मकवानपुर । बागमती प्रदेशमा सर्वदलीय बैठक आज बस्दै छ । गत बुधबार प्रदेशका मन्त्रीहरूसँग छलफल गरेपछि मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज अर्थात् मंसिर १७ गतेका लागि सर्वदलीय बैठक आह्वान गरेका थिए ।
बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलको आह्वानमा आज सर्वदलीय बैठक बस्ने भएको हो । बैठक दिउँसो १ बजे मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेटौंडामा हुने छ।
प्रदेशको वर्तमान राजनीतिक अवस्था र प्रदेश सभा अन्तर्गतका संसदीय समिति गठनका विषयमा बैठक केन्द्रित रहने बुझिएको छ । बैठकले प्रदेशसभामा रहेका समिति सभापति टुङ्गो लगाउने अनुमान गरिएको बाहालवाला एक मन्त्रीले बताए ।

