मकवानपुर । शिक्षा विकास तथा समन्वय इकाई प्रमुख दिनानाथ गौतमले युगलाई आत्मासत गर्दै सिकाइ प्रभावकारी बनाउन शिक्षकहरुलाई निर्देशन दिएका छन् ।
शिक्षा विकास तथा समन्वय इकाई प्रमुख गौतमले शिक्षण सिकाइमा शिक्षकको प्रयास अपरिहार्य रहेको भन्दै उनले यस्ताे निर्देशन दिएका हुन् । आजकाे युगमा प्रविधिलाई आत्मासात गरेर सिकाइएन भने गुणस्ततीय उपलब्धि हासिल नहुने उनले बताए ।
हामीले बिगतमा के सिक्यौ हैन, अहिलेको सिकाइ उपलब्धि कसरी राम्रो गर्ने भन्नेमा ध्यान दिनुपर्ने उनले बताए । “शिक्षकको आजको सिकाइ २०८१ मा विद्यार्थीको नतिजामा हेर्न चाहन्छु”उनले भने । सिद्धार्थ माध्यमिक विद्यालय हेटौडा २ मा अध्यापनरत शिक्षकहरूको लागि विषयगत पाठ्यक्रम, विशिष्टकरण तालिका, मुल्यांकन, कार्यमुलक अनुसन्धान तथा आइसीटी सम्बन्धी ३ दिने तालिम समापन गर्दै गाैतमले यस्ताे बताएका हुन् ।
कार्यक्रममा विद्यालयको शैक्षिक उन्नयनका लागि वडा कार्यालय सधै तयार रहेको हेटाैंडा २ का वडा अध्यक्ष बिष्णुगोपाल महर्जनले बताए । शिक्षकहरूले आफूलाई समय अनुसार आफूलाई दक्षता अभिवृद्धि गर्दै जानुपर्ने अध्यक्ष महर्जनले बताए ।
आगामी वर्षको नतिजा अझै उत्कृष्ट गराउने विद्यालय व्यवस्थापन समिति अध्यक्ष बलराम घिमिरेले बताए । विद्यार्थीलाई बिद्यालयमा टिकाउ, सिकाउ र दक्ष जनशक्तिको रुपमा बजारमा बिकाउको लागि शिक्षकको लगानी महत्त्वपूर्ण हुने प्रध्यानाध्यापक परमानन्द सरोज कर्णले बताए ।

शिक्षकहरु एकीकृत पाठ्यक्रम बारे अपडेट हुनुपर्ने भएकाेले सिकाइ कहिल्यै पूरा नहुने तथ्यलाई मनन् गर्न
सहायक प्राध्यापक सागर खतिवडाले आग्रह गरे । सही तरिकाले सिकाउने र सही मुल्यांकन गर्न कार्यक्रम उपयोगी हुने खतिवडाले बताए । नयाँ एकीकृत पाठ्यक्रम अनुसार अध्यापन गराउन पाठ्यक्रम प्रबोधिकरण कार्यक्रम गरिएको कार्यक्रम संयोजक खेमराज लामिछानेले बताए ।
त्रैमासिक परीक्षाको मुल्यांकन राख्ने, ग्रेडिङ गर्ने क्रियाकलापलाई व्यवहारिक बनाउन आवश्यक भएको उनले बताए ।
नयाँ शैक्षिक सत्र सुरुहुदै गर्दा प्रबोधिकरण कार्यक्रम उपलब्धिपुर्ण भएको र त्यो सिकाइलाई कक्षा कोठामा लैजाने सहभागी शिक्षक संगिता पुडासैनीले बताइन् । अध्यापनको क्रममा हुने बिषयगत समस्या र त्यसको सामाधान गर्ने तालिमकाे सिकाइ महत्वपूर्ण भएको सहभागी शिक्षक श्रीराम लुइँटेलले बताए ।
समापन कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्यहरु तालिममा सहभागि शिक्षकहरु समेतकाे उपस्थति रहेकाे थियाे ।
तालिममा इकाई प्रमुख गौतम सहित यादवराज बराल, माधव गौतम, चिरञ्जीवी घिमिरे, दिनेश माझी, भरत पोखरेल, सुमिरण नेपाल, श्रीराम लुइँटेल, कृष्ण पोखरेलले सहजिकरणकाे भूमिका निर्वाह गरेकाे विद्यालयकाे अंग्रेजि माध्यमका संयाेजक गणेश हुमगाईले बताए ।

