मकवानपुर । नेपाली कांग्रेसको १४ औँ राष्ट्रिय महाधिवेशन अन्तरगत शुक्रबार मकवानपुरमा प्रदेशसभा अधिवेशन भएकाे छ । मकवानपुरको प्रतिनिधि सभा क्षेत्र १ को प्रदेश सभा (क)मका सभापतिमा शुसान्त कुमार श्रेष्ठ निर्विरोध चयन भएका छन् ।
सभापतिमा श्रष्ठकाे मात्रै उम्मेदवारी दर्ता भएपछि निर्विरोध भएका हुन् । यसैगरी उपसभापतिमा कमला कुमारी वाइवा र गोपाल बहादुर नेसुर पनि निर्विरोध भएका छन् । त्यस्तै सचिवमा भूमिनन्द गौतम र शंकर पराजुली निर्विरोध भएका छन् भने सहसचिवमा दीपक ढकाल र अमर सोराइली पनि निर्विरोध भएका छन् । सदस्य खुला महिला तर्फ जानुका ठकुरी, समिक्षा विक र छायाँ अधिकारी पनि निर्विरोध भएका छन् ।
खस आर्य तर्फ बालकृष्ण सापकोटा, आदिबासी जनजाति तर्फको महिलामा कृति ग्लान र भानुमाया सोराली, पुरुषमा दीपकसिं घलान, भक्तबहादुर राई र शुक्रराज पाख्रिन निर्विरोध भएका छन् । दलित तर्फ अनिल विक र मधेसी, अल्पसंख्यक, मुस्मिल, अपाङ्गता तर्फ रामशरण माझी निर्विरोध भएका छन् ।
कांग्रेसको १४ औँ राष्ट्रिय महाधिवेशन अन्तरगत शुक्रबारै मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्वर १ को प्रदेशसभा (ख) को निर्वाचन भर्खरै सम्पन्न भई मतगणना सुरु भएको मतदान अधिकृत रामकुमार अधिकारीले जानकारी दिएका छन् । हेटौंडाको जयगणेश पार्टीप्यालेशमा भएको अधिवेशनमा राजेश बानियाँ र रमेशध्वज कार्कीकाे प्यानल बीच प्रतिष्पर्धा भएकाे छ ।
यसैगरी मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्वर २ को प्रदेशसभा (क) को निर्वाचन पनि भइ मतगणना सुरु भएको हो । थाहा नगरपालिकाको पालुङस्थित जेसीज भवनमा अधिवेशन भएको हो ।
यस्तै मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्वर २ को प्रदेशसभा (ख) को निर्वाचन समेत सम्पन्न गरी मतगणना सुरु भएको मतदान अधिकृत कृष्णप्रसाद न्यौपानेले जानकारी दिएका छन् । बसामाडी जेसीजको भवनमा अधिवेशन भएको हो । सभापति पदका उम्मेदवार रन्जन कालाखेती र रामकृष्ण प्रजा प्यानलबीच प्रतिष्पर्धा भएकाे छ ।

