मकवानपुर । नेपाली कांग्रेस मकवानपुरको शुक्रबार भएकाे क्षेत्रीय अधिवेशन अन्तरगत प्रतिनिधि सभा क्षेत्र १ प्रदेश सभा (ख) को सभापतिमा राजेश बानियाँ निर्वाचित भएका छन् । बानियाँ १ सय ७७ मत प्राप्त गरी सभापतिमा विजयी भएका हुन् । उनको प्रतिद्धन्दी रमेशध्वज कार्कीले ८३ मत प्राप्त गरी पराजित भएका छन् ।
यसै गरी प्रदेश सभा (ख) उपसभापतिमा विनोद शर्माले १ सय ६० र शुक्रराज जोशी १ सय ५६ मत प्राप्त गरी विजय भएका छन् । उपसभापतिका उम्मेदरबार रिना गौतमले ९३ र सुभाष न्यौपानेले ७६ मत प्राप्त गरी पराजित भएका छन् ।
यस्तै सचिवमा गोकर्ण सुवेदीले १ सय ८० मत, प्रदीप कंडेलले १ सय ९२ मत प्राप्त गर्दा र विक्रम लामाले १ सय ६ मत प्राप्त गरेका छन् । सचिवमा सुवेदी र कंडेल विजयी भएका छन् । सहसचिवमा एक्का बहादुर मोक्तानले १ सय ४, केदार प्रसाद ढोडारीले १ सय ८८ र सानुकान्छा दोङले १सय ९३ मत प्राप्त गरेका छन् । जसमा ढोडारी र दोङ विजयी भएका छन् ।
अन्य पदको भने मत गणना हुदै गरेकाे बताइएकाे छ ।

