मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक बर्षको लागि बजेट ल्याउने तयारी गरे पनि एमालेको बिरोधको कारण स्थगित भएको छ ।
बिहान १० बजेलाई बोलाईएको नगर सभामा एमालेबाट निर्वाचित कार्यपालिका सदस्यहरूले आफ्नो अडान नछोडेको कारण सभा स्थगित गरिएको हो ।
गाँउ नगर जिल्ला सभा सन्चालन ऐन २०७५ को दफा ५ को उपदफा १ बमोजिम गणपुरक संख्या नपुगेकोले उक्त दफाकाे उपदफा २ बमोजिम नगरसभा आगामी बैठक असार १२ गते दिउँसो १ बजेको लागि नगर प्रमुखबाट आव्हान गरिएकाे हो ।
एमाले सदस्यहरुले बैठक सञ्चालन कार्यविधि शंसोधन गर्न माग गरेपछि बैठकमा सहमति हुन सकेको छैन । एमाले सदस्यहरुले राखेको प्रस्तावलाई पेलेर लैजान खोजिएको भन्दै विरोध जनाएका हुन् । उपमहानगरपालिकामा बिजयी एमालेका ५४ जना नगरसभा सदस्यहरु सहितको बैठकले स्थानीय सरकार संचालन ऐन सञ्चालन सम्बन्धी बैठक कार्यबिधि शंसोधनको माग गर्दै आएको छ ।
नगरसभा बारे एमाले केहिबेरमा पत्रकार सम्मेलन गरि पार्टीको धारण स्पस्ट पार्ने जनाएको छ ।
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक बर्षको लागि बजेट ल्याउने तयारी गरेपनि आज कार्यक्रम स्थगित हुने संभावना बढेको छ ।
बिहान १० बजेलाई बोलाईएको नगर सभामा एमालेबाट निर्वाचित कार्यपालिका सदस्यहरूले आफ्नो अडान नछोडेको कारण सभा स्थगित हुने संभावना बढेको हो । निर्धारित समयभन्दा ३ घण्टा ढिलो हुदासम्म आन्तरिक सहमति जुटेको छैन ।
सहमतिको लागि पार्टी कमिटी तहको बैठक चलिरहेको बुझिएको छ । नेपाली काँग्रेसका जिल्ला अध्यक्ष बुद्व लामा, नेकपा एकीकृत समाजवादी जिल्ला अध्यक्ष सुर्यचन्द्र न्यौपानेलगायतको गोप्य बैठक हेटौंडाको होटल एभोकाडोमा बसिरहेको बुझिएको छ । यद्यपि उनीहरूको फोन सम्पर्क भएको छैन ।
सार्वजनिक गर्दै गरिएको बजेट एकलौटी रुपमा तयार गरिएको भन्दै एमालेले बिरोध गरेको हो । ४ दिन अघि नगरको कार्यपालिका बैठक बसेर नीति तथा कार्यक्रम प्रस्ताव गर्ने तयारी भएको थियो । तर कार्यपालिका बैठकमा बहुमत नपुगेपछि नीति तथा कार्यक्रममाथि छलफल नै भएन ।
कार्यपालिकामा एमालेको स्पष्ट बहुमत छ । एमाले सदस्यहरुले बैठक सञ्चालन कार्यविधि शंसोधन गर्न माग गरेपछि बैठकमा सहमति हुन सकेको छैन । एमाले सदस्यहरुले राखेको प्रस्तावलाई पेलेर लैजान खोजिएको भन्दै विरोध जनाएका हुन् । एमालेबाट बिजयी कार्यपालिका सदस्य नगर सभाको हलमै नपसि बाहिर बसेका छन् । हलमा कर्मचारी र पत्रकारहरूको मात्रै चहलपहल छ ।

बजेट सार्वजनिक हुँदै गर्दा बहुमत कार्यपालिका सदस्यसंग छलफल नै नगरिएको भन्दै एमालेले विरोध जनाएको छ । एकलौटी ढंगले बजेट ल्याउन लागेकोमा आफूहरुको विरोध रहेको एमालेले जनाएको छ ।
