मकवानपुर । बागमती प्रदेश मन्त्रिपरिषद् मंगलबारकाे बैठकले दुई मन्त्रालयको संगठन संरचना तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) स्वीकृत गरेको छ ।
मन्त्रिपरिषद् बैठकले बागमती प्रदेश स्वास्थ्य मन्त्रालयको प्राविधिक तथा प्रशासनिक गरी १ हजार ६ सय ६९ जना कर्मचारीको संगठन संरचना स्विकृत गरेकाे छ । स्वास्थ्य मन्त्रालयकाे संगठन संरचना स्वीकृत भएसँगै अहिले संचालनमा रहेका प्रदेश अस्पतालहरूको समेत स्तरोन्नती गर्ने निर्णय बैठकले गरेको छ ।
यसैगरी बैठकले बागमती प्रदेशकाे राजाधानी हेटौंडामा रहेकाे मकवानपुर बहुमुखी क्याम्पसलाई प्रदेश सार्वजनिक विश्वविधालय बनाउने निर्णय गरिएको मुख्यमन्त्री जम्कट्टेलले जानकारी दिए । उनले भने हेटौंडामा सार्वजनिक विश्वविद्यालय स्थापनाको लागि प्रक्रिया अघि बढाउने निर्णय भएकाे छ उनले भने हेटौंडा २ स्थित मकवानपुर बहुमुखी क्याम्पसलाई प्रदेशको सार्वजनिक विश्वविद्यालय बनाउने गरी कार्य प्रारम्भ गर्नेछौ । प्रदेश उच्च शिक्षा परिषद्को निर्णयका आधारमा प्रदेश उच्च शिक्षा नियमावली २०७९ को नियम १० (२) बमोजिम सार्वजनिक विश्वविद्यालयकाे लागि कार्यदल गठन गरेर अघि बढिने उनकाे भनाई छ ।
विश्वविद्यालयका लागि आवश्यक क्षेत्र पहिचान गरी ऐनको मापदण्ड अनुसार अध्ययन गरी प्रतिवेदन तयार पारिने तथा सो प्रतिवेदन मन्त्रिपरिषदबाट स्वीकृत गरे पश्चात विश्वविद्यालय स्थापनाको अन्य प्रक्रिया अघि बढ्ने छ । केही दिन भित्र प्रदेश सरकार र मकवानपुर क्याम्पस सञ्चालक समिति बिच बैठक वसी अगाडी बढाउने तयारीमा रहेकाे मुख्यमन्त्री जम्कट्टेलले बताए । बिश्व बिद्यालय स्थापनाका लागि क्याम्पस सञ्चालक समितिसँग छदफल गरेर कार्यालय स्थापना गरिने समेत उनले जानकारी दिए ।
मकवानपुर । संघीय सरकारका अर्थमन्त्री एंव नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले देशमै अवसर रहेकाेले निर्धक्कसँग लगानी गर्नु पर्ने बताएका छन् । मङ्गलबार नेपाली कांग्रेस मकवानपुरको प्रथम जिल्ला सम्मेलन उद्घाटन गर्दै अर्थमन्त्री महतले भने ‘देशमा अवसरहरु धेरै भएकाे र व्याजदर समेत घट्दोक्रममा रहेकाेले निर्धक्कसँग लगानी गर्न आग्रह गरेका हुन्।’
‘राष्ट्रबैंकले व्याजदर घटाएको छ, शेयर मार्केट र जग्गाको कारोबारले गतिलिएकाे छ’ उनले भने ‘विदेशी रेमिट्यान्समा वृद्धि भइरहेको तथा पर्यटक बढ्दोक्रममा रहकाे छ ।’ कर नतिर्नेलाई करको दायरामा ल्याउने निर्णयसँगै बैंक र बीमा कम्पनीले कर तिर्न थालिसकेको बताउँदै उनले सरकारले लिने कर्जालाई अब उत्पादन र परिणाममुखी क्षेत्रमा लगानी गर्ने उद्घोष गरे । जलविद्युत, प्रविधिमैत्री कृषि, आइटी क्षेत्र, पर्यटन र सडकसञ्जालकाे विकासमा लगानी गर्नु पर्ने उनले बताए ।
वीत्त व्यवस्थाका अनुशासनहरु तोडिदा हामीले मौद्रित नीति ल्यायाैं । सहज वातावरण सिर्जना गरियो र देशको अर्थतन्त्र सुधारोन्मुख हुँदैछ मन्त्री महत भने । ‘सहज अवस्था सृजना भएपछि धेरै ऋण प्रवाह भयो तर कोभिडले आर्थिक गतिविधि गर्न नसक्ने अवस्था थियो’ उनले भने ‘ऋणजति शेयर मार्केट र जग्गामा लगानी गर्नुपर्ने अवस्थाले त्यसको प्रभावले अहिले समस्या उत्पन्न भएको हाे ।’

