कर छली गर्ने ८ वटा ट्रक नियन्त्रणमा
Tags: No Comments
मकवानपुर । मकवानपुर प्रहरीले हेटौडाबाट ढुवानी कर छली गर्ने ८ वटा ट्रकलाई नियन्त्रणमा लिएकाे छ । हेटौडा उपमहानगरपालिका १५ रातोमाटेबाट माघ ५ गते राती ७ वटा र माघ ६ गते बिहान १ वटा ढुवानी कर छली गरी मल बाेकेकाे ट्रक प्रहरीले नियन्त्रणमा लिएकाे छ ।
हटौडा १५ स्थित पूर्वपश्चिम सडक खण्डमा बिरगंज तर्फबाट भैरहवा तर्फ जादै गरेका ना.६ ख.५२०४, बा.प्र.०३-००१ख.०९५२, ना.६ ख.३७३०, प्र.२-०३-००१ ख.६९७७, लु.१ख.९५६९, ना.६ ख.३७२५, बा.प्र.०३-००१ ख.०९५४ नम्बरकाे ट्रकलाई माघ ५ गते नियन्त्रणमा लिइएकाे प्रहरीले जनाएकाे छ । यस्तै प्रहरीका अनुसार ना.६ ख ९७८६ नम्बरको ट्रकलाई माघ ६ गते बिहान हेटौडा १५ राताेमाटेबाटै नियन्त्रणमा लिइएकाे हाे ।
ट्रकहरुमा ढुवानी कर छली मल ल्याउदै छ भन्ने सूचनाका आधारमा प्रहरी चौकी राेतोमाटेबाट खटिएको प्रहरी टोलीले उक्त ट्रकहरुलाई ३ हजार ६८० बोरा मलसहित नियन्त्रणमा लिइएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ । नियन्त्रणमा लिइएकाे ट्रकलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि आइतबार राजश्व अनुसन्धान कार्यालय पथलैया पठाइएकाे मकवानपुर प्रहरीले जानाकारी दिएकाे छ ।
मकवानपुर । मकवानपुरको हेटौंडाबाट २ नाबालकसहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिइएकाे छ । हेटौडा उपमहानगरपालिका वडा नं.१५ रातोमाटेबाट लागुऔषध सहित ४ जनालाई नियन्त्रणमा लिइएकाे हाे ।
बागमती प्रदेश कार्यालय हेटौडाका अनुसार नियन्त्रणमा लिइएकाहरुमा भारत छोटीपट्टी गाउँ ८ बस्ने ३० बर्षीय मनोज चौधरी र जुडापकडी बस्ने १९ बर्षीय संजिब कुमार तथा १६ बर्षीय र १४ बर्षीय बालक रहेका छन् । काठमाडौं तर्फबाट बिरगंजतर्फ जादै गरेको पिबी १० सि ००१०९ नम्बरको ईन्डियन गाडीलाई पूर्वपश्चिम राजमार्ग अन्तर्गत राताेमाटेमा चेकजाँच गर्दा उनीहरुकाे साथबाट डाईजेपाम ७ एम्पुल, फेनारगन १७ एम्पुल, नुर्फिन–४ एम्पुल फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
गाडीको सिटको कभरको भित्री भागमा लुकाएर राखेको अवस्थामा उक्त लागुऔषध बरामद भएपछि गाडीमा सवार चारै जनालाई नियन्त्रणमा लिइएकाे प्रहरीले जनाएको छ । लागुऔषधसहित नियन्त्रणमा लिइएका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले अनुसन्धान गरिरहेकाे प्रदेश प्रहरीले जनाएकाे छ ।
मकवानपुर । मकवानपुर प्रहरीले पेस्ताेलसहित २ जनालाई नियन्त्रणमा लिएकाे छ । हेटौडा उपमहानगरपालिका १५ राताेमाटेबाट हिमाली नगरपालिका १ बाजुरा बस्ने ३१ वर्षीय देव बहादुर थापा तथा कावासोती नगरपालिका ५ नवलपरासी बस्ने ५७ वर्षीय विर बहादुर थापा मगरलाई पेस्तोलसहित नियन्त्रणमा लिइएकाे प्रहरीले जनाएकाे छ ।
