मकवानपुर । संघीय सरकारका अर्थमन्त्री एंव नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले देशमै अवसर रहेकाेले निर्धक्कसँग लगानी गर्नु पर्ने बताएका छन् । मङ्गलबार नेपाली कांग्रेस मकवानपुरको प्रथम जिल्ला सम्मेलन उद्घाटन गर्दै अर्थमन्त्री महतले भने ‘देशमा अवसरहरु धेरै भएकाे र व्याजदर समेत घट्दोक्रममा रहेकाेले निर्धक्कसँग लगानी गर्न आग्रह गरेका हुन्।’
‘राष्ट्रबैंकले व्याजदर घटाएको छ, शेयर मार्केट र जग्गाको कारोबारले गतिलिएकाे छ’ उनले भने ‘विदेशी रेमिट्यान्समा वृद्धि भइरहेको तथा पर्यटक बढ्दोक्रममा रहकाे छ ।’ कर नतिर्नेलाई करको दायरामा ल्याउने निर्णयसँगै बैंक र बीमा कम्पनीले कर तिर्न थालिसकेको बताउँदै उनले सरकारले लिने कर्जालाई अब उत्पादन र परिणाममुखी क्षेत्रमा लगानी गर्ने उद्घोष गरे । जलविद्युत, प्रविधिमैत्री कृषि, आइटी क्षेत्र, पर्यटन र सडकसञ्जालकाे विकासमा लगानी गर्नु पर्ने उनले बताए ।
वीत्त व्यवस्थाका अनुशासनहरु तोडिदा हामीले मौद्रित नीति ल्यायाैं । सहज वातावरण सिर्जना गरियो र देशको अर्थतन्त्र सुधारोन्मुख हुँदैछ मन्त्री महत भने । ‘सहज अवस्था सृजना भएपछि धेरै ऋण प्रवाह भयो तर कोभिडले आर्थिक गतिविधि गर्न नसक्ने अवस्था थियो’ उनले भने ‘ऋणजति शेयर मार्केट र जग्गामा लगानी गर्नुपर्ने अवस्थाले त्यसको प्रभावले अहिले समस्या उत्पन्न भएको हाे ।’

यसैगरी अर्थमन्त्री महतले कांग्रेसीहरुलाई दत्तचित्त भएर एकताका साथ पार्टीमा लाग्न आग्रह गरे । ‘हाम्रो ठुलो पार्टी हो, नयाँ पार्टी जस्तो कार्यकर्ता खोज्नुपर्ने अवस्था छैन, अवसर धेरै छन्, अहिले भएन भने अर्को पटक पाइन्छ त्यसैले आफ्नो जिम्मेवारीलाई पुरा गर्न आग्रह गर्दछु’ उनले भने। निर्वाचनकाे बेला मतक्रस भएकाे तर्फ संकेत गर्दै उनले पार्टीले उठाएको उम्मेदवारलाई जिताउन सबै लागे कांग्रेसले बहुमत ल्याउने बताए ।
एकताभाव, सद्भाव र एकीकृत भएर पार्टीलाई अझ मजवुत बनाउन लाग्नुपर्ने उनकाे भनाइ थियाे । कुनै दलसँग पनि बहुमत नभएकाले गठबन्धन गर्नुपरेको बताउँदै सहकार्य र सहमतिका बीच हामीले गठबन्धन गरेका हौं, मन्त्री महतले भने। पार्टीको तर्फबाट सरकारमा गएको हुँदा पहिलो प्राथमिकता जनता र देश त्यसपछि मात्र पार्टी र कार्यकर्ता रहेको उनले बताए ।
कांग्रेस जिल्ला सभापति बुद्ध लामाको सभाध्यक्षतामा भएको सम्मेलनमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य मदन बहादुर अमात्य, बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँ, नेता गुरुराज घिमिरे, चितवन सभापति राजेश्वर खनाल, ललितपुर सभापति जीतेन्द्र श्रेष्ठ लगायत नेताहरुको आतिथ्यता रहेको थियो ।

