मकवानपुर । मकवानपुर प्रहरीले पेस्ताेलसहित २ जनालाई नियन्त्रणमा लिएकाे छ । हेटौडा उपमहानगरपालिका १५ राताेमाटेबाट हिमाली नगरपालिका १ बाजुरा बस्ने ३१ वर्षीय देव बहादुर थापा तथा कावासोती नगरपालिका ५ नवलपरासी बस्ने ५७ वर्षीय विर बहादुर थापा मगरलाई पेस्तोलसहित नियन्त्रणमा लिइएकाे प्रहरीले जनाएकाे छ ।
शुक्रबार चितवनबाट काकडभिट्टातर्फ जादै गरेको मे.१ ख.२५३७ नम्बरको बसलाई हेटौडा १५ स्थित पूर्व पश्चिम सडक खण्डमा जाँच गर्ने क्रममा बसमा सवार देव बहादुरले बोकेको झोला भित्र पेस्तोल -१ थान, गोली थान-१, दुई वटा प्लास्टिकमा सेतो कलरको पाउडर जस्तो देखिने धुलो पदार्थ २ किलो ७ सय ग्राम फेलापरेकाे मकवानपुर प्रहरी प्रवक्ता डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए ।
विर बहादुर, देवबहादुरसँगै यात्रा गरिरहेकाले पेस्ताेल तथा उक्त सामग्रीसहित दुबैजनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

