मकवानपुर । ५२ औ विश्व वातावरण दिवस २०८१ को अवसरमा हेटौंडा ११ मा रहेका टोल विकास संस्थाहरुको सहभागीता टोल स्तरीय सचेतना मुलक प्रदर्सनी, सम्मान एवम् पुरस्कार वितरण कार्यक्रम गरिएकाे छ ।
यस वडामा रहेकाे २३ वटा टाेल विकास सँस्थाहरुकाे सहभागितामा र्यालि तथा सचेतनामुलक कार्यक्रम गरिएकाे हाे । वडा कार्यालयको आर्थिक सहयोगमा टोल विकास संस्था वडा समन्वय समितिको आयोजनामा कार्यक्रम भएको हो । सहिद स्मारककाे प्रवेशद्वारबाट सुरु भएको सचेतना मुलक र्याली हेटौंडा ११ मा रहेको बिपन्न बचत तथा ऋण सहकारी परिसरमा पगेर पुरस्कार वितरण कार्यक्रममा परिणत भएको टाेल विकास संस्था नगरसमन्वय समितीका उपमहासचिव देवकुमार श्रेष्ठले जानकारी दिए ।
टोल विकास संस्था वडा समन्वय समितिका अध्यक्ष यज्ञबहादुर आचार्यको सभाध्यक्षता भएको कार्यक्रममा उप मेयर राजेश बानियाँ वडा अध्यक्ष जुना दहाल, नगरसमन्वय समितीका अध्यक्ष धुर्वप्रसाद अधिकारी, सचिव चन्द्रवती पनेरु, वडा सदस्य गोपिनी सापकोटा, विकास नेपाल, सन्जय बिडारी, गिता सुनार, सामाजिक विकास महाशाखा अधिकृत गोपिनी गौतम, वातावरण ईन्जिनियर चन्दा खड्कालगायतका संघ संस्था एवं टोल विकास संस्थाहरुको उपस्थिति रहेकाे थियाे ।
कार्यकमा सिमलटार टोल विकास संस्था प्रथम,शान्ति चोक टोल विकास संस्था द्वतीय, झोलुङ्गेपुल टोल विकास संस्था तृतीय, र्योदय टोल विकास संस्था र लालिगुरास टोल विकास संस्था सान्त्वना भएका थिए । उनीहरुलाई प्रमाण पत्र र क्रमश : ७ हजार, ५ हजार, ३ हजार र २/२ हजार नगद प्रदान गरिएकाे थियाे ।
यसैगरी कार्यक्रमा कृषि दूध उत्पादनमा टेवा पुर्याउने मधुसुदन अर्याल, शेषराज रिमाल, पुर्णकुमारी बस्नेत, रमेश बर्तौला र निरज गौत्तमलाई पनि नगद २/२ हजार सहित सम्मान पत्र प्रदान गरिएको उपमहासचिव श्रेष्ठले जानकारी दिए ।

