मकवानपुर । सिस्नुपानी नेपालको मकवानपुर शाखाकाे अध्यक्षमा सम्प्रस पौडेल चयन भएका छन् ।
सिस्नुपानी मकवानपुरकाे बिहीबार भएको अधिवेशनबाट सम्प्रसको अध्यक्षतामा १० सदस्यीय जिल्ला शाखा सर्वसम्मत चयन गरेको हो । यसैगरी सिस्नुपानी मकवानपुर उपाध्यक्षमा गोविन्द पौडेल, सचिवमा सुमार्गी हुमागाई, कोषाध्यक्षमा शुभद्रा हुमागाईं, सहसचिवमा अमृता लामिछाने चयन भएका छन् । यस्तै सदस्यमा चिरञ्जीवि लामिछाने, स्वस्तिका दाहाल, अजर फुयाँल, बैकुण्ठ लामिछाने र सुबास सजल चयन भएका छन् ।
सिस्नुपानी नेपाल मकवानपुर अध्यक्ष राजकुमार लामिछानेको अध्यक्षता तथा सिस्नुपानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नागेको प्रमुख आतिथ्यता भएकाे कार्यक्रममा विभिन्न साहित्य संघ संस्थाका प्रतिनिधि, समाजसेवी, साहित्यकारहरुको उपस्थिती रहेको थियो ।
हाँस्यव्यङ्ग्य साहित्य विधाको विकासका लागि स्थापित सिस्नुपानीले मकवानपुरमा हास्यव्यङ्ग्य रचना लेखन, वाचन, क्यारिकेचर, प्यारोडी गायन, कार्टुन प्रदर्शनीका विविध कार्यक्रममा सक्रिय रहँदै आएकाे छ ।