मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका वडा नंबर ७ हात्तीखोलामा गोठमा आगलागी हुँदा जलेर नष्ट भएको छ । साेमबार दिउँसो स्थानीय यज्ञ प्रसाद सापकोटाको पक्की गोठमा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १७ लाख बराबरको क्षती भएको प्रारम्भिक अनुमान गरिएकाे छ ।
जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी निमित्त प्रवक्ता अविनाश अधिकारीका अनुसार आगलागी नियन्त्रणमा लिनको लागि हेटौंडाबाट दमकल पठाइएकाे थियो । आगलागीबाट मानवीय र पशुचौपायाको क्षती नभएको तर गोठ भने पूर्ण रुपमा जलेर नष्ट भएको प्रवक्ता अधिकारीको जानकारी दिए ।
स्थानीयका अनुसार मध्यान्ह १२ बजेबाट सुरु भएको आगलागी ३ बजे नियन्त्रणमा आएको थियाे । विद्युत सर्ट भएर आगलागी भएको आगलागी भएको बताइएकाे छ । ४ वटा मोटरले पानी फाल्दा पनि आगो नियन्त्रणमा लिन नसकेपछि हेटौंडाबाट दमकल पठाइ अागाे नियन्त्रणमा लिइएकाे हाे ।

