मकवानपुर । नेपाल सरकारका पुर्व सचिव एवं बागमती प्रदेश लोक सेवा आयोगका अध्यक्ष सुरेशमान श्रेष्ठले मानवसेवा आश्रममा समर्पित अभियान्ताहरुलाई सेवाको पथमा अघि बढ्न थप प्रेरणा दिने मनसायले मानवसेवा आश्रम अभियान्ता प्रोत्साहन कोषको घोषणा गरेका छन् ।
आफ्नो पिता बुद्धिमान श्रेष्ठज्युको ८० औं जन्मोत्सवको शुभ अवसरमा उनले अभियान्ता प्रोत्साहन कोष घोषणा गरेका हुन्। सर्वोत्कृष्ट जीवन : शाश्वत चिन्तनको मातृत्वमा मानवता प्नर्वधन लागि मानवसेवा आश्रमको माध्यमबाट समाजको सकारात्मक सुधारको लागि जीवन समर्पण गरेका अभियान्ताहरुलाई प्रात्साहन गर्नु सरकार र समाजका हरेक सचेत नागरिकको दायित्व हुने भएकोले श्रेष्ठ परिवारको तर्फबाट यस कोषको घोषणा गरिएको उनले बताए ।

श्रेष्ठ परिवारले बुबा काे ८० औं जन्मदिनको अवसरमा मानवसेवा आश्रम समर्पित अभियान्ता कोष स्थापनार्थ एक लाख पचासहजार रुपैया योगदान गरेका छन् ।
स्व.हर्क बहादुर श्रेष्ठ र स्व. मान कुमारी श्रेष्ठको सुपुत्रको रूपमा वि.सं. १९९७ साल कार्तिक ७ गते दुराडाँडा, लमजुङमा बुद्धिमान श्रेष्ठको ८० बर्ष अघि जन्म भएको थियो । उनले मानवसेवा आश्रम सामाखुशीको स्थापनाको समयदेखी नै मासिक रु. १,१११/– (एक हजार एक सय एघार) योगदान गर्दै आइरहेका छन् ।
छोराबुहारी सुरेशमान श्रेष्ठ र सरयु श्रेष्ठ, नरेशमान श्रेष्ठ र निनु श्रेष्ठ, छोरीज्वाईं सरस्वती बाताजु र राजेन्द्र कुँवर, सरीता श्रेष्ठ र हरी कुमार श्रेष्ठ, नाती र नातिनी बुहारी स्पन्दन श्रेष्ठ र निर्मला प्रजापति, नातिनी स्तुति श्रेष्ठ, भान्जी बुहारी प्रतिभा श्रेष्ठको जुम मार्फत आयोजना गरिएको अनलाईन जन्मोत्सव कार्यक्रममा उपस्थिति रहेको थियो ।

मानवसेवा आश्रमको प्रमुख संरक्षक डा. गोविन्द टण्डन, केन्द्रीय संस्थापक अध्यक्ष रामजी अधिकारीको विशेष उपस्थितिमा भएको अनलाईन जन्मोत्सव कार्यक्रमको सञ्चालन आश्रमका सचिव सुमन बर्तौलाले गरेका थिए ।

