मकवानपुर । आफ्नै कृषि सहकारी संस्थाकाे साधारण सभा भएकाे छ । हेटौडा १ मा रहेकाे संस्थाकाे १३ औं वार्षीक साधारण सभा साेमबार हेटौडामा भएकाे हाे ।
कार्यक्रममा हेटाैडा उपहानगरपालिका कार्यालयका सहकारी शाखा प्रमुख हिमप्रसाद पाैडेलले जिल्लामा हालसम्म २ सय २२ वटा सहकारी संस्था रहेकाेमा १४ वटा सहकारीहरु सक्रिय नभएकाे बताए । सक्रिय नभएका सहकारीलाई कारवाहीकाे प्रक्रियामा रहेकाे उनले बताए । ‘सहकारीले ऋण लगानी गर्दा कार्यविधि बनाएर मात्र गर्नुपर्छ, उनले भने ‘सहकारीले संकलन गरेकाे रकमलाई कानून सम्मत लगानी गरिनु पर्छ ।’ आफ्नै कृषि सहकारी कृषि सम्वन्धी भएकाले धेरै अवसरहरु रहेकाे उनले जानकारी दिए । अहिले सहकारी दर्ता प्रक्रिया राेकिएकाे बताउँदै उनले संकलित रकम आयआर्जनमा लगाउनु पर्ने भनाइ राखे ।
१ कराेड ७० लाखकाे कुल पुँजी तथा दायित्व रहेकाे आफ्नै कृषि सहकारी संस्थाकाे आगामी दिनका योजना समेत साधारण सभामा प्रस्तुत गरिएकाे थियाे । ‘आगामी दिनमा कृषि तथा पशुपालन पेशा नै गरिरहेका कृषकहरुलाई विशेष व्यवस्था गरी शेयर सदस्य बनाइनेछ । ४५ जनाले नियमित वचत गरी रहेकाे संस्थामा आगामी वर्ष सो संख्यालाई बुद्धी गर्दै लगिने बताइएकाे छ । विशेष बचत खातामा १२ प्रतिशत का दरले ब्याज उपलब्ध गराउने,बचतकर्ताको संख्यामा वृद्धि गर्ने,अदुवा र बेसार खेती गरिने लगायतका योजनाहरु सहकारीले सार्बजनिक गरेको छ ।
सहकारीमा यस आर्थिक बर्षमा १७ लाख २० हजार रुपैँया शेयर पुजी रहेको छ भने १ करोड १७ लाख २ हजार ४ सय ७५ रुपैँया कुल पुजी रहेको छ । १ सय २९ शेयर सदस्यहरु आवद्ध सहकारीले आव ०७८/७९ देखि गाई भैँसीका लागि दाना उत्पादन गर्ने उद्योग सञ्चालन गर्दै आएकाे छ ।
सहकारीका अध्यक्ष पुष्पराम थापाकाे सभाध्यक्षता तथा हेटौडा उपमहानगरपालिका वडा नम्बर १ का वडाध्यक्ष सविन न्याैपानेकाे प्रमुख आतिथ्यतामा साधारण सभा भएकाे हाे ।

