मकवानपुर । हेटौंडा उपमहानगरका उपप्रमुख राजेश बानियाँले ‘राष्ट्रलाई चिनाउन खेलकुद महत्वपूर्ण’ भएकाे बताएका छन् । शनिवार हेटौंडा ७ किरणचाेक टोलमा भएको खेलाडी सम्मान कार्यक्रममा बानियाँले वडा, नगर र राष्ट्रलाई चिनाउन पूर्वाधारकाे विकास भन्दा खेलकुद महत्वपूर्ण भएकाे बताएका हुन् ।
उनले भने खेल क्षेत्र सधैं माथिल्लो स्थानमा रहने भएकाेले सडक र पूर्वाधारका काम भन्दा माथि खेलकुदलाई राखिने बताए । राष्ट्रिय तेक्वान्दो संघ नेपाल जिल्ला कार्यसमिति मकवानपुरले आयोजना गरेका कार्यक्रमका प्रमुख अतिथी बानियाँले खेलकुदलाई बिशेष प्राथमिकतामा राखेर उपमहानगरने नीति तथा कार्यक्रम तयार गरेकाे जानकारी दिए । उनले सबै हिसाबले खेलकुद महत्वपूर्ण रहेकाले वडातहमा आएको बजेटको केही प्रतिशत खेलकुदको लागि छुट्याउन वडा अध्यक्षहरुलाई आग्रह गरे ।
कार्यक्रममा सुनसरी र चितवनमा भएको मेयर कप तेक्वान्दो प्रतियोगितामा प्रथम सहित बिभिन्न बिधामा पुरस्कार प्राप्त गरेका तेक्वान्दोका खेलाडीलाई सम्मान गरिएको थियो । त्यस्तै कार्यक्रममा तेक्वान्दोको आन्तरीक परिक्षामा उर्तिण भएकालाई प्रमाणपत्र बितरण गरिएको थियो ।
संघका अध्यक्ष मदनकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा–७ का वडा अध्यक्ष दामोदर गौतम, हेटौंडा–८ का वडा अध्यक्ष रामकृष्ण थापा, राष्ट्रिय तेक्वान्दो संघका केन्द्रीय सदस्य राकेशकुमार राई, मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेष खड्गी किरणचेक टोल बिकास सस्थाका अध्यक्ष राजु आधिकारीकाे उपस्थिति रहेकाे थियाे ।
मकवानपुर । मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले आव २०७९।०८०को लागि ६७ करोड ४४ लाख १२ हजारको अनुमानित बजेट प्रस्तुत गरेकाे छ ।
शुक्रबार आयोजित दोस्रा गाउँसभाको प्रथम अधिवेशनमा गाउँपालिका उपाध्यक्ष मान कुमारी पाख्रिन नेपालीले गाउँपालिकाकाे आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गर्दै कुल ६७ करोड ४४ लाख २२ हजार बराबरको अनुमानित आयव्यय पेश गरेकी हुन् ।
गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङतानको सभाध्यक्षतामा भएको गाउँसभामा उपाध्यक्ष नेपालीले आगामी आर्थिक वर्षमा कुल बजेटको पुँजिगततर्फ ३२ करोड ७६ लाख ७ हजार अर्थात (४८ दशमलव ५८ प्रतिशत) र चालु तर्फ ३४ करोड ६८ लाख १५ हजार अर्थात (५१ दशमलव ४२ प्रतिशत) बजेट विनियोजन गरेको जानकारी गराइन् ।
गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि जनताका समस्याहरुलाई आत्मसाथ गरी शिक्षा, स्वास्थ्य, कृषि, पशुपालन, उद्यमशीलता, रोजगरी, मानवीय विकास एवम् गाउँपालिकाको समग्र सामाजिक, सांस्कृतिक, आर्थिक, भौतिक लगायतका विकासमा सबै पक्षसँग सहकार्य गर्दै अघिल्लो सरकारको अनुभव एवम् पुरा गर्न बाँकी कार्यहरुलाई महत्व दिएर बजेट निर्माण गरेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामकुमार पुडासैनीले बताए ।
