मकवानपुर । बाल समूह सञ्जाल हेटौंडा ८ काे आयाेजनामा भएकाे वक्तृत्वकला प्रतियोगितामा परासर तिमल्सिना प्रथम भएका छन् ।
६० औं बाल दिवसको अवसरमा “बालमैत्री वडा दिगोपनामा हामी बालबालिकाको भूमिका र दायित्व” विषयक बक्तृत्वकलामा प्रशिद्धी भट्टराई द्वितीय तथा सवेक्षा तिमल्सिना तृतीय भएका छन् । प्रथम द्वितीय र तृतीय हुनेले क्रमशः ५ हजार, ३ हजार र २ हजार पुरस्कार प्राप्त गरेका छन् । यसैगरी सिमोन भट्टराई सान्त्वना हुँदै १ हजार पुरस्कार हात पारे ।
हेटौडा ८ मा रहेकाे चन्द्राेदय माविमा भएकाे प्रतियाेगितामा वडा अध्यक्ष रामकृष्ण थापाकाे सभाध्यक्षमा भएकाे हाे । कार्यक्रममा हामिद अलि,बाल अधिकार समिति सदस्य सरस्वती थिङ र लक्ष्मी कुँवर,बाल मैत्री सम्पर्क ब्यक्ति रिता मङराती, वडा सदस्य गोरखनाथ राय, वडा सहजकर्ता रोजिता दंगाल, निलगिरी बाल समुहको संरक्षक अभिभावक भिमसेन घिमिरेको आतिथ्यता रहेकाे थियाे ।