्सल्टेन्ट आयुर्वेद बिज्ञ डाक्टर साइरस न्यौपाने र आयुर्वेद चिकित्सक ललिता पाण्डेले आयुर्वेद केन्द्रले प्रदान गर्दै आएको सेवा र उपचार पद्धतिका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
हाल हेटौंडा स्थित आयुर्वेदबाट विशेषज्ञ बहिरगं सेवा, निशुल्क योग परामर्श सेवा, निशुल्क औषधी वितरण, सशुल्क फार्मेसी संचालन पुर्वेकर्म, पंचकर्म सेवा जेष्ठ, नागरीक सेवा, स्तनपायी कार्यक्रम, ल्याब सेवा, फिजियोथेरापी सेवा अकुपञ्चर सेवा क्षारसुत्र सेवा जस्ता सेवाहरू संचालित रहेको चिकित्सक पाण्डेले बताइन् ।
अन्तरङ्ग सेवाको लागि अस्पताल निर्माण हुदैछ । यसको लागि ४ करोड बजेटमा भवन निर्माणको तयारी भएको छ ।
कार्यक्रममा जिल्ला आयुर्वेद स्वास्थ केन्द्र मकवानपुरका अध्यक्ष मधु बजगाईले स्वास्थ सेवा मौलिक हक भएकोले यसलाई जनताको अधिकारको रूपमा स्थापित गर्न आफूहरू अभियानकै रूपमा लागेको बताए । आयुर्वेद उपचार बारे अन्तरक्रियादेखि सचेतना कार्यक्रममा आफूहरू लागिरहेको अध्यक्ष बजगाईले बताए ।
मकवानपुर । मंसिर ५ को निर्वाचन पछि गठन भएको बागमती प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो अधिवेशन सोमबारबाट सुरु भएको छ । सरकार की सदन पहिले भन्ने सम्बन्धमा स्पष्ट ब्यबस्था नहुदा प्रदेश सरकार गठनको आव्हान भने भएको छैन ।
मुख्यमन्त्रीमा दावी गर्दै आएका दलहरु केन्द्रीय सहमतिको पर्खाइमा रहेका कारण सरकार गठनमा ढिलाइ भएको हो । नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राप्रपाले प्रदेश सरकारको दावी गरेका छन । ति दलका संसदीय दलका नेताहरू जगन्नाथ थपलिया, शालिकराम जम्मकट्टेल र उद्धब थापाले आ-आफ्नै दावी मुख्यमन्त्रीमा गरे पनि सत्तारुट दलहरुले बागमती प्रदेशमा कस्को नेतृत्वमा सरकार बनाउने टुंगो लगाउन सकेका छैनन् ।
३७ सदस्य भएको नेपाली काग्रेस प्रतिपक्षमा रहदा नेकपा एमालेले आफूले प्रदेशको नेतृत्व गर्न पाउनु पर्ने बताउदै आएको छ । एमाले संसदीय दलको नेता थपलिया आफू मुख्यमन्त्रीको दाबेदार रहेको बताउँछन । तर केन्द्रीय सहमति जे हुन्छ त्यही अनुसार अघि बढ्नु पर्ने बाध्यता रहेको समेत स्वीकार गर्छन ।
यस्तै माओबादी केन्द्रका संसदीय दलका नेता जम्मकट्टेल प्रदेशको पहिलो कार्यकालमा आफूहरूले एमालेलाई सहयोग गरेकोले यो पटक माओवादीको सरकार बन्नु पर्ने बताउछन् । प्रदेशको मन्त्रीको जिम्मेवारीमा रहिसकेको अनुभवले समेत आफू मुख्यमन्त्री बन्नु पर्ने उनको भनाइ छ ।
यता अन्य प्रदेशमा दावी नगरी बागमती प्रदेशमा राप्रपाले मुख्यमन्त्री दावी गरेको छ । संसदीय दलको नेता थापा सरकार गठनको लागि राप्रपा निर्णायक रहेकोले समेत आफ्नो पार्टीको नेतृत्वमा प्रदेश सरकार गठन हुनु पर्ने दावी गर्छन् । ३ दलका ३ नेताले मुख्यमन्त्रीको दावी गरिरहे पनि बदलिएको राजनैतिक परिवेशमा केन्द्रीय तहमा सहमति र भागबन्डा जसरी बन्छ बागमती सरकार पनि त्यहि अनुसार गठन हुने नेताहरू बताउँछन ।
