मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र हेटौंडा उपमहानगरपालिका ५ नम्वर वडा कमिटीको अध्यक्षमा देवनारायण लामिछाने (भीमसेन) सर्वसम्मत रुपमा चयन भएका छन् । पार्टीको शनिवार सम्पन्न प्रथम वडा सम्मेलनले भीमसेनको नेतृत्वमा ३५ सदस्यीय वडा कमिटी निर्माण गरेको हो ।
कमिटीको उपाध्यक्षमा रोजिता लम्साल, सचिवमा रिता आचार्य, सह–सचिवमा विकास अधिकारी र कोषाध्यक्षमा कृष्णप्रसाद गौतम चयन भएका छन् । ध्रुव देवकोटा, बालकृष्ण पुडासैनी, भरत पराजुलीलगायत सदस्य चुनिएका छन् ।
२०५२/५३ सालदेखि नै कम्युनिष्ट विचार बोकेर विद्यार्थी राजनीतिमा सक्रिय रहँदै आएका भीमसेन पछिल्लो समय यातायात व्यवसायीको रुपमा परिचित छन् । उनले अखिल नेपाल यातायात मजदुर संगठनको जिल्ला सचिवको जिम्मेवारीसमेत कुशलतापूर्वक सम्हालिसकेका छन् । बागमती प्रदेश सामाजिक विकासमन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा माओवादीका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
मकवानपुर । नेपाली कांग्रेस मकवानपुरले ४ वटै प्रदेश निर्वाचन क्षेत्रमा मंशिर ३ गते शुक्रबार प्रदेश अधिवेशन गरेको छ । अधिवेशनले प्रदेशका ४ वटै क्षेत्रमा नयाँ नेतृत्व चयन गरेको छ । केही पदमा सहमतिबाटै नेतृत्व चुनिएका छन् भने केहीमा निर्वाचन गरिएको कांग्रेस मकवानपुरले जनाएको छ ।
प्रतिनिधिसभा क्षेत्र नम्वर १ को प्रदेशसभा (क) मा सभापति पदमा जिल्ला सुशान्तकुमार श्रेष्ठ निर्विरोध चयन भएका छन् । प्रदेशसभा (क) काे सभापतिमा श्रेष्ठको मात्रै उम्मेदवारी दर्ता भएपछि उनी निर्विरोध निर्वाचित भएका हुन् । त्यस्तै सचिव पदमा भूमिनन्द गौतम र शंकर पराजुली निर्विरोध भएका छन् । सहसचिवमा दीपक ढकाल र अमर सोराइली पनि निर्विरोध भएका हुन् । सदस्य खुला महिला तर्फ जानुका ठकुरी, समिक्षा विक र छायाँ अधिकारी निर्विरोध भएका छन् । त्यस्तै, खस आर्यतर्फ बालकृष्ण सापकोटा, आदिबासी जनजातिको महिला महिलातर्फको सदस्यमा कृति ग्लान र भानुमाया सोराइली, पुरुषमा दीपक सिं घलान, भक्तबहादुर राई र शुक्रराज पाख्रिन निर्विरोध भएका हुन् । दलिततर्फको सदस्यमा अनिल विक र मधेसी, अल्पसंख्यक, मुस्मिल, अपाङ्गतातर्फ रामशरण माझी निर्विरोध भएका छन् ।
खुल्लातर्फ भने १३ जनाको उम्मेदवारी परेकोमा ७ जना निर्वाचित भएका छन् । निर्वाचित हुनेहरुमा पंकज थापा, उद्धव सत्याल, नवराज खतिवडा, तेजप्रसाद घिमिरे, मोहन प्रसाद ढकाल, ध्रुवप्रसाद दुलाल र सचित थापा मत प्राप्त गरी निर्वाचित भएको कांग्रेस मकवानपुरले जनाएकाे छ ।
यस्तै प्रतिनिधिसभा क्षेत्र १ को (ख) को सभापतिमा राजेश बानियाँ निर्वाचित भएका छन् । बानियाँ सभापतिका अर्का उम्मेदवार रमेशध्वज कार्कीलाई पराजित गर्दै विजयी भएका हुन । उपसभापति पदमा विनोद शर्मा र शुक्रराज जोशी निर्वाचित भएका छन् । त्यस्तै सचिव पदमा गोकर्ण सुवेदी र प्रदीप कंडेल निर्वाचित भएका हुन् । सह–सचिव पदमा केदार प्रसाद ढोडारी र सानुकान्छा दोङ निर्वाचित भएका छन् ।
प्रदेश अधिवेशनको महिलातर्फ प्रमिला कुमारी खतिवडा, लक्ष्मी श्रेष्ठ र शर्मिला श्रेष्ठ विजयी भएका हुन् । खुला प्रत्यक्षतर्फ अभय श्रेष्ठ, ऋषिराज बानियाँ, गुरुप्रसाद दाहाल, घनश्याम नेपाल, चदीपक तिवारी, भवनाथ अधिकारी र सुनिल गिरी विजयी भएका छन् ।
