मकवानपुर । नेपाल राष्ट्र बैंकबाट जारी चालु पुँजीकर्जा मार्ग दर्शन २०७९ विरुद्ध ज्ञापन पत्र बुझाइएको छ ।
२०७२ सालको भूकम्पपछि धरासायी बनेको उद्योग व्यवसाय क्षेत्र कोरोना महामारी र रुस यूक्रेन युद्धबाट सिर्जित समस्याले झनै धरासायी भएको अवस्थामा मुल्य वृद्धिले अझै असर बढाएको भन्दै मकवानपुरका व्यवसायीहरुले मुल्य वृद्धिको विरोध गरेका छन् ।
उद्योग संघ मकवानपुर, नारायणी व्यवसायी संघ, निर्माण व्यवसायी संघ, होटल एशोसिएश्चत मकवादपुर,वस्तुगत समन्वय समिति लगायतले सयुक्त रुपमा मुल्य वृद्धिको विरोध गरेका हुन् ।
व्यवसायीहरुको घट्दो मनोबल बढाउने तर्फ सरकारले ध्यान दिनुपर्ने माग गरीएको छ । उद्योगी व्यवसायीका मागमा आएको उच्च संकुचन, उच्च बैंक व्याजदर, लगानी योग्य पूँजीका अभाव भएको प्रति उद्योगिहरुले ध्यानकर्षण गराएको उद्योग वाणिज्य संघ मकवानपुरका अध्यक्ष कृष्ण गुप्ता अग्रवालले बताए ।
उनीहरुले मकवानपुरका प्रमुख जिल्ला अधिकारी मार्फत संघीय सरकारका अर्थमन्त्री र नेपाल राष्ट्र बैंकका गभर्नरलाई संयुक्त रुपमा ध्यानाकर्षण पत्र बुझाएका हुन् । असहज परिस्थानमा उद्योगी चुनौतीपूर्ण अवस्थामा रहेको अर्थतन्त्रलाई पुनर्जिवित गर्ने नीति तत्काल व्यवसायीको घटेको मनोबल उकास्न माग उद्योग संघका अध्यक्ष स्वागतराज प्याकुरेलले बताए ।
बैंकको व्याजदर नियन्त्रण गरी एकल अकंको हुनुपर्ने, अर्थतन्त्र सामान्य अवस्थामा नपुगुन्जेल चालू पुँजी कर्जा सम्बन्धी मार्गदर्शन, २०७९ कार्यान्वयनमा ल्याउन नहुने, पूजीगत खर्च बढाई बजारमा तरलता प्रवाह गर्नुपर्ने माग गरिएको छ ।
उद्योग व्यवसाय क्षेत्र रुग्ण हुन गएमा त्यसको बहुआयामिक दुष्प्रभाव राष्ट्रको समग्र आर्थिक सामाजिक विकासमा पर्न जाने भन्दै सरकारले यस्ता मागहरुको सुनुवाई गरि विद्यमान आर्थिक संकटको समाधानकालागि पहल गर्न माग गरिएको छ । आफूहरुको माग सम्बोधन नभए उद्योगी व्यवसायीहरुले विरोध कार्यक्रमलाई निरन्तरता दिने बताएका छन् ।