बागमती प्रदेश सरकार पुस महिना भित्रै गठन भइसक्ने दावी नेताहरूको छ ।
१ सय १० सदस्यीय प्रदेश सभामा नेपाली कांग्रेसका ३७, नेकपा एमालेका २७, नेकपा माओवादीका २१, राष्ट्रिय प्रजातन्त्र पार्टीका १३, नेकपा एकीकृत समाजवादीका ७, नेपाल मजदुर किसान पार्टीका ३, हाम्रो नेपाली पार्टीका २ जना सांसद रहेका छन् ।
सभामुखको निर्वाचन तालिका सार्वजनिक
यसैबीच बागमती प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो बैठकले सभामुखको निर्वाचन मिति तय गरेको छ । नेपालको संबिधानको धारा १८२ को उपधारा १ मा प्रदेश सभाको पहिलो बैठक प्रारम्भ्स भएको मितिले १५ दिन भित्र प्रदेश सभा सदस्यहरुले आफू मध्येबाट सभामुख गर्नु पर्ने प्राबधान छ ।
संबैधानिक प्राबधान अनुसार निर्वाचन मिति तय भए संगै प्रदेश सभाका सभामुखको निर्वाचनको कार्यतालिका सार्वजनिक भएको छ । सोमबार बसेको प्रदेश सभाको पहिलो बैठकले सभामुखको निर्वाचनको लागि पुस २९ को मिति तय गरेको हो ।
प्रदेश सभा सचिवालयले पुस २९ गते शुक्रबार बिहान ११ बजे निर्वाचन गर्ने कार्यतालिका सार्वजनिक गरेको हो । प्रदेश सभा सचिवालयका सचिव कृष्ण हरि खड्काका अनुसार सभामुखको निर्वाचनका लागि २८ पुसमा मनोनयन दर्ताको लागि बिहान १०ः३० देखि दिउँसो २ बजेसम्म, मनोनयन फिर्ताको समय सोहि दिन दिउँसो २ः३० देखि ३ः३० बजेसम्म रहने छ ।
यस्तै उम्मेदवारको अन्तिम नामावली प्रकाशन अपराह्न ४ बजे गरिने कार्यतालिका रहेको छ । सभामुखको निर्वाचन पुस २९ गते शुक्रबार ११ बजे बस्ने प्रदेश सभाको बैठकमा हुनेछ ।

मकवानपुर । बागमती प्रदेश सरकारको दोस्रो कार्यकालको ११ औ बैठकको पहिलो सेसन सोमबार बसेको छ ।
बैठकले ५ वटा अध्यादेश जारी गरेको छ । बैठकले प्रदेशसभा नियमावली २०७४ (पहिलो संशोधनसमेत) लाई अंगिकार गरि बैठक संचालन गर्ने प्रस्ताव बहुमतले पारित गरेको छ।
प्रदेशसभाको पहिले बैठकको अध्यक्षता ज्येष्ठ सदस्य राप्रसाद ढुंगानाले गरेका थिए । बैठकमा आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण प्रसाद शर्मा खनालले प्रदेश निजामती सेवाको गठन , संचालन र सेवाका सर्तहरु सम्बन्धमा व्यवस्था गरेको बनेको अध्यादेश ,२०७९ र स्थानीय तहका सेवाको गठन तथा संचालन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश ,२०७९ टेबल गरेका थिए।
त्यसैगरि, संस्कृति तथा पर्यटन मन्त्री दिपेन्द्र श्रेष्ठले प्रदेश स्वास्थ्य सेवा ऐन , २०७५ लाई संसोधन गर्न बनेको अध्यादेश टेबल गरेका थिए । बैठकमा कृषि तथा पशुपन्छी विकास मन्त्री बसुन्धरा हुमागाईले प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश ,२०७९ पेश गरेका थिए।
यसैगरि, उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री मिलनबाबु श्रेष्ठले प्रदेश हस्तकलाग्राम स्थापना तथा संचालनको सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश २०७९ टेबल गरेका थिए।