मकवानपुर । वैदेशिक रोजगारको बाहानमा ठगी धन्दा चुनौतिको रुपमा रहेको पाइएको छ । बढ्दो बेरोजगारीलाई अवसरको रुपमा प्रयोग गर्दा सर्वसाधारणहरुलाई ठगी गर्नेहरुको कारण समस्या बढ्दो रहेको आप्रवासी स्रोत केन्द्रले जनाएको छ ।
पछिल्लो समय ठगीको केसहरु बढी आउन थालेको र यसबाट पीडितलाई न्याय दिलाउन समेत कठिनायी भएको आप्रवासी स्रोत केन्द्र ९सामी० परियोजा संयोजक अन्जिता थापा मगरले बताइन् । उनका अनुसार हालसम्म २४ वटा उजुरी परेका छन् । ठगिनु अघि दुबैपक्षले सबैकाम गोप्य ढंगले गर्ने र ठगिएपछि पीडित गुनासो गर्दै आउने गरेको उनले बताइन् । आईएमइ गरेर, बिना भर्पाइ, कुनै पनि प्रमाण नै नराखि पैसा पठाउने गरेको कारण न्यायको लागि सहजिकरण गर्न समस्या हुने गरेको उनले बताइन् ।
वैदेशिक रोजगारीमा लगाइदिने वाहानामा लागेकाहरुले पैसा, राहदानी होल्ड गरिदिएर पीडा दिने गरेको जिल्ला प्रशासन कार्यालय मकवानपुर आप्रवासी स्रोत केन्द्रको मनोबैज्ञानिक परामर्शकर्ता पार्वती बिकले बताइन् । यस्ता ठगी कार्यमा संलग्नहरु स्वदेशमा नभई भारतलगायत बाहिर बस्ने गरेको कारण पनि पीडितलाई न्यायमा सहजिकरण गर्न सहज नभएको उनले बताइन् ।
सामी परियोजना मार्फत वैदेशिक रोजगारी जानु अघि आवश्यक कागजपत्रको सुरक्षण, सिप, भाषा लगायतको पुर्व तयारी बारे परामर्श दिने गरेको छ । यसैगरी फर्केकाहरु र वैदेशिक रोजगारमा रहेकाहरुको परिवारलाई बिक्तिय साक्षरता कक्षा मार्फत आर्थिक व्यवहार परिवर्तन, पारिवारिक बजेट, फजुल खर्च कटौती जस्ता कार्यमा प्रोत्साहि गर्दै आएको छ ।
यसैगरी वैदेशिक रोजगारीको क्रममा ठगीएकाहरुलाई न्यायमा पहुँच बढाउन परामर्श र सहायत प्रदान गर्ने गरेको परियोजना संयोजक थापा मगरले बताइन् । परियोजना अन्तरगत वैदेशिक रोजगारबाट फर्केकाहरुलाई वैदेशिक रोजगारको क्रममा आर्जन भएको राम्रा वा नराम्रा अनुभव आपसमा सटासाट गर्न स्वयंसेवकको रुपमा कार्य गर्न समेत समूह निर्माण गरिएको छ । मकवानपुरमा यस्ता स्वयमसेवकहरु १२ जना रहेको थापा मगरले बताइन् ।
परियोजना अन्तरगत सन् २०१९ देखि हालसम्म २३३ वटा समस्या आएको १६७ वटामा समस्यामा समाधान गरिएको परामर्शकर्ता बिकले बताइन् । यस अवधिमा २ करोड ५२ लाख ५७ हजार ४ सय रूपियां क्षतिपूर्तिको लागि सहजीकरण गरेको उनले बताइन् ।
वैदेशिक रोजगारको क्रममा बेपत्ता भएका २० जनाको खोजिको लागि आप्रवासी स्रोत केन्द्रमा सहयोगको माग भएकोमा ११ जनालाई सम्पर्कमा ल्याउन सफल भएको उनले बताइन् ।
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा पहिलो पटक प्रदेश स्तरीय महिला उद्यमी सम्मेलन तथा उपज प्रदर्शनी (मेला) हुने भएको छ ।
बागमती प्रदेश सरकार उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयको आयोजना तथा नेपाल घरेलु तथा साना उद्योग महासंघ बागमती प्रदेश समिति तथा प्रदेश महिला उद्यमी समितिको समन्वयमा कार्यक्रम हुने भएको हो ।
