मकवानपुर । मकवानपुर जिल्लामा हात्तीको आक्रमणमा परेर एक जनाको ज्यान गएको छ ।मकवानपुरकाे पश्चिमी क्षेत्रस्थित मनहरी गाउँपालिका-६ प्रतापपुरका ५५ वर्षीय कालेबहादुर राईको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको हो।
गोठाला गएका बेला चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा हात्तीले आक्रमण गरी घटनास्थलमै उनको ज्यान गएको मकवानपुर प्रहरीले जानकारी दिएकाे छ । पर्सा राष्ट्रिय निकुन्जको मध्यवर्ती क्षेत्रमा बसोबास रहेका राई बिहीवार साँझ गोठाला गएका थिए ।
उनको शव शुक्रबार बिहान क्षतिवक्षत अबस्थामा फेला पारिएको इलाका प्रहरी कार्यालय मनहरीका प्रमुख प्रहरी निरीक्षक दीपक थापाले जानकारी दिए । राईको शवलाई पोष्टमार्टमका लागि हेटौंडा अस्पताल पठाइएको इलाका प्रहरी कार्यालले मनहरीले जानकारी दिएको छ ।
हात्तीको आक्रमणबाट चराउन लगिएका अन्य २ वटा राँगा पनि घाइते भएको पाइएको पर्सा राष्ट्रिय निकुन्ज मध्यवर्ती व्यवस्थापन समितिका अध्यक्ष सीताराम अर्यालले जानकारी दिएका छन् ।
राइको शव पोष्ट मार्टनको लागि अहिले हेटौडा अस्पतालमा राखिएको छ ।