बैठकमा प्रदेशसभा नियामावाली पहिलो संसोधन २०७४ को नियम ११ उपनियम १ बमोजिम सभामुख र उपसभामुखको अनुपस्थितमा बैठकको अध्यक्षता गर्न प्रदेशसभाको सदस्यहरु उर्मिला नेपाल , भारती पाठक, ठाकुर प्रसाद ढकाल , लक्ष्मी घिमिरे , राजेन्द्रमान श्रेष्ठलाई मनोनित गरेको छ।
आजको बैठकले प्रदेशका सभामुख र उपसभामुखको चयनका लागि यहि पुष २९ गते शुक्रवार बिहान ११ बजे निर्वाचन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ।
मकवानपुर / बागमती प्रदेशसभाको ११ औँ अधिवेशन भोलि पुस १८ गते दिनको १ बजे बस्ने भएको छ ।
प्रदेशसभा सचिवालयमा भोलि बिहान ८ बजे सर्वदलीय बैठक बसेर दिउँसोको प्रदेशसभा बैठकमा प्रस्तुत हुने कार्यसूची तयार गरीने प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताए । प्रदेशसभा सदस्यको लागि दोस्रो कार्यकालको ११ औँ बैठक सुरु हुन लागेको हो ।
बागमतीको प्रदेशसभामा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, राप्रपा, नेमकिपा, हाम्रो नेपाली पार्टी समेत गरी ७ दलका ११० जना प्रदेशसभा सदस्य रहेका छन् ।
मकवानपुर । नेपाल राष्ट्र बैंकबाट जारी चालु पुँजीकर्जा मार्ग दर्शन २०७९ विरुद्ध ज्ञापन पत्र बुझाइएको छ ।
२०७२ सालको भूकम्पपछि धरासायी बनेको उद्योग व्यवसाय क्षेत्र कोरोना महामारी र रुस यूक्रेन युद्धबाट सिर्जित समस्याले झनै धरासायी भएको अवस्थामा मुल्य वृद्धिले अझै असर बढाएको भन्दै मकवानपुरका व्यवसायीहरुले मुल्य वृद्धिको विरोध गरेका छन् ।
उद्योग संघ मकवानपुर, नारायणी व्यवसायी संघ, निर्माण व्यवसायी संघ, होटल एशोसिएश्चत मकवादपुर,वस्तुगत समन्वय समिति लगायतले सयुक्त रुपमा मुल्य वृद्धिको विरोध गरेका हुन् ।
व्यवसायीहरुको घट्दो मनोबल बढाउने तर्फ सरकारले ध्यान दिनुपर्ने माग गरीएको छ । उद्योगी व्यवसायीका मागमा आएको उच्च संकुचन, उच्च बैंक व्याजदर, लगानी योग्य पूँजीका अभाव भएको प्रति उद्योगिहरुले ध्यानकर्षण गराएको उद्योग वाणिज्य संघ मकवानपुरका अध्यक्ष कृष्ण गुप्ता अग्रवालले बताए ।
उनीहरुले मकवानपुरका प्रमुख जिल्ला अधिकारी मार्फत संघीय सरकारका अर्थमन्त्री र नेपाल राष्ट्र बैंकका गभर्नरलाई संयुक्त रुपमा ध्यानाकर्षण पत्र बुझाएका हुन् । असहज परिस्थानमा उद्योगी चुनौतीपूर्ण अवस्थामा रहेको अर्थतन्त्रलाई पुनर्जिवित गर्ने नीति तत्काल व्यवसायीको घटेको मनोबल उकास्न माग उद्योग संघका अध्यक्ष स्वागतराज प्याकुरेलले बताए ।
बैंकको व्याजदर नियन्त्रण गरी एकल अकंको हुनुपर्ने, अर्थतन्त्र सामान्य अवस्थामा नपुगुन्जेल चालू पुँजी कर्जा सम्बन्धी मार्गदर्शन, २०७९ कार्यान्वयनमा ल्याउन नहुने, पूजीगत खर्च बढाई बजारमा तरलता प्रवाह गर्नुपर्ने माग गरिएको छ ।
उद्योग व्यवसाय क्षेत्र रुग्ण हुन गएमा त्यसको बहुआयामिक दुष्प्रभाव राष्ट्रको समग्र आर्थिक सामाजिक विकासमा पर्न जाने भन्दै सरकारले यस्ता मागहरुको सुनुवाई गरि विद्यमान आर्थिक संकटको समाधानकालागि पहल गर्न माग गरिएको छ । आफूहरुको माग सम्बोधन नभए उद्योगी व्यवसायीहरुले विरोध कार्यक्रमलाई निरन्तरता दिने बताएका छन् ।