त्यस्तै, खसआर्य महिलातर्फ गिताकुमारी न्यौपाने बिजयी भएकी छिन् । खसआर्य खुलातर्फ भरतराज न्यौपाने र रामहरि आचार्य विजयी भएका छन् । आदिबासी जनजातिको महिलातर्फ विमला थिङ विजयी भइन् । खुला तर्फ भने अर्जुनकुमार थिङ महारत्न लामा विजयी भएका छन् ।
यसैगरी क्षेत्र नम्वर २ प्रदेशसभा (क) को सभापतिमा खड्गबहादुर गोपाली निर्वाचित भएका छन् । उनले अर्का उम्मेदवार सुजन गोपाली निर्वाचनमा पराजित गरेका हुन् । उपसभापतिमा इश्वरी शाही ठकुरी र रन्जन कठायत विजयी भएका छन् ।
त्यस्तै सचिवमा भने नरहरी गोपाली र राजेशबाबु सापकोटा विजयी हुदाँ सहसचिवमा रामशरण गोपाली, समिता रसाइली विजयी भएका छन् । प्रदेश अधिवेशनको महिलातर्फ कुसुम सुवेदी बानियाँ, बुनुकुमारी आचार्य, राधिका सुनार निर्विरोध चयन भएका छन् । खुला प्रत्यक्षतर्फ अच्युत अधिकारी, दिनेश शिवाकोटी, प्रविण हुमागाई, मिलन पुडासैनी, रामकृष्ण लामिछाने, रुपक बानियाँ, विकेशलाल श्रेष्ठ विजयी भएका छन् ।
त्यस्तै, खस आर्यतर्फ सन्तोष चौँलागाई निर्वाचित भएकाेमा महिलातर्फ जानकी गिरी निर्विरोध भइन् । आदिबासी जनजाति पुरुषतर्फ नेत्रमान प्रधान र विकास बलामी विजयी भएका छन् । महिलातर्फ भवानी प्रधान र सञ्जिता घलान निर्विरोध भएका हुन् । दलित तर्फभने पुरुषोत्तम विश्वकर्मा र अपाङ्गतातर्फ राजाराम नेपाल निर्विरोध चयन भएका हुन् ।
यस्तै प्रतिनिधिसभा क्षेत्र २ को प्रदेशसभा (ख) को सभापतिमा रञ्जन कालाखेती निर्वाचित भएका छन् । कालाखेतीले सभापतिका अर्का उम्मेदवार रामकृष्ण प्रजालाई पराजित गरेका हुन् । उपसभापतिमा भुवन नेगी र रामकुमार वाल्पा थिङ विजयी भएका छन् । त्यस्तै सचिवमा नवराज पौडेल र कृष्ण योन्जन विजयी भएका हुन् । सहसचिवमा गोपिलाल थिङ र शालिकराम अधिकारी निर्वाचित भएका छन् ।
प्रदेश अधिवेशनको महिला तर्फ भने देवकी उप्रेती, पद्मादेवी श्रेष्ठ र यासिका घिसिङ विजयी भएका हुन् । खुला प्रत्यक्षतर्फ रत्नबहादुर ब्लोन, निराजन बर्तौला, कृष्णहरि कालाखेती, निरशंकर लामा, कविता बर्तौला, वेलबहादुर मुक्तान, कान्छाराम रुम्बा विजयी भएका हुन् ।
त्यस्तै, खस आर्यतर्फ जयन्ती पाठक विजयी भएका हुन् । आदिबासी जनजातिको महिलातर्फ संगीता थिङ र सीता बल विजयी भएका छन् । खुला तर्फभने निजन घलान, ठुलोकान्छा लामा र सागर जिम्बा विजयी भएका छन् । दलित तर्फभने लोकबहादुर नेपाली निर्विरोध भएका छन भने
अल्पसख्ंयकतर्फ विनोदकुमार प्रजा विजयी भएका छन्।
मकवानपुर । नेपाली कांग्रेस मकवानपुरको शुक्रबार भएकाे क्षेत्रीय अधिवेशन अन्तरगत प्रतिनिधि सभा क्षेत्र नम्बर २ को प्रदेशसभा (क) को सभापतिमा खड्ग बहादुर गोपाली निर्वाचित भएका छन् ।
निर्वाचन मतगणना परिणाम अनुसार थाहा नगरपालिका उपप्रमुख समेत रहेका गोपालीले ३ सय ६९ मत प्राप्त गर्दै सभापतिमा विजयी भएका हुन् । उनका प्रतिस्पर्धी सुजन गोपालीले १ सय ३२ मत ल्याएका थिए ।
यसैगरी २ उपसभापतिमा रञ्जन कुमार कठायत र इश्वरी शाही ठकुरी निर्वाचित भएका छन् । यसैगरी २ सचिव पदमा नरहरी गोपाली र राजेशबाबु सापकोटा विजयी भएका छन् । सहसचिव पदमा रामशरण गोपाली र सबिता रसाइली विजयी भएका छन् ।
