मकवानपुर । वेचविखन प्रभावितकाे सवालमा कार्य याेजना बनाएर काम गर्नकाे लागि यसक्षेत्रकाे तथ्याङ्क अध्यवधिक राख्न सराेकारवालाहरुले आग्रह गरेका छ्न । मकवानपुरकाे हेटौंडामा आज जिल्ला स्तरीय सरोकारवालाहरुसँग समिक्षात्मक अन्तरक्रिया कार्यक्रममा सराेकारवालाहरुले यस्ताे बताएका हुन् ।
भएकाे सुनिता फाउण्डेशनको आयोजनामा भएकाे कार्यक्रममा हेटाैडा उपमहानगरपालिका प्रमुख मिना कुमारी लामाले स्थानीय सरकारले काम गर्नकाे लागि तथ्याङक अनिवार्य भएकाेले गैससहरुले तथ्याङ्कमा ध्यान दिन आग्रह गरिन् ।
मानव बेचबिखनबाट प्रभावित पीडितहरुको पक्षमा विभिन्न कार्यक्रमहरु गर्दे आएको संस्था सुनिता फाउण्डेशनले हाम्रो सम्वृद्धि परियोजना अन्तरग समिक्षात्मक कार्यक्रम गरिएकाे थियाे । फाउण्डेशनकाे संस्थापक अध्यक्ष तथा प्रबन्ध निर्देशक सुनिता दनुवारले बेचबिखनमा परी प्रभावित भएका महिलाहरुको आर्थिक पुनर्मिलनकाे लागि जोड दिएकाे बताइन् । दाेहाेर्याएर बेचबिखनमा पर्ने संभावनालाई यस्ता कार्यक्रमले सहयाेग गर्ने उनले बताइन् । प्रभावितहरुलाई आयस्रोतका विभिन्न माध्यममा सहजीकरण गरेको संस्थाकाे प्रबन्ध निर्देशक दनुवारले बताइन् ।
बेचबिखन विरुद्वकाे कार्यक्रममा प्रदेश सरकारले गैससहरुसँग पनि सहकार्य गरेकाे र प्रदेश स्तरीय वेचविखन विरुद्वकाे नीति पास भएकाेमा बागमति प्रदेश सामाजिक विकास मन्त्रालयकी महिला विकास अधिकृत चन्दा व्यञ्जनकारले सराेकारवालाहरुलाई धन्यवाद दिइन् ।
कार्यक्रममा फाउण्डेशनकी परियोजना अधिकृत अनामिका खतिवडाले हाम्रो सम्वृद्धि परियोजाको प्रस्तुतिकरण गरेकी थिईन् । बेचबिखन प्रभावितहरुको आर्थिक पुर्नमिलन कार्यक्रम ४ वटा जिल्लामा सञ्चालन भएको खतिवडाले बताईन । सिन्धुपाल्चोक, नुवाकोट, काठमाडौं र मकवानपुरमा रहेको यस गैर सरकारी संस्थाको केन्द्रिय कार्यालय काठमाडौं हो ।
मानव बेचबिखन न्युनिकरणका लागि विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा सहकार्य तथा विभिन्न सञ्जालमा आवद्ध भएर कार्य गरिरहेको उनले बताईन ।संस्थाले बेचबिखनमा परेका महिलाहरुको आर्थिक विकासका लागि उनीहरुको चाहना अनुसार व्यवसायिक तालिमहरु दिनुका साथै व्युटिसियन र्काेस, कुखुरापालन, माछापालन, बाख्रापालन, जस्ता आर्थिकोपार्जनका पक्षमा सघाउ पुर्यएर उनीहरुको आर्थिक स्तर सुधार गर्न सघाउ गरेको खतिवडाले बताइन् ।
अन्र्तक्रिया कार्यक्रममा फाउण्डेशनकी अध्यक्ष तारा देवी खनाल, हेटौंडा उपमहानगरपालिका ४ का वडाअध्यक्ष नवीन सिग्देल, हेटौंडा– ११ कि वडाध्यक्ष जूना दाहाल, मकवानपुरगढी गाउँपालिका वडा ४ का वडाध्यक्ष अर्जुनप्रसाद तिमल्सिना गैसस जिल्ला शाखा मकवानपुरकी अध्यक्ष रमिला सापकोटालगाएतको उपस्थिति रहेको थियो ।

