मकवानपुर । बागमती प्रदेशकाे राजधानी मकवानपुरको हेटौंडामा एसियाली बुद्धिचाल प्रतियोगिता हुने भएको छ । मकवानपुर जिल्ला बुद्धिचाल संघको आयोजनामा आगामी मंसिर १२ गतेदेखि मंसिर १७ गतेसम्म प्रतियाेगिता संचालन हुने भएकाे हाे ।
प्रतियोगितामा राष्ट्रिय खेलकुद परिषद काठमाडौं, बागमती प्रदेश खेलकुद विकास परिषद् हेटौंडा, हेटौंडा उपमहानगरपालिका र हेटौंडाको विभिन्न वडाहरुको आर्थिक सहयोगमा संचालन गरिने संघ अध्यक्ष मनोज श्रेष्ठले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा विभिन्न देशबाट १३० जना खेलाडीले नाम दर्ता गराइसकेका छन् ।
९ राउण्डमा खेलाइने प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय, चौथो, पाँचौं र छैटौंदेखि दशौंसम्म हुनेले क्रमशः १ लाख २५ हजार रुपैयाँ, ७५ हजार रुपैयाँ, ४० हजार रुपैयाँ, २५ हजार रुपैयाँ, २० हजार रुपैयाँ, १५ हजार रुपैयाँ र ११ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गर्नेछन् ।