मकवानपुर । नेपाली कांग्रेस मकवानपुरको शुक्रबार भएकाे क्षेत्रीय अधिवेशन अन्तरगत प्रतिनिधि सभा क्षेत्र १ प्रदेश सभा (ख) को सभापतिमा राजेश बानियाँ निर्वाचित भएका छन् । बानियाँ १ सय ७७ मत प्राप्त गरी सभापतिमा विजयी भएका हुन् । उनको प्रतिद्धन्दी रमेशध्वज कार्कीले ८३ मत प्राप्त गरी पराजित भएका छन् ।
यसै गरी प्रदेश सभा (ख) उपसभापतिमा विनोद शर्माले १ सय ६० र शुक्रराज जोशी १ सय ५६ मत प्राप्त गरी विजय भएका छन् । उपसभापतिका उम्मेदरबार रिना गौतमले ९३ र सुभाष न्यौपानेले ७६ मत प्राप्त गरी पराजित भएका छन् ।
यस्तै सचिवमा गोकर्ण सुवेदीले १ सय ८० मत, प्रदीप कंडेलले १ सय ९२ मत प्राप्त गर्दा र विक्रम लामाले १ सय ६ मत प्राप्त गरेका छन् । सचिवमा सुवेदी र कंडेल विजयी भएका छन् । सहसचिवमा एक्का बहादुर मोक्तानले १ सय ४, केदार प्रसाद ढोडारीले १ सय ८८ र सानुकान्छा दोङले १सय ९३ मत प्राप्त गरेका छन् । जसमा ढोडारी र दोङ विजयी भएका छन् ।
अन्य पदको भने मत गणना हुदै गरेकाे बताइएकाे छ ।
मकवानपुर । नेपाली कांग्रेसको १४ औँ राष्ट्रिय महाधिवेशन अन्तरगत शुक्रबार मकवानपुरमा प्रदेशसभा अधिवेशन भएकाे छ । मकवानपुरको प्रतिनिधि सभा क्षेत्र १ को प्रदेश सभा (क)मका सभापतिमा शुसान्त कुमार श्रेष्ठ निर्विरोध चयन भएका छन् ।
सभापतिमा श्रष्ठकाे मात्रै उम्मेदवारी दर्ता भएपछि निर्विरोध भएका हुन् । यसैगरी उपसभापतिमा कमला कुमारी वाइवा र गोपाल बहादुर नेसुर पनि निर्विरोध भएका छन् । त्यस्तै सचिवमा भूमिनन्द गौतम र शंकर पराजुली निर्विरोध भएका छन् भने सहसचिवमा दीपक ढकाल र अमर सोराइली पनि निर्विरोध भएका छन् । सदस्य खुला महिला तर्फ जानुका ठकुरी, समिक्षा विक र छायाँ अधिकारी पनि निर्विरोध भएका छन् ।
खस आर्य तर्फ बालकृष्ण सापकोटा, आदिबासी जनजाति तर्फको महिलामा कृति ग्लान र भानुमाया सोराली, पुरुषमा दीपकसिं घलान, भक्तबहादुर राई र शुक्रराज पाख्रिन निर्विरोध भएका छन् । दलित तर्फ अनिल विक र मधेसी, अल्पसंख्यक, मुस्मिल, अपाङ्गता तर्फ रामशरण माझी निर्विरोध भएका छन् ।
कांग्रेसको १४ औँ राष्ट्रिय महाधिवेशन अन्तरगत शुक्रबारै मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्वर १ को प्रदेशसभा (ख) को निर्वाचन भर्खरै सम्पन्न भई मतगणना सुरु भएको मतदान अधिकृत रामकुमार अधिकारीले जानकारी दिएका छन् । हेटौंडाको जयगणेश पार्टीप्यालेशमा भएको अधिवेशनमा राजेश बानियाँ र रमेशध्वज कार्कीकाे प्यानल बीच प्रतिष्पर्धा भएकाे छ ।
यसैगरी मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्वर २ को प्रदेशसभा (क) को निर्वाचन पनि भइ मतगणना सुरु भएको हो । थाहा नगरपालिकाको पालुङस्थित जेसीज भवनमा अधिवेशन भएको हो ।
यस्तै मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्वर २ को प्रदेशसभा (ख) को निर्वाचन समेत सम्पन्न गरी मतगणना सुरु भएको मतदान अधिकृत कृष्णप्रसाद न्यौपानेले जानकारी दिएका छन् । बसामाडी जेसीजको भवनमा अधिवेशन भएको हो । सभापति पदका उम्मेदवार रन्जन कालाखेती र रामकृष्ण प्रजा प्यानलबीच प्रतिष्पर्धा भएकाे छ ।