मकवानपुर । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि ७० अर्ब ९३ करोड ९२ लाख बजेट प्रस्ताव गरिएको छ । बुधबार प्रदेश सभामा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जमकट्टेलले उक्त बजेट प्रस्तुत गरेका हुन् ।
आगामी वर्षको कार्यक्रम कार्यान्वयन गर्न ७० अर्ब ९३ करोड ९२ लाख बजेट विनियोजन गरेका हुन् । कूल विनियोजन मध्ये चालु तर्फ १९ अर्ब ०२ करोड ४१ लाख, पुँजीगत तर्फ ४१ अर्ब ५६ करोड २४ लाख, वित्तीय हस्तान्तरण तर्फ ८ अर्व ३५ करोड २७ लाख र वित्तीय व्यवस्था तर्फ २ अर्ब विनियोजन गरेको छ । कूल विनियोजन मध्ये चालु तर्फ २७ प्रतिशत, पुँजीगत तर्फ ५८।५८ प्रतिशत, वित्तीय हस्तान्तरण तर्फ ११.७७ प्रतिशत र वित्तीय व्यवस्था तर्फ २.८१ प्रतिशत रहेको छ ।
आगामी आर्थिक वर्षको खर्च व्यहोर्ने स्रोत मध्ये कर राजस्वबाट २६ अर्व ९७ करोड ११ लाख, अन्य राजस्वबाट ६ अर्व २२ करोड ४४ लाख, संघीय वित्तीय हस्तान्तरणबाट २१ अर्ब ६ करोड ८७ लाख र चालु आर्थिक वर्षको अनुमानित सञ्चित कोषको बचत र अन्य प्राप्तीबाट १६ अर्ब ६७ करोड ५० लाख व्यहोरिनेछ ।
प्रदेश सरकारले सस्तो लोकप्रियताको लागि महत्वकाक्षि बजेट ल्याएको विश्लेषकहरुले प्रतिक्रिया दिएका छन् । बजेटमा केही नयाँ कार्यक्रम ल्याएको छ भने अधिकांश पुराना कार्यक्रमलाई निरन्तरता दिइएको छ । प्रदेशको गठबन्धन सरकारले प्रदेशमा नमुना समाजवादी कार्यक्रम संचालन गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०७९/८० को लागि बजेट प्रस्तुत गर्दै प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री जम्कट्टेलले नमुना समाजवादी कार्यक्रमको लागि २५ करोड बजेट विनियोजन गरिएको बताए ।
प्रदेशमा पर्यटन प्रबद्धन गर्ने विभिन्न कार्यक्रम गर्ने गरी बजेटमा सम्बोधन गरीएको छ । आगामी आर्थिक वर्षलाई घुमफिर वर्षको रुपमा मनाइने र यसको लागि नयाँ पर्यटकीय क्षेत्रको खोज, प्रवद्धन गरिने भएको छ । प्रदेश सरकारले आन्तरीक पर्यटन प्रबद्धनको लागि घुमफिर वर्षको रुपमा मनाइने भएको हो । प्रदेश भित्रको पर्यटकीय गन्तव्यहरुमा साइकल लेनदेखि नि:शुल्क इन्टरनेट सुविधाको व्यवस्था गर्ने लक्ष्य प्रदेश सरकारले लिएको छ । यसको लागि दोलखाको जिरीमा मानव निर्मित ताल निर्माणको लागि १५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
जिरीमा पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न मानव निर्मित ताल निर्माण गर्न १५ करोड बजेट विनियोजन गरिएको बताए ।
प्रदेश सकारले कृषि क्षेत्रको विकास कार्यक्रम पनि बजेटमा समेटेको छ । किसानलाई दुधमा दिने अनुदान कार्यक्रमलाई निरन्तता दिने भएको छ ।
किसानलाई दुधमा प्रतिलिटर २ रुपैँया दिने अनुदान कार्यक्रमलाई निरन्तरता र उक्त रकम बैंक खातामा जम्मा गरिदेन व्यवस्था गरिने बताए । यसैगरी हेटौंडामा निर्माणधिन दुग्ध पाउडर प्लान्ट आगामी आवबाट संचालनमा ल्याउने भएको छ ।
बागमती प्रदेश सरकारले प्रदेशभरका १० हजार युवालाई स्वरोजगार बनाउन मुख्यमन्त्री सिप विकास कार्यक्रम गर्ने भएको छ । यसको लागि १५ करोड बजेट विनियोजन गरिएको अर्थ मन्त्री जमकट्टेलले बताए ।
बागमती प्रदेश सरकारले प्रदेश भित्रका ११९ वटा स्थानीय तहका लागि १ अर्ब ७५ करोड रुपैयाँ समानीकरण अनुदान विनियोजन गरेको छ । पेट्रोलको खपत घटाउन विद्युतीय उपस्थितीमा कार्यक्रम गर्न प्रोसाहन गर्ने तथा सवारी साधन खरिद कार्यलाई निरुत्साहन गरिने प्रदेश सरकारले जनाएको छ ।
नागरिकको स्वास्थ्यको लागि प्रदेशको सबै जिल्लामा कार्यक्रमहरु सञ्चालन गर्न बजेट प्रस्ताव गरिएको छ । यस अन्तरगत किशोरीहरुको स्वास्थ्य परिक्षणदेखि जटील प्रकृतिको रोग उपचारमा अनुदानसम्मको कार्यक्रमहरु रहेको छन् ।
बजेटकाे पूर्णपाठ यस्ताे छ:
मकवानपुर । आगामी आर्थिक वर्षको लागि बागमती प्रदेश सरकारले चालु आज को भन्दा १२ प्रतिशत बढाएर बजेट ल्याउने तयारी गरेको छ ।
बागमती प्रदेश सरकारले आफनो पाँचको वर्षिक कार्यकालको अन्तिम बजेट प्रदेश सभामा प्रस्तुत गर्दै छ । प्रदेशका अर्थमन्त्री शालिकराम जमकट्टेलले दिउँसो ४ बजेट प्रदेश सभामा बजेट प्रस्तुत गर्ने तयारी भएको प्रदेश सभाले जनाएको छ ।
प्रदेश सभामा आज प्रस्तुत हुने आर्थिक वर्ष २०७९÷८० को बजेट चालु आवको भन्दा १२ प्रतिशतले बढी हुने अनुमान गरिएको छ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री जमकट्टेलले अन्तरसरकारी वित्त व्यवस्थापन ऐन–२०७४ अनुसार हरेक असार १ मा प्रदेश सभामा बजेट प्रस्तुत गर्न लागेका हुन् ।
चालु आर्थिक वर्षमा ५७ अर्ब ७२ करोड बराबरको बजेट ल्याएको प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि करीब ६४ अर्ब रुपैया बराबरको बजेट ल्याउने तयारी गरेको आर्थिक मामिला तथा योजना मन्त्रालय स्रोतले बताएको छ ।
आउँदो आर्थिक वर्षमा करीब १२ प्रतिशत रकम बढाएर बजेट ल्याउने तयारी गरिएको हो । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षमा खर्च हुन नसकेको बजेटसमेत जोडेर संघीय र प्रादेशिक चुनावलाई लक्षित गरी आगामी आर्थिक वर्षको बजेट ल्याउन लागेको स्रोतले बताएको छ ।
बजेट केही वितरणमुखी र धेरैजसो पुरानै कार्यक्रम तथा योजना समेट्दै चुनाव लक्षित बनाईएको बताइएको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमा कोरोना महामारीका कारण आर्थिक क्षेत्रमा परेको असरलाई न्यूनीकरण, कृषि, साना उद्योग र रोजगारी सिर्जना, करको दायरा बढाउने र खर्च घटाउने, प्रदेशको आर्थिक अवस्थालाई गतिशील बनाउने, संघीयताको मर्म र भावनालाई समेटेको आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्मकट्टेलले बताए ।