शुक्रबार चितवनबाट काकडभिट्टातर्फ जादै गरेको मे.१ ख.२५३७ नम्बरको बसलाई हेटौडा १५ स्थित पूर्व पश्चिम सडक खण्डमा जाँच गर्ने क्रममा बसमा सवार देव बहादुरले बोकेको झोला भित्र पेस्तोल -१ थान, गोली थान-१, दुई वटा प्लास्टिकमा सेतो कलरको पाउडर जस्तो देखिने धुलो पदार्थ २ किलो ७ सय ग्राम फेलापरेकाे मकवानपुर प्रहरी प्रवक्ता डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए ।
विर बहादुर, देवबहादुरसँगै यात्रा गरिरहेकाले पेस्ताेल तथा उक्त सामग्रीसहित दुबैजनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।
मकवानपुर । मकवानपुर प्रहरीले लागुऔषधसहित २ जनालाई नियन्त्रणमा लिएकाे छ । शुक्रबार हेटौडा १५ राताेमाटेबाट उनीहरुलाई नियन्त्रणमा लिइएकाे हाे ।
हेटौडा १५ रातोमाटेस्थित पूर्व पश्चिम सडक खण्डमा प्रहरी चौकी रातोमाटेबाट खटिएको टोलीले बिरगंजबाट हेटौडा तर्फ जादै गरेको बा.प्र.०१ -००१ ख ५८६८ नम्बरको ईलोक्ट्रोनिक गाडी जाँच गर्दा व्यास नगरपालिका ६ बस्ने ३२ वर्षीय बम बहादुर विक तथा देवचुली नगरपालिका ७ नवलपरासी बस्ने ३० वर्षीय अर्जुन विकलाई नियन्त्रणमा लिइएकाे मकवानपुर प्रहरीले जनाएकाे छ ।
बम बहादुरले दुबै खुट्टाको घुडा मुनि र तिघ्रामा टेपले बेरेर लुकाई छिपाई राखेको अवस्थामा लागुऔषध डाईजेपाम -२५ एम्पुल, फेनारगन -२५ एम्पुल, नुफिन-२५ एम्पुल तथा अर्जुनले कम्मरको भागमा लुकाई छुपाई राखेको अवस्थामा डाईजामाप – ६ एम्पुल, फेनारगन-६ एम्पुल, नुफिन-६ एम्पुल फेला पारी लागुऔषधसहित दुबै जनालाई नियन्त्रण लिइएकाे मकवानपुर प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिए ।
मकवानपुर । हत्या गरी फरार रहेकाे आराेप लागेका २ जनालाई मकवानपुर प्रहरीले १७ वर्षपछि पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मकवानपुर जिल्ला थाहा नगरपालिका–१२ स्थित गैरीगाउँका ४५ वर्षीय राम चन्द्र स्याङ्तन र ५० वर्षीय कालु गोले रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मकवानपुर प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीका अनुसार आइतबार दुबै जनालाई घरबाटै पक्राउ गरेको हो । पक्राउ परेका स्याङ्तन र गोलेले २०६३ साल जेठ १९ गते थाहा–१२ स्थित गैरीगाउँका ७२ वर्षीय सानो लाहुरे तामाङलाई कुटपिट गरी हत्या गरेको ठहर अदालतले गरेकाे छ ।
उनीहरुलाई कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत मकवानपुरले २०६७ साल असोज ८ गते २० वर्षको कैद सजाय तोकेको थियो । जिल्ला अदालतबाट कैद तथा जरिवाना ठहर भएर फरार रहेका उनीहरुलाई इलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरी टोलीले आइतबार घरबाटै पक्राउ गरेको भण्डारीले जानकारी दिए ।
पक्राउ परेको दुबैजनालाई जिल्ला अदालत मकवानपुरमा आइतबार नै उपस्थित गराएको प्रहरीले जनाएको छ ।