मकवानपुर । बागमती प्रदेशको पहिले मुख्यमन्त्री डोरमणी पौडेलले सहकारीले अनुत्पादक क्षेत्रमा लगानी गर्न ऋण दिन नहुने सुझाएका छन् ।
सहकारी मार्फत सहकारीकर्मीले भविष्य निर्माण गर्ने, रोजगार सिर्जनागर्ने, उत्पादन वृद्धिमा लगाउने तर्फ ध्यान दिनुपर्ने पौडेलले बताए ।
सहकारीको नेतृत्वले कुसलता पुर्वक काम गर्दा सहकारीको भावना र मर्म अनुसारको गन्तव्य तय हुने उनले बताए । नमुना प्रगति बचत तथा ऋण सहकारीको २४ औं वार्षिक साधारण सभामा उनले यस्तो बताएका हुन् ।
सदस्य बढाउने, बृहत सहकारी बनाउनेमा ध्यान दिनुपर्ने औल्याउँदै पौडेलले भने “टुक्राटुक्रा साना सहकारी हैन, ठुलाठुला सहकारी बनाउने र धेरैभन्दा धेरै सेवा दिनतर्फ ध्यान हुनुपर्छ।”
सहकारी अध्यक्ष मिठाराम दाहालको अध्यक्षतामा भएको कार्यक्रममा २ करोड ८५ लाख ६३ हजार शेयर पुंजी भएको सहकारीमा हाल २ हजार ५२९ जना शेयर सदस्यहरू रहेको जानकारी सार्वजनिक गराईएको थियो ।
संस्थाको वार्षिक साधारण सभामा जेष्ठ सदस्य सम्मान (महिला पुरुष), उत्कृष्ट ऋणी, उत्कृष्ट बचत कर्ता, उत्कृष्ट व्यवसायी, उत्कृष्ट बालवचत कंर्ता, उत्कृष्ट कर्मचारी, संस्थाका शेयर सदस्यका छोरा/छोरी लाई नगद छात्र वृत्ति सहित सम्मान गरिएको थियो ।
साधारणसभामा अध्यक्ष दाहालले आर्थिक वर्ष २०८१/०८२ का लागि विभिन्न कार्यक्रमहरू प्रस्ताव गरेका थिए । जसलाई बन्दसत्रले पास गरेको छ ।
संस्थाको समुदायमा र सदस्यको सेवामा पहुँच विस्तार गर्न यस वर्ष ४०० सदस्य वृद्धि गरि २९९२ शेयर सदस्यता पुन्ऱ्याउने, संस्थामा बाल बचत कर्ताको पहुँच वृद्धि गर्न यस वर्ष २५ जना थप गरि २२५ पुऱ्याउने, यस वर्ष सदस्यहरु संग समग्र संस्थाको वारेमा जरानकारी गराउन र सल्लाह सुझाव लिन ४ वटा विस्तारित मञ्चका कार्यक्रम संचालन गरिने, सदस्यहरुको ज्ञान सिप वृद्धि गर्नका लागि ६०० जना सदस्य सहकारी शिक्षा र १०० जना सदस्यलाई व्यवसायिक सिप, व्यवसाय सिप प्राप्त सदस्य मध्ये १५ जना सदस्यलाई उद्यमी बनाउने जस्ता कार्यक्रम प्रस्ताव गरिएको अध्यक्ष दाहालले बताए ।
यसैगरी यस वर्ष ४०० सदस्यलाई मोबाईल वैकिङ तथा QR कोड प्रविधि साक्षरता शिक्षा प्रदान गरिने, २०० जना शेयर सदस्यलाई मोबाईल बैंकिङ सेवा र २०० जना सदस्यलाई QR कोडको माध्यमबाट सेवा प्रदान गरिने, विभिन्न संघ सस्था संग सहकार्य गरि सामाजिक सेवा तथा वातावरण सम्बन्धी कार्य गरिने दाहालले बताए ।
यस वर्ष शेयर पुंजी ४० लाख १६ हजार ८ सय थप गरि ३ करोड २८ लाख ८० हजार पुऱ्याउने लक्ष्य राखिएको उनले बताए । साधारणसभामा कोषाध्यक्ष केशव प्रसाद देवकोटाले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए ।