मकवानपुर । मकवानपुरकाे मनहरीमा प्रथम उपाध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । खेलकुद विकास समितिको मनहरीकाे आयोजना र मनहरी गाउँपालिकाको आर्थिक सहयोगमा प्रतियोगिता हुने भएको हो ।
आयोजक समितिले मनहरीमा आइतबार पत्रकार भेटघाट गरी प्रतियोगिताबारे जानकारी गराएको हो । माघ २३ गतेदेखि २६ गतेसम्म संचालन हुने प्रतियोगीता मनहरी–४ गोलघर खेल मैदानमा सञ्चालन हुने खेलकुद समिति अध्यक्ष बीरु लामाले जानकारी दिए । कार्यक्रममा गाँउपालिका उपाध्यक्ष सीता पुलामी मगरले प्रतियोगितामा प्रयोग हुने जर्सी सार्वजनिक गरेकी थिइन् ।
प्रतियोगितामा नौ वटा टिम सहभागी हुनेछ । प्रतियोगिताको विजेताले नगद ५० हजार तथा उपविजेता ३० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, विधागत रुपमा उत्कृष्ट हुने खेलाडीहरुले पुरस्कार प्राप्त गर्ने समितिका अध्यक्ष लामाले बताए ।