आगमी असार १३ र १४ गते हेटौंडाको रोयल पार्टी प्यालेसमा महिलाले उत्पादन गरेको सबै प्रकारको उपजहरुलाई प्रदर्शनीमा राखिने नेपाल घरेलु तथा साना उद्योग महासंघ बागमती प्रदेश समिति कार्यवाहक अध्यक्ष तथा प्रदर्शनी कार्यक्रमका संयोजक तारानाथ चौलागाईले बताए ।
चौलागाईका अनुसार प्रदर्शनीमा कम्तिमा ५० वटा स्टलहरुमा महिलाले उत्पादन गरेको उपजहरु राखिने छ । सम्मेलनमा सहभागीका रुपमा प्रदेशको १३ वटै जिल्लाबाट ७८ जना महिला उद्यामी प्रतिनिधिहरु, ३२ जना प्रदेश समिति तथा स्थानीय महिला उद्यमीहरु र २० जना आमन्त्रित महिला उद्यमीहरु रहने चौलागाईंले बताए ।
यसैगरी १३ जिल्लामा ३९ जना उद्यमीहरु उपज प्रदर्शनीमा सहभागी हुनेछन् । उनीहरुलाई उपज प्रदर्शनीको लागि निशुल्क स्टल उपलब्ध गराइने छ भने बस्ने र खाने व्यवस्था समेत आयोजकले नै व्यहोर्ने छ ।
प्रदर्शनीसँगै व्यवसयीक कार्याशाला समेत हुनेछ । कार्यशालामा विज्ञको कार्यपत्र प्रस्तुती हुनेछ । कार्यपत्रबाट कसरी व्यवसाय गर्ने भन्ने बारे शिक्षा समेत प्राप्त गर्न सकिने आयोजकले जनाएको छ । बिज्ञसंग व्यवसायीक अवसर, चुनौती बारे छलफल र जानकारी हुने, आपसी सम्पर्क बढ्ने हुँदा महिलाको लागि यो अवसर हुने संघको मकवानपुर जिल्ला महासचिव कुमार पौडेलले बताए ।
प्रदर्शनीमा ३० लाख खर्च अनुमान गरिएको संयोजक चौलागाईंले बताए । चादिको सामग्रीदेखि डलकुशनसम्मको प्रदेशनी रहने उनले बताए । प्रदर्शनी आम्दानीभन्दा महिलाहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको निर्देशनालयले जनाएको छ ।
प्रदर्शनीबाट उद्यमी महिलाहरुसँगै सम्बन्धित जिल्लाको पहिचान बढ्ने र उद्यमी महिलाहरुलाई आपसी परिचय र छलफलले व्यवसायमा सफलता हासिल गर्न बल पुग्ने नेपाल घरेलु तथा साना उद्योग संघ मकवानपुर ज़िल्ला महिला उद्यमी समिति सभापति सन्तोषी बानियाँले बताइन् ।
“यो प्रदर्शनीले महिलालाई सहयोग गर्नेछ, दुर्गमका महिलालाई मेला अवसर बन्नेछ” बानियाँले भनिन् “महिलाहरुले घरैमा बसेर बनाएका अचार, दालमोठ, ऊनबाट बनेको मौसमी पोशाकहरु, हस्तकलाको सामानको बजार प्रवद्र्धनमा मेला मौका बन्ने छ ।” महिलाहरुले विभिन्न तालिम लिएर क्षमतावान बनेको भए पनि बिक्री वितरण हुन नसक्दा निराशा हुनु परेको अवस्थाबाट लयस्तो मेलाले माथि उठाउन पहल पुग्ने उनले बताइन् ।
आयोजकले शुक्रबार पत्रकार सम्मेलन गरेर प्रदर्शनीबारे जानकारी गराएको हो ।
मकवानपुर । नेकपा एमाले मकवानपुरले हेटौंडा उपमहानगरपालिकाको एघारौ नगर सभा स्थगित गर्नुको कारण र आफ्नो धारण स्पष्ट पारेको छ । यता नगरपालिकाले पनि पालिकाको धारण स्पष्ट सार्वजनिक गरेको छ ।
नगर प्रमुख मिनाकुमारी लामाले नगरसभा स्थगित गरेको केही बेरमा पत्रकार सम्मेलन गर्दै एमालले आफ्नो धारण सार्वजनिक गरेको हो । हेटौंडामा नगर प्रमुख र उपप्रमुखले हठ र घमण्ड गरि बैठक स्थगित गरेको पार्टीको आरोप छ । यस प्रति एमालेका कार्यपालिका सदस्यहरुको बिरोध जनाएका छन् ।