यसैगरी अर्थमन्त्री महतले कांग्रेसीहरुलाई दत्तचित्त भएर एकताका साथ पार्टीमा लाग्न आग्रह गरे । ‘हाम्रो ठुलो पार्टी हो, नयाँ पार्टी जस्तो कार्यकर्ता खोज्नुपर्ने अवस्था छैन, अवसर धेरै छन्, अहिले भएन भने अर्को पटक पाइन्छ त्यसैले आफ्नो जिम्मेवारीलाई पुरा गर्न आग्रह गर्दछु’ उनले भने। निर्वाचनकाे बेला मतक्रस भएकाे तर्फ संकेत गर्दै उनले पार्टीले उठाएको उम्मेदवारलाई जिताउन सबै लागे कांग्रेसले बहुमत ल्याउने बताए ।
एकताभाव, सद्भाव र एकीकृत भएर पार्टीलाई अझ मजवुत बनाउन लाग्नुपर्ने उनकाे भनाइ थियाे । कुनै दलसँग पनि बहुमत नभएकाले गठबन्धन गर्नुपरेको बताउँदै सहकार्य र सहमतिका बीच हामीले गठबन्धन गरेका हौं, मन्त्री महतले भने। पार्टीको तर्फबाट सरकारमा गएको हुँदा पहिलो प्राथमिकता जनता र देश त्यसपछि मात्र पार्टी र कार्यकर्ता रहेको उनले बताए ।
कांग्रेस जिल्ला सभापति बुद्ध लामाको सभाध्यक्षतामा भएको सम्मेलनमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य मदन बहादुर अमात्य, बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँ, नेता गुरुराज घिमिरे, चितवन सभापति राजेश्वर खनाल, ललितपुर सभापति जीतेन्द्र श्रेष्ठ लगायत नेताहरुको आतिथ्यता रहेको थियो ।
मकवानपुर । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले सुशासन, समृद्दी र सामाजिक न्यायकाे एजेन्डा सहित सरकार अघि बढिरहेकाे बताएका छन् ।
प्रेस सेन्टर नेपाल मकवानपुरले सोमबार हेटौंडामा गरेको पत्रकार भेटघाटमा बोल्दै उपमहासचिव पुनले उक्त कुरा बताएका हुन् । ‘प्रतिष्पर्धामा चलेको समय छ’ उनले भने ‘हरेक कुरामा प्रतिष्पर्धा नगरी कल्याणकारी राज्यकाे परिकल्पनाका साथ अघि बढ्नुपर्छ ।’
उनले सरकार गठन भएकाे पाैष १० गते एकबर्ष पुग्ने भएकोले समिक्षात्मक छलफल गर्न जरुरी रहेको बताए । पहिलो चौमासिकमा सरकारको काम सुस्त देखिनु स्वभाविक रहेको बताउदै उनले भने आगामी चौमासिकमा सरकारले गति लिनेछ ।
विश्वव्यापी आर्थिक मन्दिको बेला नेपाल अछुतो रहन नसक्ने भन्दै पुनले नेपाललाई श्रीलंका बन्न नदिन मुलुकलाई लयवद्ध अर्थतन्त्रमा पुन फर्कनेमा सरकार ढुक्क भएको बताए । ‘जग्गाकाे कित्ताकाट खुलेपछि पछिल्लाे समय आर्थिक क्रियाकलाप चलायमान हुन थालेको छ, अबकाे बजेट तथा नीतिमा मध्काललिन समस्यामा फाेकस गर्नु पर्छ’ उनले भने ।
<span;>एक अर्को प्रसङ्गमा उपमहासचिव पुनले<span;> २०६४ सालमा संविधान बनाउन नसकेर संसद विगठन गर्नुनै माओवादी पार्टी ओरालो लाग्नुको प्रमुख कारण भएको बताए । त्यसयता पार्टीमा आएको टुटफुटले समस्या निम्त्याएको बताउदै उनले माओवादी कमब्याकको चरणमा रहेको बताए । ‘हामीले संविधान बनाउन सकेनौ, सेटब्याक भो , त्यसपछि टुटफुट भो’ उनले भने, एक पटक झरेपछी कमब्याक गर्न समय लाग्छ, तर हामी उठछौ । नेकपा एमाले पार्टी २०५१ मा फुटेपछी पहिलो पार्टी बन्न १९ वर्ष लागेको बताउँदै पुनले माओवादी पनि त्यही लाइनमा रहेको बताए ।
