मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषध गाँजासहित ३ जना नियन्त्रणमा लिएको छ ।
प्रहरी चौकी भैंसेबाट खटिएको प्रहरी टोलीले भीमफेदी–२ मा सवारीसाधन चेकजाँच गर्ने क्रममा चुनियाँतर्फबाट हेटौंडा बजार आउँदै गरेको बा.प्र.०३–००१ ह १४९१ नम्बरको अटोसहित उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
अटो चालक हेटौंडा–८, कमानेका ४५ को सूर्य विश्वकर्मा, मनहरी–९ का २९ वर्षीय होमलाल मोक्तान र बैतडी रिम गाउँपालिका–६ बस्ने ३० वर्षीय कृष्णदत्त जोशीलाई ५ किलो ३ सय ग्राम गाजा सहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
भैसे प्रहरीले अटो रोक्न खोज्दा नरोकी भागेपछि प्रहरी चौकी चौकीटोलको समन्वयमा मकवानपुर गढी गाउँपालिका–४ स्थित सामरी पुल नजिकै उनीहरुलाई फेला पारी विश्वकर्मा मोक्तान र जोशीलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार गाजा सहित नियन्त्रणमा लिइएका उनीहरुलाई मकवानपुर जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरी थप अनुसन्धान भैरहेको छ ।
हेटौंडामा फेरी बाघले चौपाय खायो, एक महिला घाइते
Tags: No Comments
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर १८ मा एक महिला बाघको आक्रमण परि घाइते भएकी छिन् ।
हेटौंडाको मुख्य बजारबाट झण्डै १६ किलोमिटर दक्षिण पूर्वमा पर्ने सुकौरा भन्ने स्थानमा बाघको आक्रमणको कारण मंगलबारदेखि स्थानीयहरु त्रसित छन् । आज बाघको आक्रमणबाट स्थानीय ५६ वर्षिया मैती बयलकोटी घाइते भएकी छिन् ।
हेटौंडा १८ हर्नामाडीस्थित मानेडाँडा बस्ने बयलकोटी घाँस काट्न जानेक्रममा सुकौरामा बाघको आक्रमणमा परेको प्रहरीले जनाएको छ । आज अपरान्ह ४ बजे घाँस काट्न जाँदै गर्दा सुकौरा भन्ने स्थानमा उनलाई बाघले आक्रमण गरेको थियो । उनको ढाड र अनुहारमा चोट लागेको प्रहरीले जनाएको छ । उनको हेटौंडा अस्पतालमा उपचार हुँदै गरेको ठुलोदमार प्रहरी चौकीका ईन्चार्ज अर्जुनप्रसाद देवकोटाले बताए ।
बाघले मंगलबार हेटौंडा १८ हर्नामाडीको गुम्बाडाँडामा स्थानीय हरिमाया मोक्तानको २ वटा बाख्रा खाएको थियो । बाघले आज पनि सोही स्थान राजु पहेंलीको एउटा बंगुर खाएको र अर्कोलाई घाइते बनाएर छाडेको छ ।
यो क्षेत्रमा एक महिना अघि पनि बाघको आक्रमणले दजनौं बाख्रा तथा अन्य चौपाय मारेपछि स्थानीय हैरान थिए । “महिनादिन बित्न नपाउँदै फेरी बाघको आक्रमण सुरु भयो, बालबच्चा र जोगाउने कसरी, चौपाय र आफैं बाच्न गाह्रो भयो” स्थानिय कोपिला परियारले भनिन् । सामुदायिक वन बाक्लो भएसँगै जंगली जनावरको भय हुनथालेको उनले बताइन् ।
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडा र संघीय राजधानी काठमाण्डौ जोड्ने सडक सञ्जाल जिर्ण भएको गुनासो आइरहेको बेला हेटौंडामा यसबारे पहिलो पटक सरोकारवालाहरुले चासो देखाएका छन् ।
संघीय संरचना अनुसार प्रदेशको राजधानी बनेपछि हेटौंडा र विशेषगरी काठमाण्डौ धेरै आवतजावत गर्नु पर्ने तर सडकको अवस्था नाजुक रहेकोबारे प्रदेश सभामै आवाज उठ्ने गरेको थियो । “मन्त्रीहरु हवाइमार्गबाट ओहोरदोहोर गर्ने, तर सांसद र अन्य सामान्य जनतालाई यात्रामा सदाको सास्ति हुने गरेको टिप्पणी आउने गरेपनि यसको सुनुवाई हालसम्म भएको थिएन ।
