मकवानपुर । मकवानपुरमा पछिल्लो समय कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढिरहेको सन्दर्भमा यसकाे नियन्त्रणकाे लागि थप निर्णय भएकाे छ । सोमबार जिल्ला प्रशासन कार्यालयमा बसेको कोभिड–१९ संक्रमण रोकथाम तथा संकट व्यवस्थापन केन्द्र (डीसीएमसी) को बैठकले जिल्लाको सुरक्षा ब्यवस्था कडाई गर्ने लगायतका ८ निर्णय गरेको हो ।
बैठकले जिल्ला भित्र रहेका पार्टी प्यालेसहरु पूर्ण रुपमा बन्द गर्ने, विद्यालय,कलेज,टुयसन सेन्टर लगायत शिक्षण संस्थाहरुमा भौतिक रुपमा उपस्थित भई संचालन हुने पठनपाठन तथा सबै परिक्षाहरु बन्द गर्ने, होटल, रेष्टुरेन्ट, रिर्सोटहरुमा हुने बिवाह, ब्रतबन्ध, जन्मउत्सब लगायत भिडभाड हुने कार्यक्रमहरु पुर्णरुपमा रोक लगाईने, हेटौंडा बजार क्षेत्रको फुतपातमा हुने सबै किसिमका ब्यापार पुर्णरुपमा बन्द गर्ने निर्णय गरेकोे छ ।
यसैगरि बैठकले जिल्लामा संचालनमा रहेको विभिन्न किसिमका ब्यापार ब्यवसायहरु आलोपाले गरी संचालन गर्ने र हेटौंडा–१० स्थित बसपार्कमा रहेको तरकारी बजार, माछामासु बजार, खोपेगल्लीमा रहेको तरकारी बजार बिहान ४ बजे दखी बिहान ८ बजे सम्म मात्र संचालन गराईने निर्णय गरेको गरेको छ । साथै जिल्लाभर निर्माण भएका आइसोलसन सेन्टरहरु पुन संचालन गरिने निर्णण समेत गरिएको छ ।
यसैगरी जिल्ला प्रशासन कार्यालय मकवानपुरले साेमबार सूचना जारी गरी स्थानीय तह अनुसार अलग अलग दिन सेवा प्रवाह गर्ने समेत निर्णय गरेकाे छ ।



