मकवानपुर । संस्थाकाे २६ औं स्थापना दिवसको अवसर पारेर प्रेस चौतारी नेपाल मकवानपुरले आज हेटौंडामा प्रभातफेरी कार्यक्रम गरेकाे छ ।
प्रेस चौतारी नेपाल मकवानपुर शाखाले आयोजनामा गरेकाे प्रभात फेरीमा जिल्लाका कृयाशिल पत्रकारहरुकाे सहभागीता रहेकाे थियाे । कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज हरि हुमागाईंले श्रमजिवी पत्रकारहरुको संस्था प्रेसचौतारी नेपालले पत्रकारहरुको हकहितका निम्ति धेरै राम्रा काम गरेको बताए ।
पत्रकारहरुकाे पेशागत हितकाे लागि सक्रिय चाैतारी पत्रकारकाे हितकारी संस्था भएकाे उनले बताए । कार्यक्रममा पत्रकार महासंघ बागमती प्रदेशका महासचिब कृष्ण सारु मगर, प्रेस चौतारी नेपाल बागमती प्रदेशका महासचिब प्रकाश दाहाल, पत्रकार महासंघ मकवानपुरका उपाध्यक्ष ध्रुब अधिकारी, प्रेस युनियन मकवानपुरका अध्यक्ष सुवास विडारीलगायतकाले पत्रकारकाे सवालमा सबै पत्रकारहरु एकै मतमा उभिने गरेकाे सही संस्कार रहेकाे बताए । विचारकाे आधारमा विभिन्न संगठनहरुमा आवद्ध भए पनि पेशागत हित र व्यवसायिक सवालमा एकै कित्तामा उभिने गरेकाे उनीहरुले बताए ।
कार्यक्रममा चाैतारी जिल्ला शाखा अध्यक्ष बालकृष्ण अधिकारीले पत्रकारहरुमा दक्षताकाे विकासमा समेत चाैतारी लागिपरेकाे स्मरण गरे ।