जनतासँग माओवादी विशेष रूपान्तरण अभियान“ अन्तरगत नगरस्तरीय स्कुलिङ कार्यक्रममा प्रशिक्षण दिन पुन हेटौंडा आएका हुन् ।
प्रशिक्षण कार्यक्रममा उपमहासचिव अनन्तले कम्युनिष्ट आन्दोलनको इतिहास र कार्यदिशा, माओवादी केन्द्रका केन्दीय सदस्य एवं बागमती प्रदेश सरकारका मुख्यमन्त्रीको राजनीतिक सल्लाहकार डिपी ढकालले राजनीतिक अर्थशास्त्र, केन्द्रीय सदस्य एवं विद्यार्थी नेता लेखनाथ न्यौपानेले वैज्ञानीक समाजवाद, बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सरकारको काम र पार्टीको अन्तरसम्बन्ध बारे प्रशिक्षण दिएका छन् ।
नगरस्तरीय स्कुलिङ कार्यक्रममा नगर भित्रको जिल्ला समितिको सदस्य, नगर पार्टीको सम्पूर्ण पदाधिकारी तथा सदस्य, नगरको सम्पूर्ण सल्लाहकार, वडा समितिको पदाधिकारी सहित वडा सदस्य, जवस÷ मोर्चाको पदाधिकारीहरुको सहभागिता रहेको नेकपा (माओवादी केन्द्र) बागमती प्रदेश कमिटी सदस्य एवं हेटौंडा उपमहानगरपालिका समिति इन्चार्ज विवेक राईले जानकारी दिए ।
काठमाडौं। निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य पदकाे लागि हुने निर्वाचनमा भाग लिन दर्ता भएका १२ राजनीतिक दललाई चुनाव चिन्ह प्रदान गरेको छ। आइतबार बसेको आयोगको बैठकले १२ राजनीतिक दलहरूलाई चिन्ह प्रदान गरेको आयोगले जानकारी दिएको हो ।
नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, नेकपा (एकीकृत समाजवादी), नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल समाजवादी पार्टीले चुनाव चिन्ह प्राप्त गरेका हुन्।
गत मंशिर १५ गते निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनकाे तालिका सार्वजनिक गरेकाे थियाे । राष्ट्रियसभाका एक तिहाइ अर्थात १९ सदस्य चयनका लागि आगामी माघ ११ मा निर्वाचन हुँदैछ ।

काठमाडौं । नेपाली कांग्रेस बागमतीकाे पहिलो प्रदेश सम्मेलनको लागि पूर्ण बैठक बसेकाे छ । काँग्रेस बागमती प्रदेशको आगामी पुस ७ गते हुने सम्मेलनकाे तयारीको लागि आईतबार काठमाडौंमा कार्यसमितिको पूर्ण बैठक बसेकाे हाे ।
कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँको अध्यक्षतामा बसेको कार्यसमितिको आठौं पूर्ण बैठकले पुस ७ गते हुने पहिलो प्रदेश सम्मेलनको लागि हालसम्म भएकोे कार्य तथा आवश्यक तयारीकाे समिक्षा गरेको छ । बैठकले सम्मेलनमा प्रस्तुत गरिने राजनीतिक, सांगठानिक र आर्थिक प्रतिवेदन पास गरेकाे छ ।
यसैगरी कार्यसम्पादन समितिले हालसम्म गरेका निर्णयहरु अनुमोदन गरिएको कांग्रेस बागमती प्रदेशका प्रवक्ता तिलक रुवालीले जानकारी दिए । प्रवक्ता रुवालीका अनुसार यसअघि कार्यसम्पादन समिति बैठकले सम्मेलन सम्पन्न गर्नका लागि बनाईएको विभिन्न समितिका संयोजकहरुले अहिलेसम्म भएको कार्यप्रगति र गर्न बाँकी कार्यको बारेमा आ–आफ्नो धारणा राखेकोका थिए ।
काठमाडौ एक पार्टी प्यालेसमा पुस ७ गते हुने पहिलो प्रदेश सम्मेलनमा नेपाली कांग्रेसका केन्द्रीय सभापति शेरबहादुर देउवाको प्रमुख आतिथ्यता तथा केन्द्रीय पदाधिकारीहरु र सातै प्रदेशका प्रदेश सभापतिहरुको उपस्थितिमा रहने उनले जानकारी दिए ।