जनताद्वारा निर्वाचित बहुमत कार्यपालिका सदस्यहरुसंग कुनै पनि छलफल नै नगरिकन एकलौटी ढंगले बजेट ल्याउन लागेको भन्दै असन्तुष्टि ब्यक्त गरिएको हो । कार्यपालिका सदस्यहरुसंग बजेटबारे कुनै पनि छलफल नभएको एमालेबाट वडा अध्यक्ष विजयी भएका कार्यपालिका सदस्यहरुले बताएका छन् ।
कार्यपालिका बैठकले पास नगरिएको, चुनाबका बेलाका गठबन्धनमा रहेका दलका प्रतिबद्धता अनुसार मात्र बजेट हालिएको, बैठक कार्यबिधि संसोधन गर्न मेयर लामाले निवेदन समेत दर्ता गर्न नमानेको लगायतका विषयमा आफूहरुको असन्तुष्टि रहेको वडा अध्यक्ष नवीन सिग्देलले बताए ।
उपमहानगरपालिकामा बिजयी एमालेका ५४ जना नगरसभा सदस्यहरु सहितको बैठकले स्थानीय सरकार संचालन ऐन सञ्चालन सम्बन्धी बैठक कार्यबिधि शंसोधनका लागि दर्ता गराउन निवेदन दिदा दर्ता गर्न अस्वीकार गरिएको सिग्देलले बताए ।
उपमहानगरपालिका वडा अध्यक्षहरुलाई समेत कुनै वास्ता नगरिकन बजेट ल्याउन खोज्नु जनभावना विपरित भएको हेटौंडा १५ का वडा अध्यक्ष सुनिल मुक्तानले बताए ।
मकवानपुर । बागमती प्रदेशको एक मात्रै उपमहानगरपालिका हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रमहरु कार्यान्वयन गर्न २ अर्ब ७१ करोड ७९ लाख बजेट आज १० असारमा सार्वजनिक गर्ने तयारी गरेको छ ।
अनुमान गरिएको खर्च व्यहोर्ने आन्तरिक स्रोतबाट ९४ करोड ३६ लाख, राजस्व बाँडफाँटबाट ५८ करोड ९३ लाख, प्रदेश सरकारको विभिन्न अनुदानबाट ९ करोड ५८ लाख, सङ्घीय सरकारको अनुदानबाट १ अर्व ६ करोड ९५ लाख व्यहाेरीने गरी तयारी गरिएको बुझिएको छ ।
यस्तै अन्य आय र संघसंस्था अनुदानबाट १ करोड ९६ लाख व्यहोरिने गरी बजेट ल्याउने तयारी भएको आन्तरीक स्रोतले जनाएको छ । तर सार्वजनिक गर्दै गरिएको बजेट एकलौटी रुपमा तयार गरिएको भन्दै तिव्र विरोध भएको छ । नगर कार्यपालिका सदस्यहरुबिच मनमुटाव हुँदा आगामी बजेट माथि पनि सल्लाह र सहमति हुन सकेको छैन ।
३ दिन अघि नगरको कार्यपालिका बैठक बसेर नीति तथा कार्यक्रम प्रस्ताव गर्ने तयारी भएको थियो । तर कार्यपालिका बैठकमा बहुमत नपुगेपछि नीति तथा कार्यक्रममाथि छलफल नै भएन । कार्यपालिकामा एमालेको स्पष्ट बहुमत छ । नीति तथा कार्यक्रम सम्बन्धी छलफल गर्न बोलाइएको कार्यपालिका बैठकमा एमालेले बैठक सञ्चालन कार्यविधिका केही बुँदा संशोधन गर्नु पर्ने प्रस्ताव गरेको थियो । २९ कार्यपालिका सदस्य मध्ये १८ सदस्य रहेको एमालेले बैठक सञ्चालन कार्यविधि–२०७४ को १५(२) र १५(३) मा रहेको व्यवस्थालाई संसोधन गरिनुपर्ने माग राखेको हो । एमाले सदस्यहरुले बैठक सञ्चालन कार्यविधि सशाेधन गर्न माग गरेपछि बैठकमा सहमति हुन सकेको छैन । एमाले सदस्यहरुले राखेको प्रस्तावलाई पेलेर लैजान खोजिएको भन्दै विरोध जनाएका छन् ।