नेकपा एमाले हेटौँडा उपमहानगरपालिका दलले आफ्ना पार्टीका बहुमत नगरसभा सदस्यहरुलाई कुनै वास्तानै नगरि एकलौटी ढंगले बजेट ल्याएकोमा बिरोध गरेको दाबि गरेको छ । पटक पटकको छलफलमा मेयर र उपमेयरले आफ्ना हठ नत्यागेकाले सहमती जुट्न नसकेको एमालेका कार्यपालिका सदस्यहरुले बताएका छन् ।

एमाले उपमहानगरपालिका दलका नेता तथा वडा अध्यक्ष नवीन सिग्देलले हेटौँडा उपमहानगरपालिकाको यस कार्यकालको प्रथम नगर सभामा नगर प्रमुखले हठ र घमण्ड गरि बैठक स्थगित गरेको प्रति बहुमत कार्यपालिका सदस्यहरुको गम्भीर ध्यानकर्षण भएको बताए ।
मेयर र उपमेयरले एकलौटी ढंगले नीति, कार्यक्रम र बजेट निर्माण गरेको र विषयगत समिति नबनाई, कुनै पनि कार्यपालिका सदस्यहरुलाई सहभागी नगराई बजेटसभामा ल्याएकोमा बिरोध गरिएको सिग्देलले बताए ।
विधि सम्मत छलफल नगर्नु, नगर कार्यपालिका बैठकले पारित गरि नगरसभामा पेश गर्नुपर्नेमा नगर प्रमुख र उपप्रमुखले मनोमानी, एकलौटी र असम्बन्धित व्यक्तिहरुको संलग्नतामा बजेट तयार गरि सिधै नगरसभामा प्रस्तुत गर्ने तयारीलाई सच्चाउनु पर्ने माग राखिएको हेटौंडा–१५ का वडा अध्यक्ष सुनिल मुक्तानले बताए ।
नगरसभालाई सरल र सहज ढंगबाट सञ्चालन गर्नको लागि मकवानपुरमा क्रियाशिल दलहरुका नेताहरु समेत बीचको सहमतिलाई नगर प्रमुखले अटेर गरि नगरसभा स्थगित गर्नु सबैको लागि दुःखद् विषय बनेको र यस्तो गैर जिम्मेवारपूर्ण भएको उनले बताए ।
आवश्यक छलफल र गृहकार्य विना नगरबासीको बृहत्तर हित विपरित निर्वाचन ताका कै गठबन्धनको धङ्धगीबाट मुक्त हुनुपर्ने, नगर प्रमुखले सबैको र साझा चरित्र देखाउन पर्ने, स्थानीय सरकार सञ्चालन ऐनको मर्म र भावना विपरित र बाझिएका निमावली र कार्यविधि संसोधनको लागि नगरसभाका बहुमत सदस्यहरू ५४ जनाको हस्ताक्षरसहित पेश गरेको संसोधन प्रस्तावको दर्ता गर्नुपर्ने र नगर प्रमुख असंबैधानिक, अलोकतान्त्रिक र असहिष्णु प्रवृत्तिबाट मुक्त हुनुपर्ने माग राखिएको हेटौंडा–१९ का वडा अध्यक्ष नरनाथ सुवेदीले बताए ।
नेपाली काँग्रेसका सभापति बुद्व लामा तथा नेकपा एमालेका अध्यक्ष एकालाल श्रेष्ठ तथा अन्य पार्टीका प्रमुखहरूसहित संसोधन प्रस्ताव नगर प्रमुखद्धारा नगरसभामा सम्बोधन गर्ने प्रतिबद्वता व्यक्त गर्ने र अन्य विषय सहमतिको आधारमा अगाडि बढ्ने सर्वदलीय सहमति समेत नगर प्रमुखले अटेर गरि आफूलाई जनताको सेवक नभई निरंकुश शासकको रुपमा प्रस्तुत भई नगरसभा आकस्मात स्थगित गर्नु अनुचित रहेको हेटौंडा–४ का वडा अध्यक्ष समेत रहनु भएका नविन सिग्देलले बताए ।
यता हेटौंडा उपमहानगरपालिकाका प्रवक्ता सबिन न्यौपानेले भने एमालेका कार्यपालिकाका सदस्यहरुको हठका कारण नगरसभा स्थगित गर्नुपरेको बताएका छन् ।
उपमहानगरपालिकामा पत्रकार सम्मेलन गर्दै उनले गणपुरक संख्या नपुग्दा नगरसभा स्थगित गर्नुपरेको बताए । “एमालेमा बहुमतको दम्ब देखियो” उनले भने “जनताको कामै प्रभावित हुने गरी विरोध जनाउनु राम्रो हैन ।”
