मकवानपुर । मनहरी गाउँपालिका अध्यक्ष कप फुटबल प्रतियोगिताको फाइनलमा २ र ७ नम्बर वडाले स्थान बनाएका छन् । मंगलबार भएको सेमिफाइनल खेलबाट २ र ७ नम्बरले फाइनल भिडन्त पक्का गरेका हुन् ।
मंगलबार भएको पहिलो सेमिफाइनलमा २ नम्बर वडाले ६ नम्बर वडालाई ट्राइबेकरमा ५-३ ले पछि पार्दै फाइनल यात्रा तय गरेको हो । खेलको निर्धारित समय बराबरीमा सकिएपछि खेल ट्राइबेकरमा धकेलिएको थियो । निर्धारित समयकाे खेलमा दुवै वडाले १-१ काे बराबरी खेलेपछी खेल पेनाल्टी शुट आउटमा धकेलिएकाे थियो । २ नम्बरका गोलकिपर अशोक मोक्तान म्यान अफ दि म्याच भए ।
यसैगरी मंगलबार नै भएको ७ नम्बर वडा र ८ नम्बर वडा बिच भएकाे सेमिफाइनल खेलबाट ७ नम्बर वडा फाइनल प्रवेश गरेका छ । ८ नम्बर वडालाई १-० गोल अन्तरले पछि पार्दै ७ नम्बरले फाइनलमा २ नम्बरसंगको भेट पक्का गरेको छ । खेलको पहिलो हाफमै ७ नम्बर वडाको तर्फबाट रवि लोले गरे । उक्त गोल गोलनै ७ को लागि जीतका लागि निर्णायक गोल रह्यो ।
मंसिर ३० गते देखि मनहरी-७ रमौली स्थित क्षेत्रीय मदन भण्डारी रंगशालामा सुरु भएको चौथो अध्यक्ष कप फुटबल प्रतियोगिताको फाइनल तथा समापन पुस ५ गते हुनेछ । मनहरी गाउँपालिकाको सहयोग र मनहरी खेलकुद विकास समितिले आयोजना प्रतियोगिता भएको हो ।
प्रतियोगितामा प्रथम हुने टिमलाई नगद १ लाख रुपैयाँ र दोस्रो हुनेलाई नगद ५० हजार रुपैयाँसहित शिल्ड , मेडल र प्रमाणपत्र प्रदान गरिने छ । साथै विभिन्न विधामा उत्कृष्ट खेलाडी र राष्ट्रिय स्तरका खेलाडीलाई नगद सहित सम्मान गरिने आयोजकले जनाएको छ ।