बजेट सार्वजनिक हुँदै गर्दा बहुमत कार्यपालिका सदस्यसँग छलफल नै नगरिएको भन्दै एमालेले विरोध जनाएको छ । एकलौटी ढंगले बजेट ल्याउन लागेकोमा आफूहरुको विरोध रहेको एमालेले जनाएको छ । जनताद्वारा निर्वाचित बहुमत कार्यपालिका सदस्यहरुसंग कुनै पनि छलफल नै नगरिकन एकलौटी ढंगले बजेट ल्याउन लागेको भन्दै असन्तुष्टि ब्यक्त गरिएको हो । कार्यपालिका सदस्यहरुसँग बजेटबारे कुनै पनि छलफल नभएको एमालेबाट वडा अध्यक्ष विजयी भएका कार्यपालिका सदस्यहरुले बताएका छन् ।
यद्यपी असार ७ गते मंगलबार विहान बसेको नगर कार्यपालिकाको वैठकले आगामी आव २०७९/०८० को वार्षिक नीति तथा कार्यक्रम पारित गरेको उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेले जानकारी दिए । कार्यपालिका वैठकबाट पारित गरिएको नीति तथा कार्यक्रम र बजेट असार १० गते बस्ने नगरसभामा पेश गरिने उनले बताए ।
हेटौंडाका १९ वटै वडाहरुका नागरिकलाई सम्बोधन गर्ने गरी बजेट ल्याउनका लागि सबै कार्यपालिका सदस्यहरुका बिचमा छलफल गरेर ल्याउनु पर्ने माग आफूहरुको रहेको एमालेको उपमहानगरपालिका संसदीय दलका नेता नविन सिग्देलले बताए ।बजेट निर्माण गर्दा विभिन्न बिषयगत समितिमा छलफल गरिनु पर्ने भएपनि स्रोतका अनुसार हेटौंडा उमहानगरपालिकामा यस्ता विषयगत समितिहरु नै बनेका छैनन् ।
कार्यपालिका बैठकबाट पास नगरिएको, चुनाबका बेलाका गठबन्धनमा रहेका दलका प्रतिबद्धता अनुसार मात्र बजेट हालिएको, बैठक कार्यबिधि संसोधन गर्न मेयर लामाले निवेदन समेत दर्ता गर्न नमानेको लगायतका विषयमा आफूहरुको असन्तुष्टि रहेको सिग्देलले बताए । उपमहानगरपालिकामा बिजयी एमालेका ५४ जना नगरसभा सदस्यहरु सहितको बैठकले स्थानीय सरकार संचालन ऐन सञ्चालन सम्बन्धी बैठक कार्यबिधि सशाेधनका लागि दर्ता गराउन निवेदन दिदा दर्ता गर्न अस्वीकार गरिएको सिग्देलले बताए ।
एमालेका प्रदेश कमिटीका सदस्य रघुनाथ खुलाल, जिल्ला अध्यक्ष एकालाल श्रेष्ठ सहितको बैठकले सहमति र सहकार्यबाट मात्र बजेट ल्याउनका लागि नगरका मेयर मिना लामा र उपमेयर राजेश बानियाँलाई आग्रह गरिएको उनले बताए ।उपमहानगरपालिका वडा अध्यक्षहरुलाई समेत कुनै वास्ता नगरिकन बजेट ल्याउन खोज्नु जनभावना विपरित भएको हेटौंडा १५ का वडा अध्यक्ष सुनिल मुक्तानले बताए । १८ जना कार्यपालिका सदस्य रहेको एमालेले बैठक संचालन कार्यविधि–२०७४ को १५(२) र १५(३) मा रहेको ब्यवस्थालाई संसोधन गरिनुपर्ने माग राखेको थियो । तर मागको विषयमा मेयर–उपमेय लचिलो नबनेपछि आफुहरुले वाध्य भएर गत मगलबारकाे कार्यपालिका बैठक बहिस्कार गर्नुपरेको वडा नंबर १५ का वडाध्यक्ष तथा एमाले हेटौँडा नगर दलका प्रमुख सचेतक सुनिल मोक्तानले बताए ।
