मकवानपुर । संबिधान दिवसकाे अबसरमा अपाङता भएका व्यक्तिहरुलाई कृतिम खुट्टा र ह्विल चेयर वितरण गरिएको छ । संविधान तथा राष्ट्रिय दिवसको अवसरमा बागमती प्रदेश स्वास्थ मन्त्री किरण थापाले नि:शुल्क कृतिम खुट्टा र ह्विल चेयर वितरण गरेका हुन् ।
प्रदेश स्वास्थ्य मन्त्रालय,सामाजिक बिकास मन्त्रालय,मारवाडी सेवा समिति नेपाल र पशुपती गौशाला धर्मशालाद्वारा संयुक्त रुपमा काठमाडौ आयोजना गरिएकाे कार्यक्रममा ७ जनालाई ९ वटा कृतिम खुट्टा र ६ जनालाई व्हिल चेयर वितरण गरिएको थियाे ।
मन्त्री थापाले मानवीय सेवामा बागमती प्रदेश सरकार सदैव तत्पर रहेको बताए । खुट्टा नभएकै कारण धेरै नै कष्ट खेप्नुपरेको महसुस गर्दै सहकार्य गरी यस्ता सामग्री बितरण गरिएको उनले जानकारी दिए । ‘सहयोग सानै भएपनि कहिलेकाही ठुलो हुन्छ’ मन्त्री थापा भने ‘कृतिम खुट्टा वितरण पछि उहाँहरुको जीवन सहज हुने विश्वासका साथ यो कार्यक्रम अगाडि बढाइएको हो ।’
मारवाडी सेवा समिति र पशुपति गौशाला धर्मशालासँग निशुल्क शवबाहन संचालन, विभिन्न अस्पतालमा प्रति छाक ४० रुपैयाँँमा खाना खुवाउने कार्यको पनि सम्झौता हुने क्रममा रहेको उनले जानकारी दिए । यस्तै शुद्ध पिउने पानीको लागि अस्पतालमा ४ लाख बराबरको वाटर प्युरिफायर समेत राख्ने तयारी भएको मन्त्री थापाले बताए । मारवाडी समिति र धर्मशालाले मानवीय सेवामा पुर्याएकाे विभिन्न कार्यको मन्त्री थापाले प्रशंसा गरे । मानवले दान भन्दा मानव उत्थानको सेवा गर्नु नै मुख्य धर्म रहेको उनले बताए । उनले मानवसेवाबाट पाएको आशीर्वादले मन आनन्द हुने भन्दै सबैमा सेवाभाव जागृत हुनुपर्ने बताए ।
कार्यक्रम पशुपति गौशाला धर्मशालाका अध्यक्ष रमेश तपडियाको अध्यक्षतामा भएको हो ।