पार्वती तिमिल्सिना आँसु
सारै गार्हो हुदो रहिछ जिबन धान्न बाबा ।
म त माइतै बस्छु पराइघर जान्न बाबा ।
खसम मेरा परदेशमा फोन भए झगडै हुन्छ
केही गरेनि उनको मन सकिन तान्न बाबा ।
झस्किन्छु सपनीमा ताना खेल्छ्न रातभरी
छिया-छिया हुन्छ मुटु सक्दिन बान्न बाबा ।
याद आउँदा आमा अनि बुढि हजुराको
भक्कानिदा छातिमा मुड्की सक्दिन हान्न बाबा ।
माइती घर सधै मेरो जाउ छोरी नभन आमा
साग सिस्नु खाउला बरु मीठो भात खान्न बाबा ।
आमा बाबा पाल्छु नि बरु छोरा सरह बनि
धरोधरम भाइको अंश खोसेर लान्न बाबा ।
बुटवल
हरि चालिसे ‘एबीसी’
१.
हामी सबै नेपाली नेपाल हाम्रो सान भनौं
कर्तव्यनिष्ट,इमान्दार,विश्वाशिलो बनौं
रिस,राग, इर्श्या, वैमनश्य सबै सबै त्यागी
होला नहोला तर स्वर्ग जाने बाटो खनौं ।
२.
मलाई कसैको डाहा गर्नु पनि छैन
कसैको जीन्दगी आहा गर्नु पनि छैन
आफूले निरन्तर साधना गरिरहनु पर्छ ,
जे छु ठिक छु अरू चाहा गर्नु पनि छैन ।
३.
मलाई पहेंलो मन पर्छ ,रातो मन पर्छ
कोदोको ढिँडो, मकैको आटो मन पर्छ
नेपाली मन बाध्यताले विदेशिएको हो
ती मनलाई पनि नेपाली माटो मन पर्छ ।
गलकाेट बागलुङ
मकवानपुर । मकवानपुरगढी गाउँपालिकामा १६ जना नेपाली कांग्रेस पार्टी प्रवेश गरेका छन् । मकवानपुरगढी ५ नम्बर वडाका वडा सदस्य सुकराम थिङ सहित उनीहरु कांग्रेसमा प्रवेश गरेका हुन् ।
नेकपा एमालेबाट वडा सदस्यमा निर्वाचित भएका थिङ बुधबार कांग्रेसमा प्रवेश गरेका हुन् । उनी सहित पार्टी प्रवेश गर्नेलाई कांग्रेस मकवानपुर सभापति बुद्ध लामाले खादा र टिका लगाएर पार्टीमा स्वागत गरेका छन् ।
कार्यक्रममा जिल्ला सदस्य कालु घलान, प्रतिनिधि सभा क्षेत्र २ को सचिव बलराम घिमिरे, पूर्व संघीय सभापति यतिराज सापकोटा, गाउँपालिका सभापति राजविर मुक्तान, वडा सभापति दिपेश दाहाल लगायतको सहभागिता रहेको थियो ।
मकवानपुर । हेटौंडामा राजश्व प्रवर्द्धनको लागि घुम्ती शिविर संचालन गरिएकाे छ । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १२ मा बुधबार) राजश्व प्रवर्द्धनका लागि व्यवसाय दर्ता र नविकरण घुम्ती शिविर संचालन गरिएको हाे ।
हेटौंडा उपमहानगरपालिका कार्यालयले आयोजना गरेकाे व्यवसाय दर्ता र नविकरण घुम्ती शिविरकाे उद्घाटन हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले गरेका छन् । मेयर महतले राजश्व सम्बन्धी दर्ता तथा नविकरण लगायतका काम वडा स्तरबाट नै गर्नका लागि शिविर संचालन गरेको बताए । उपमहानगरपालिका कार्यालयमै गएर लिनुपर्ने सेवा वडा स्तरमा दिनका लागि वडा–वडामा घुम्ती शिविर संचालन गरिएकाे राजश्व शाखा प्रमुख श्याम कुमार श्रेष्ठले जानकारी दिए ।
हेटौंडा उपमहानगरपालिकाकाे ११ नम्बरबाट सुरु गरेको व्यवसाय दर्ता र नविकरण शिविर ३, १२ र १९ नम्बरमा संचालन भएको छ । हेटौंडाकाे ५, ६, ७, ८, १३, १४, १५, १६, १७, १८ र १९ मा भने केही दिन भित्रै उक्त कार्यक्रम संचालन गरिने राजश्व शाखा प्रमुख श्रेष्ठले बताए ।
मकवानपुर । मकवानपुर प्रहरीले भन्सार छलीका कपडा सहित २ जनालाई पक्राउ गरि कपडा बरामद गरेको छ। भारतबाट भन्सार छली गरेर ल्याउँदै गरेको कुर्तासुरुवाल, सुरुवालको थानको कपडा, टावेलसहित २ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएकाे प्रहरी टाेलीले मंगलबार हेटौंडा १० स्थित पुर्वपश्चिम लोकमार्गमा पर्सा बीरगंज महानगरपालिका वडा नं ३ बस्ने १९ वर्षीय तवकिर जोगी र बीरगंज महानगरपालिका वडा नं २ बस्ने १८ वर्षीय निराज आलमले ल्याएकाे उक्त कपडा चेकजाँच गर्दा भन्सार छली ल्याएकाे पाइएकाेले पक्राउ गरिएकाे मकवानपुर प्रहरी निमित्त प्रवक्ता राजकुमार सापकोटाले जानकारी दिए ।
उनीहरुले भन्सार छली गरेर ल्याएको कपडा १ लाख ५ हजार ७ सय मुल्य बराबरको रहेको बताइएकाे छ । कपडा सहित उनीहरुलाई नियन्त्रणमा लिएर आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारा पठाईएको सापकाेटाले बताए ।