सहकार्य र छलफलका लागि एमालेका तर्फबाट हेटौंडा १८ का वडा अध्यक्ष अनिल बानियाँको संयोजकत्वमा तीन सदस्य समिति चयन गरिएको छ । जसमा सदस्यहरुमा हेटौंडा–१५ का वडा अध्यक्ष सुनिल मोक्तान, हेटौंडा–१० का वडा अध्यक्ष फुर्वा दोर्जे लामा रहेका छन् ।
हेटौँडा उपमहानगरपालिकाको कार्यपालिकामा एमालेबाट १८ जना, कांग्रेसबाट ९ तथा नेकपा एकिकृत समाजवादीबाट २ जना सदस्यहरु रहेका छन् । नगरसभामा पनि नेकपा एमाले ५१ जना सहित पूर्ण बहुमतमा छ । कानुनी व्यवस्था अनुसार असार १० गते सवै स्थानीय तहले नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्नु पर्ने तथा असार मसान्तमा प्रस्तुत नीति तथा कार्यक्रम पारित गर्नु पर्ने हुन्छ । साेही अनुसार आज उपमहानगरपालिकाकाे ११ औं नगर सभा अधिवेशनमा नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्न लागिएकाे हाे ।
मकवानपुर । थाहा नगरपालिकामा नमूना युवा नगरसभा अभ्यास सम्बन्धी प्रशिक्षण कार्यक्रम आयाेजना गरिएकाे छ । थाहा नगरपालिकाको आयोजना तथा जिल्ला युवा समितिको कार्यालय मकवानपुरको संयोजनमा थाहामा पहिलो पटक नमूना युवा नगरसभा अभ्यासकाे ४ दिने प्रशिक्षण कार्यक्रम बुधबार सकिएकाे हाे ।
४ दिने प्रशिक्षण पछि नमूना नगर सभा संचालन गरि कार्यक्रम समापन गरिएकाे हाे । नमूना नगरसभा अध्यक्ष तथा नमुना युवा नगर प्रमुख बिस्मिता गोपालीले संचालन गरिएकाे थियाे । नमूना नगर सभा उपाध्यक्ष ओमस प्रधानले बजेट, बिनियोजन बियेयक २०७९ र आर्थिक बिध्येयक २०७९ पेश गरि सभामा छलफल पश्चात पारित गरिएकाे थियो ।
थाहा नगरपालिकाका १२ वटै वडाका ४५ जना युवाहरुलाई युवा नीति, नेतृत्व, राज्यप्रणाली, नेतृत्व विकाश, युवा मार्गदर्शन, नगरपरिषद, यसको संरचना लगायतका बिषयबस्तुमा प्रशिक्षण प्रदान गरिएको जिल्ला युवा समितिका अध्यक्ष शिबहरि दाहालले जानकारी दिए ।
अध्यक्ष दाहालले तालिममा युवा जीवन र मार्गदर्शन, लोकतन्त्र र लोकतान्त्रिक संस्कृति, सूचनाको हक, नेपालमा युवा संसदको अवधारणा र अभ्यास, युवा क्लब र युवा क्लब गठन प्रक्रिया, स्थानीय योजना निर्माणका सात तहहरु र योजना निर्माणमा युवा क्लबको भूमिका, नगरसभा संचालन सम्बन्धी कार्यविधि तथा गाउँ/ नगर सभामा पालना गर्नुपर्ने नियमहरुका विषयमा समेत राष्ट्रिय प्रशिक्षक मुना तिवारी र अशोक खनालले सहजीकरण गरेका थिए ।