प्रदेश सरकारको पहिलो कार्यकाल सकिदासम्म दुई राजधानी जोड्ने बाटो नबनेकोमा आक्षेप खेप्दै आएका प्रदेश सरकारले पहिलो पटक सरोकारवालसँग यहाँको राजमार्गबारे चासो देखाएको हो । मंगलबार प्रदेशको राजधानी हेटौंडामा प्रदेश सरकारको मुख्यमन्त्री, मन्त्रीहरु, मुख्य सचिवलगायत सरोकारवालाहरुको उपस्थितीमा राजमार्गको अवस्था बारे अन्तरक्रिया गरिएको थियो ।
कार्यक्रममा हेटौंडा काठमाण्डौ जोड्ने ६ वटा राजमार्ग तथा वैकल्पिक मार्गबारे बहस गरिएको थियो । यातायात पुर्वाधार निर्देशनालयले स्तरोन्नती गर्दै आएको ११ किलोमिटरको भिमफेदी भैसे सडक खण्ड, पुर्वाधार विकास कार्यालय ललितपुरको कार्यान्वयनमा रहेको ७ दशमलव ५ किलोमिटरको हुमानेभञ्ज्याङ् फर्पिङ सडक खण्ड, प्रदेश राजधानी आयोजनाको कार्यान्वयनका रहेको ८ किलोमिटरको दक्षिणकाली छैमले सडक खण्ड र ११ किलोमिटरको छैमले सिस्नेरी सडक खण्ड बारे चर्चा गरीएको थियो ।
यसैगरी सम्झौताको चरणमा रहेको पुर्वाधार विकास कार्यालय ललितपुरको आयोजना कार्यान्वयन हुने ११ किलोमिटरको कुलेखानि फाखेल हुमाने भञ्ज्याङ सडक खण्ड, स्विकृत हुन बाकि रहेको बहुबर्षिय योजनाको ९ किलोमिटरको कुलेखानी ड्याम मार्खु भेडाफार्म चित्लाङ सडक खण्ड निर्माण, स्तरोन्नति बारे चर्चा भएको थियो ।
यि राजमार्ग तथा वैकल्पिक मार्गहरुमा सम्झौता बमोजिमको निर्धारित समायवधिमा निर्माण कार्य हुन नसकेको, घर तथा जग्गाको मुआब्जा कार्याविधिले निर्धारण गरेको रकम लिन अस्विकार गरी निर्माणमा बाधा सिर्जना भएको, बालुवा, गिट्टि, ग्राभेल जस्ता निर्माण सामाग्रीहरु स्थानिय निकाय तथा स्थानियबासीका कारण उठाउन नसक्ने अवस्था रहेको भन्दै यसको विकल्पको खोजि र समन्वयको पाटोमा चर्चा गरिएको थियो ।
आमामी असार मसान्तसम्म निर्माण समयावधि रहेको दक्षिणकाली छैमले सडक खण्डमा सबैभन्दा बढि समस्या रहेको सहभागीहरुले बताएका थिए । सडक सञ्जाललाई भरपर्दा बनाउनको लागि हेटौंडा भिमफेदि हुमाने फर्पिङ काठमाडौं सडक खण्डमा यातायात बन्द गरेर सडक निर्माण कार्य तत्काल सम्पन्न गर्ने निर्णय भएको छ ।
मकवानपुर जिल्लाको जिल्ला प्रशासन कार्यालयमा बागमति प्रदेशका मुख्यमन्त्रि शालिकराम जमर्कट्टेलको प्रमुख आतिथ्यतामा प्रदेश राजधानिबाट संघीय राजधानी काठमाण्डौ जोड्ने सडक निर्माण तथा स्तरोन्नतिको सम्बन्धमा सरोकारवाला निकायहरुसंग बैठक बसेको हो ।
प्रदेशको मुख्यमन्त्री जम्कट्टेलले सडककै कारण व्यक्तिको ज्यान जाने अवस्थाबाट माथि उठ्न जरुरी भएको बताए । अन्य क्षेत्रको विकासको लागि समेत सडक मेरुदण्ड रहेकोले यस्तो काममा ढीलासुस्ति कुनै पनि हालतमा प्रदेश सरकारलाई मान्य नहुने उनले बताए ।
बैठकमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका मन्त्री गंगा नारायण श्रेष्ठ, भौतिक पुर्वाधार विकास मन्त्रालयका मन्त्री युवराज दुलाल, श्रम, रोजगार तथा यातायात मन्त्रालयका मन्त्री एकालाल श्रेष्ठ, प्रदेशका मुख्य सचिव मुकुन्द निरौला, मकवानपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डेलगायतको उपस्थिति रहेको थियो ।
मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारकै साझा सवालको विषय रहेको सडक समस्यालाइ कोही एक व्यक्ति वा निकायले मात्रै समाधान गर्न नसकिने बताए । उनले सबै सरोकारवाल निकायसँग समन्वयात्मक ढंगले अघि बढ्नु पर्नेमा जोड दिए । यसैगरी मन्त्री युवराज दुलालले साझा प्रयत्नको माध्यमबाट समस्या समाधान गर्न निर्माणको अवधिमा एकभन्दाबढी मार्गबाट लागू हुने रुट परमिटको अवधि जारी राख्नु पर्ने बताए ।
स्थानिय तहदेखि हरेक तहसंग समन्वय गरेर अघि बढ्ने सकेमात्रै संघ र प्रदेशको राजधानी जोड्ने सडक स्तरीय बन्ने बताए । उनले राष्ट्र निर्माण नै साझा लक्ष्य रहेकोले निर्माणको क्रममा निर्माण पक्षलाइ स्थानिय तहसंग छलफल गरेर कार्यस्थल उपलब्ध गराउनु पर्ने बताए । सम्झौता अनुसारको काम समयमा निर्माण गर्नु पर्ने उनले बताए । “ काम गर्दा गर्दै नभ्याउनेको हकमा केही लचकता अपनाएपनि, काम सुरु गर्ने र वाहानाबाजी गर्नेलाई जरीवानालगायतको कारवाही गर्नुपर्ने उनले बताए ।
आफैं ठेकेदार आफैं मन्त्रि बनेर समयावधि मात्र थप्ने, पहुँचको आधारमा काम नगरी उल्ट हैकम देखाउने परिपाटी रहेको भन्दै उनले आक्रोश पोखे । सडक निर्माणका कार्यमा वर्षा लाग्नु अघि अधिकतम परिणाम देखाउनु पर्ने उनले बताए ।
मकवानपुर । मकवानपुर प्रहरीले १९ वर्षपछि फरार प्रतिवादीलाई पक्राउ गरेकाे छ । १९ वर्षअघि सवारी दुर्घटनाको मुद्दामा प्रतिवादी एक सवारी चालकलाई प्रहरीले पक्राउ गरेकाे हाे ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौंडा–३, लेवटमा २०६० साल जेठ २४ गते बस र ट्रक आपसमा ठोक्किएर दुर्घटना हुँदा ३ जनाको ज्यान गएको थियो । ना २ ख २९४६ नम्बरको ट्रक र बा १ ख ८२२० नम्बरको बस आपसमा ठोक्किएर दुर्घटना हुँदा बस चालक देविप्रसाद आचार्यसहित ३ जनाको मृत्यु भएको थियो ।
दुर्घटना पश्चात फरार रहेका ट्रक चालक साविक चुरियामाई गाविस–४, सानोसुकौली घर भई हाल मनहरी गाउँपालिका–९, ज्यामिरे बस्ने ४७ वर्षीय राजु लामालाई मनहरी–९, ज्यामिरेबाटै प्रहरीले माघ १४ गते पक्राउ गरेको जनाएको छ । पक्राउ परेका लामालाई मकवानपुर जिल्ला अदालतबाट ५ दिनको म्याद लिई अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मकवानपुर । मकवानपुर जिल्ला राक्सिराङ गाउंपालिका २ देउरालीमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ ।
गाउंपालिका २ को चनौटा निवासी अन्दाजी ५५ को माईला थिङ शनिबार दिउँसो ५ बजे भिरबाट खस्दा मृत्युु भएको प्रहरीले जनाएको छ । आफन्तको बिहेबाट घर फर्कदै थिङ भिरबाट अन्दाजी १५० मिटर तल खसी मृत्यु भएको प्रहरी सहायक निरीक्षक सिताराम सुबेदीले बताए ।
थप अनुसन्धान तथा मुचुल्काको लागी आज आइतबार मकवानपुर मनहरी इलाका प्रहरी घटना स्थल जाने छ । उक्त स्थान प्रहरी चौकी चैनपुर राक्सिराङबाट ३ घण्टा पैदल पुर्व उत्तर पर्छ ।