बजेटमा भौतिक पूर्वाधार, कृषि, शिक्षा, पर्यटन प्रवद्र्धनलगायत क्षेत्रलाई बढी प्राथमिकता दिइएको उनले बताए । कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व बढाउन चक्लाबन्दी खेतीलाई प्रोत्साहन, बाँझो जमिन बैंक स्थापना, कृषि बालीको न्यूनतम समर्थन मूल्य तोक्ने र त्यस्तो वस्तु वा बाली किन्न निजी र सहकारी क्षेत्रलाई प्रोत्साहन गर्ने, प्रदेशभित्र सम्भाव्यताका आधारमा रासायनिक मल कारखाना र कृषि औजार कारखाना स्थापना गर्न प्रक्रिया थाल्ने, कृषकलाई परिचयपत्र वितरण गर्ने, परिचयपत्रका आधारमा सहुलियत दिने, प्रदेश भित्रका खरका छाना उन्मुलन र पर्यटन प्रबद्धनका जस्ता पुराना योजानाहरुलाई निरन्तरता दिने योजना रहेको बुझिएको छ ।
मकवानपुर । बागमती प्रदेशसभामा आज मंगलबार बस्दै छ । दिउँसो २ बजे बस्ने प्रदेश सभामा ५ वटा प्रतिवेदन पेश हुने भएको छ ।
बैठकमा मूख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रदेश लोकसेवा आयोगको ०७७/०७८ को बार्षिक प्रतिवेदन पेश गर्ने भएका छन् । बैठकमा प्रदेश मामिला समितिका सभापति माधव पौडेल, अर्थ तथा विकास समितिका सभापति नारायणबहादुर सिलवाल, शिक्षा, स्वास्थ्य तथा कृषि समिति सभापति केशवप्रसाद पोखरेल र उद्योग पर्यटन तथा वातावरण समितिका सभापति रमा आलेले आफ्नो समितिको बार्षिक प्रतिवेदन पेश गर्नेछन् ।
यसैगरी आजकै बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्मटेलले आर्थिक सर्वेक्षण २०७८/७९ पेश गर्नेछन् । बागमती प्रदेश सरकारले भोलि बजेट सार्वजनिक गर्दैछ । भोली १ असारको अपरान्ह ४ बजे प्रदेश सभा बैठकमा बजेट पेश हुने कार्यव्यवस्था परामर्श समितिको बैठकले कार्यसूची तय गरेको छ ।
बागमती प्रदेश सभाले १९ गतेमा आगामी आर्थिक बर्षको लागि नीति तथा कार्यक्रम पास गरेको थियो । उक्त नीति तथा कार्यक्रमलाई पुरापुर सम्बोधन गर्ने गरी बजेट ल्याइने तयारी भएको प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले बताए ।
मकवानपुर । बागमती प्रदेश सरकारले आर्थिक बर्ष ०७९/०८० को लागि प्रस्तावित गरेको नीति तथा कार्यक्रम बहुमतले स्विकृत भएको छ ।
प्रदेशसभामा नीति तथा कार्यक्रमलाई निणयार्थ प्रस्तुत गर्दा बहुमतले स्विकृत भएको सभामुख सानुकुमार श्रेष्ठले बताए । नेकपा एमालेसहितका प्रतिपक्षी दलले नीति तथा कार्यक्रमको विपक्षमा ध्वनी मत दिएपछि सरकारले ल्याएको नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो ।
यस अघि सांसदहरुले राखेको संशोधन प्रस्ताव बहुमतले अस्विकृत भएको थियो । बागमती प्रदेशसभाको आज बिहान स्थगित भएको बैठक पुनः दिउँसो बसेको थियो । नेकपा (एमाले)को अवरोधपछि प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले सदनमा जवाफ दिने र मुख्य सचिवको संयोजकत्वमा छानबिन समिति गठन गर्न सहमति जुटेपछि दिउँसो बैठक बसेको थियो ।
सरकारको नीति तथा कार्यक्रममाथि छलफलको लागि आज बिहान ८ बजे आह्वान गरिएको बैठक सुरु भएलगत्तै एमालेले अवरोध गरेपछि १० मिनेटको लागि स्थगित गरिएको थियो । १० मिनेटकोलागि स्थागित भनिएको बैठक २ घण्टापछि सबेको थियो ।
सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममाथि छलफल गर्न बसेको बैठक सुरु भएलगत्तै एमालेका सांसदहरुले उठेर अवरोध गरेका थिए ।
