मकवानपुर । बागमती युवा क्लब सर्लाहीकाे आयाेजनामा प्रदेश २ कै प्रतिष्ठित तथा सर्वाधिक पुरस्कार राशी भएको राजर्षि जनक कप फुटबल प्रतियोगीता आज शनिबार बाट सुरु हुने भएकाे छ । मकवानपुरको पिप्ले युवा क्लब, हेटाैडाले प्रतियोगीता सहभागिता जनाएको छ ।
आयोजक बागमती युवा क्लबले सार्वजनिक गरेको खेल तालिका अनुसार प्रतियोगिताको उद्घाटन खेल पिप्ले युवा क्लबले खेल्न छ । सन्तोष श्रेष्ठ स्मृति खेल मैदानमा सञ्चालन हुने प्रतियोगिताको चैत २१ गते शनिबारकाे उद्घाटन खेलमा पिप्ले युवा क्लब चन्दागिरी नगरपालिका काठमाडौंसंग भिड्ने भएकाे हाे ।
पिप्ले युवा क्बले पहिलो खेलमा जित निकालेको खण्डमा प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाउनेछ । मकवानपुरमा खेलकुद क्षेत्रमा छुट्टै पहिचान बनाएको पिप्ले युवा क्बलले राजर्षि जनक कपमा सहभागिता जनाएकाे र उद्घाटन खेल जित्ने क्लबका प्रशिक्षक सुविन घिमिरले बताए ।
प्रतियोगितामा दुई विदेशी टिम, ‘ए’ डिभिजनका क्लब, मोफसलका टिमहरू र आयोजक बागमति यूवा क्वल सहित १० टिमको सहभागिता रहने आयोजक बागमती युवा क्लबले जनाएको छ । प्रतियोगिताको विजेताले १० लाख १ हजार र उप विजेताले ५ लाख ५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।
प्रदेश २ कै सर्वाधिक धनराशीको प्रतियोगिताको फाइनल खेल चैत ३० गते हुनेछ ।