थाहा नगरपालिकाका नगर प्रमुख बिष्णु बहादुर बिष्टले उद्घाटन गरेकाे प्रशिक्षण कार्यक्रममा नगर उपप्रमुख भरत गोपाली, वडा अध्यक्ष, समाजसेवी बिमल कुमार ढकाल, शिक्षाबिद् सानोभाइ कार्की, युवा अभियान्ता दिनेश कार्की लगायतकाे उपस्थिति रहेको थियो ।
मकवानपुर । हेटौंडामा एकल महिला दिवसको अवसरमा नव निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरिएको छ ।
दातृ निकाय पूर्वे उष्ट्रोको आर्थिक सहयोगमा आयोजना भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाकी मेयर मिना कुमारी लामा, जिल्ला समन्वय समिति मकवानपुरकी नव निर्वाचित सदस्य विष्णुमायाँ थपलिया, सुनिता दर्नाल परियार, हेटौंडा ११ की वडा अध्यक्ष जुना दाहाल लगायतलाई सम्मान गरिएको हो ।
१२ औं अन्तर्राष्ट्रिय एकल महिला दिवसमा एकल महिलाबारे सामुहिक गीत कार्यक्रम समेत आयोजना गरिएको छ । कल्पना सुवेदी, अप्सरा अर्याल, जुनकिरी पुडासैनी लगायतले एकल महिलाको दुःख, पीडा र समस्याबारे सामुहिक गीत प्रस्तुत गरेका थिए।
मानव अधिकारका लागि एकल महिला समुह मकवानपुरले आयोजना गरेको कार्यक्रम हेटौंडा उपमहानगरपालिकाकी मेयर लामाको प्रमुख आतिथ्य तथा मानव अधिकारका लागि एकल महिला समुह मकवानपुरकी उपाध्यक्ष शान्ता बिकको अध्यक्षतामा भएको थियो । कार्यक्रममा मानव अधिकारका लागि एकल महिला समुहकी बागमती प्रदेश अध्यक्ष देवकी पौडेलको विशेष आतिथ्यता रहेको थियो ।
कार्यक्रममा मानव अधिकारका लागि एकल महिला समुहकी बागमती प्रदेश उपाध्यक्ष रुकु अधिकारी, हेटौंडा १६ की वडा सचिव सरला बानियाँ, हेटौंडा १० की उद्यमी अविता श्रेष्ठ, शिक्षक ईन्दिरा लुईटेल लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा मानव अधिकारका लागि एकल महिला समुह मकवानपुरकी सल्लाहकार निलम बजगाईं देवकोटाले सहजिकरण गरेकी हुन ।
मानव अधिकारका लागि एकल महिला समुह मकवानपुरले आयोजना गरेको कार्यक्रम हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाको प्रमुख आतिथ्य तथा मानव अधिकारका लागि एकल महिला समुह मकवानपुरकी उपाध्यक्ष शान्ता बिकको अध्यक्षतामा भएको थियो । कार्यक्रममा मानव अधिकारका लागि एकल महिला समुहकी बागमती प्रदेश अध्यक्ष देवकी पौडेलको विशेष आतिथ्यता रहेको थियो ।
कार्यक्रममा मानव अधिकारका लागि एकल महिला समुहकी बागमती प्रदेश उपाध्यक्ष रुकु अधिकारी, हेटौंडा १६ की वडा सचिव सरला बानियाँ, हेटौंडा १० की उद्यमी अविता श्रेष्ठ, शिक्षक ईन्दिरा लुईटेल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