त्यसपछि सभामुख सानुकुमार श्रेष्ठले एमालेका मुख्य सचेतक दीपक निरौलालाई आफ्ना भनाइ राख्न समय उपलब्ध गराएका थिए । निरौलाले पशुपक्षी तथा मत्स्य विकास निर्देशनालयका तीन जना निजामती कर्मचारीलाई वर्तमान सरकारले आफू अनुकूल नभएकाले सरुवा गरेको भन्दै विरोध जनाएका थिए ।
उनले त्यसको सत्यतथ्य छानबिन गर्न सर्वपक्षीय छानबिन समिति गठनको प्रक्रिया अघि नबढाउञ्जेल संसद्मा अवरोध कायम राख्ने बताएपछि बैठक स्थगित गरिएको थियो । प्रदेश सभा बैठक ३१ जेठको २ बजे बस्ने गरि स्थगित भएको छ ।
मकवानपुर । बागमती प्रदेशसभाको बुधबारकाे बैठकमा नीति तथा कार्यक्रम माथि छलफल सुरु भएकाे छ । गत जेठ १६ गतेकाे बैठकमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेश सरकारकाे आर्थिक वर्ष २०७९/८० काे नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
संसदमा प्रस्तुत नीति तथा कार्यक्रममा बुधबार अपराह्न बसेको प्रदेशसभा बैठकमा छलफल भएको प्रदेशसभा सचिवालयले जनाएको छ । बैठकमा सत्तारुढ दल, प्रमुख प्रतिपक्ष दल र प्रतिपक्ष दल गरी २० जना प्रदेश सांसदहरुले नीति तथा कार्यक्रमका सम्बन्धमा धारणा राखेका थिए । सत्तारुढ दल नेकपा एकीकृत समाजावादी, नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसका संसद्हरुले सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम स्वागत योग्य रहेको बताए ।
सत्ता पक्षिय सांसदहरुले विगत ४ वर्षसम्म सरकारको नेतृत्व गर्ने दलले ल्याउन नसकेको योजनाहरु नीति तथा कार्यक्रममा समावेश गरेर सरकारले जनताप्रतिको उत्तरदायित्व निर्वाह गर्न सफल भएको बताए । यस्तै, प्रदेशको प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अष्टलक्ष्मी शाक्य, डोरमणि पौडेल, केशवराज पाण्डे, अरुण नेपाल लगायतले सरकारको नीति तथा कार्यक्रममा सम्बन्धमा बाेल्नु हुँदै सरकार चुनावी एजेण्डा बाँड्न सक्रिय रहेको बताए ।
उनीहरुले सरकार आफ्ना कार्यकर्ता पोस्न ऐन विपरितका योजनाहरु ल्याउन सक्रिय रहेको आरोप लगाए । विगतमा जस्तै सरकारले ऐन विपरित चुनावी एजेण्डाका रुपमा टुक्रे योजनाहरु ल्याउने प्रकृतिको नीति तथा कार्यक्रम ल्याएको बताए । बागमती प्रदेशका पहिलाे मुख्यमन्त्री डोरमणि पौडेलले आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम अपुरो, अधुरो र खोक्रो भएको बताएका छन् । नीति तथा कार्यक्रम सम्बन्धमा प्रदेश सभामा बाेल्दै पौडेलले नीति तथा कार्यक्रम मासु नभएको अस्पिपञ्जर जस्तो मात्रै भएको बताएका हुन् ।
प्रतिपक्ष सांसदहरुले कृषि क्षेत्रको विकास यन्त्रिकरणले मात्र सम्भव नरहेकाले आधुनिकीकरण र प्रविधिकरण गर्न जरुरी रहेकोले कम जमिनको प्रयोग गरेर बढी उत्पादन गर्न तर्फ सरकारले योजनाहरु ल्याउनु पर्नेमा जोड दिएका थिए । नीति तथा कार्यक्रममाथिकाे छलफल संसदमा विहीबार पनि जारी रहने प्रदेश सभा सचिवालयले जनाकारी दिएकाे छ । सभामुख सानुकुमार श्रेष्ठका अनुसार प्रदेशसभाको अर्को बैठक विहीबार बिहान ८ बजे बस्नेछ ।