मकवानपुर । पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा-९ पशुपतिनगरमा ग्यास बुलेटको ठक्करबाट मोटरसाइकल चालक र सवार १ गरी २ जनाको मृत्यु भएको छ।
केहिबेर अघि हेटौंडा आउदै गरेको भारतीय एन एल ०१ एल २९७१ नम्बरको ग्यास बुलेटले विपरीत दिशाबाट आउदै गरेको ना ६१ प ४५९७ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकलमा रहेका हेटौंडा-९ का ५५ बर्षीय इश्वर तामाङ्ग र २६ बर्षिया अमिना तामाङ्गको मृत्यु भएको हो।
दुर्घटनामा घाइते भएका दुबैलाई उपचारको क्रममा हेटौंडा अस्पतालमा ल्याईएकोमा अस्पतालले मृत्यु घोषणा गरेको मकवानपुर प्रहरीले जनाएको छ।
मकवानपुर । नारी सिप सिर्जना केन्द्र मकवानपुरले मानव बेचविखन रोकथामबारे सञ्चारकर्मीसँग अन्तरक्रिया कार्यक्रम गरेको छ ।
मकवानपुरमा मानब बेचविखन रोकथाम तथा सुरक्षित स्थागमन प्रबर्द्धन परियोजना अन्तरगत आज संचारकर्मीहरुसंग अन्तरक्रिया कार्यक्रम गरिएको हो । बनेका ऐन कानूनको प्रभावकारी कार्यान्वन नहुँदा बेचविखनको अवस्था परिवर्तन भएको र यसले झनै जटिल समस्या खडा गरेको सहभागीहरुले बताएका थिए । कार्यक्रममा अधिवक्ता मुकुन्द अधिकारीले श्रम, वैदेशिक रोजगारलगायतको बाहानामा बेचविखन जारी रहेको बताए ।
कार्यक्रम नारी सीप सृजना केन्द्र मकवानपुरका बोर्ड सदस्य दुर्गा नेपालको अध्यक्षतामा भएको थियो । गैरसरकारी संस्थाहरुले चालेको विभिन्न सचेतनामुलक कार्यक्रमले प्राप्त उपलब्धि तथा चुनौतीबारे अधिवक्ता अधिकारीले सहजीकरण गरेका थिए ।
कार्यक्रममा केन्द्रका कार्यकारी निर्देशक चिरन्जीबी पौडेल, फिल्ड संयोजक गिता अर्याल, परियोजना संयोजक ज्योती बम्जनलगायतकाले आमसञ्चारसँगको सहकार्यले मानब बेचविखन रोकथाम तथा सुरक्षित स्थागमन प्रबर्द्धनको लागि सहयोग पुग्ने बताए ।
मकवानपुर । मकवानपुर जिल्लाको बागमती गाउँपालिकामा बिद्युतीय पोल ढल्दा गाउँभरको बिजुली अवरुद्ध भएको छ ।
हिजो दिउँसो र रातको झरी र हावाहुरीको कारण बागमती गाउँपालिका वडा नम्बर ८ धमिनथान देखि वडा नम्बर ७ पाथिभारासम्मको ११ वटा विजुलिको सिमेन्टका पोल ढलेको थियो । पोल ढलेपछि उक्त गाउँपालिकाको ८ फारवारी बाहेकको सबै क्षेत्रमा बिद्युतीय सेवा अवरुद्ध भएको छ । ” गए रातीबाटै बत्ति छैन,मोबाईल चार्ज गर्न नपाएपछि सन्चार सेवा समेत अवरुद्ध भएको छ” फापरबारीबाट नारन दाहालले भने ।
ढलेका पोल पुननिर्माण गर्न करिव ३ दिन लाग्ने जानकारी प्राप्त भएको बागमती गाउँपालिकाको सूचना केन्द्रले जनाएको छ ।
चितवन । चितवनमा मंगलबार साँझ भएको सवारी दुर्घटनामा १ जनाको मृत्यु भएको छ। साँझ करिब पौने ७ बजेको समयमा पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका वडा नं. ४, रमाइलो डाँडामा कारसँग मोटरसाइकल र ट्याङ्कर ठोक्किँदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा गोरखाको शहीद लखन गाउँपालिका वडा नं. ४ का २३ वर्षीय सन्तोष चेपाङको रहेका चितवन प्रहरीले जनाएको छ।
मुग्लिनतर्फ आउँदै गरेको प्रदेश ३-०१-०२३ च ५०७४ नं.को कारलाई सोही दिशाबाट आउँदै गरेको बा ७५ प ६११६ नं.को मोटरसाइकलले ओभरटेक गर्ने क्रममा कारको पछाडीपट्टिको साइड लाइटमा ठक्कर खाई विपरीत दिशाबाट आउँदै गरेको ना ७ ख १३७१ नं.को तेल ट्याङ्करसँग ठोक्किँदा मोटरसाइकल चालक चेपाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए।
दुर्घटनापछि स्थानीयले सडक अवरुद्ध गरेका थिए। दुर्घटनापछि तनावग्रस्त बनेको राजमार्ग बेलुकी करिब ९ बजेबाट पूर्णरुपमा खुलेको चितवन प्रहरीले जनाएको छ। ठक्कर दिने ट्याङ्कर, ट्याङ्करका चालक, कार र कारका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। मृतक चेपाङको शव भने पोस्टमार्टमको लागि भरतपुर अस्पताल ल्याइएको प्रहरीले जनाएको छ।
मकवानपुर । मकवानपुरको हेटौंडा राप्तीरोडबाट प्रहरीले ५० किलो ४ सय ग्राम लागूऔषध गाँजा र अटो सहित १ जनालाई पक्राउ गरेको छ ।
प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१ राप्तीरोड बाट गाँजा सहित एक जनालाई पक्राउ गरेको हो । हेटौंडा ३ नेवारपानीबाट हेटौडा तर्फ आउंदै गरेको ना २ ह १५०८ नम्बरको अटोलाई जांच गर्दा उक्त अटोमा लुकाई ल्याएको लागु औषध गांजा ५० किलो ४ सय ग्राम फेला पारिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक टेक बहादुर कार्कीले बताए।
गाँजा संगै अटो चालक भारत बिहार सितामढी जिल्ला ग्राम पञ्चायत नोचा वडा नम्बर–१० थाना बेला घर भई हाल महोत्तरी जिल्लाको औरही नगरपालिका वडा नम्बर– ७ सोनामाई बस्ने ३७ वर्षिय राजेश चौधरीलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भई रहेको उनले बताए ।