मकवानपुर । मकवानपुर प्रहरीले हेटौडाबाट ढुवानी कर छली गर्ने ८ वटा ट्रकलाई नियन्त्रणमा लिएकाे छ । हेटौडा उपमहानगरपालिका १५ रातोमाटेबाट माघ ५ गते राती ७ वटा र माघ ६ गते बिहान १ वटा ढुवानी कर छली गरी मल बाेकेकाे ट्रक प्रहरीले नियन्त्रणमा लिएकाे छ ।
हटौडा १५ स्थित पूर्वपश्चिम सडक खण्डमा बिरगंज तर्फबाट भैरहवा तर्फ जादै गरेका ना.६ ख.५२०४, बा.प्र.०३-००१ख.०९५२, ना.६ ख.३७३०, प्र.२-०३-००१ ख.६९७७, लु.१ख.९५६९, ना.६ ख.३७२५, बा.प्र.०३-००१ ख.०९५४ नम्बरकाे ट्रकलाई माघ ५ गते नियन्त्रणमा लिइएकाे प्रहरीले जनाएकाे छ । यस्तै प्रहरीका अनुसार ना.६ ख ९७८६ नम्बरको ट्रकलाई माघ ६ गते बिहान हेटौडा १५ राताेमाटेबाटै नियन्त्रणमा लिइएकाे हाे ।
ट्रकहरुमा ढुवानी कर छली मल ल्याउदै छ भन्ने सूचनाका आधारमा प्रहरी चौकी राेतोमाटेबाट खटिएको प्रहरी टोलीले उक्त ट्रकहरुलाई ३ हजार ६८० बोरा मलसहित नियन्त्रणमा लिइएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ । नियन्त्रणमा लिइएकाे ट्रकलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि आइतबार राजश्व अनुसन्धान कार्यालय पथलैया पठाइएकाे मकवानपुर प्रहरीले जानाकारी दिएकाे छ ।

