मकवानपुर । मकवानपुरकाे हेटौडामा उपमेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । आगामी मंसिर १४ गतेदेखि १७ गतेसम्म छैठौं संस्करणको उपमेयर कप महिला तथा पुरुष भलिबल प्रतियाेगिता हुने भएकाे हाे ।
केशवलाल श्रेष्ठ स्मृति केन्द्रिय प्रतिष्ठान र मकवानपुर जिल्ला भलिबल संघको आयोजना, मकवानपुर जिल्ला खेलकुद विकास समितिको सहकार्य तथा हेटौँडा उपमहानगरपालिकाको सहयोगमा हेटौँडा–१९ नेवारपानीमा प्रतियोगिता हुने मकवानपुर जिल्ला भलिबल संघ अध्यक्ष बसन्तकुमार सिटौला जानकारी दिए ।
प्रतियोगितामा प्रथम हुने टिमले ५० हजार रुपैयाँ, द्वितीय हुनेले ३० हजार रुपैयाँ र सान्त्वनाले १० हजार रुपैयाँसहित सिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै विधागत उत्कृष्ट खेलाडीहरुका लागि पुरस्कारको व्यवस्था गरिएको अध्यक्ष सिटौलाले बताए ।
प्रतियाेगितामा महिला तथा पुरुष खेलाडी सहभागिता गराइदिनु हुन हेटौडाका १९ वटै वडालाई पत्रचार गरिसकिएकाे उपमहानगरपालिकाले जनाएकाे छ ।
गत वर्ष भएको उपमेयरकपको पाँचौ सस्करणको उपाधि महिला तर्फ १९ नम्बर वडा र पुरुष तर्फ ११ नम्बर वडाले हात पारेको थियो ।

