मकवानपुर । बागमती प्रदेश सभाले सरकारको आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम पारित बहुमतले पारित गरेकाे छ । प्रदेश सभाको शुक्रबार बसेको दोस्रो अधिवेशनकाे तेह्राै बैठकले नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो ।
प्रदेश सरकारको तर्फबाट प्रदेश प्रमुख यादव चन्द्र शर्माले जेठ १४ गते सभालाई सम्बोधन गर्दै नीति तथा कार्यक्रम सार्वजनिक गरेका थिए । प्रदेश सभामा उक्त नीति तथा कार्यक्रममा जेठ १७ गतेबाट छलफल सुरु भएको हो । १७ गतेबाट लगातार तीन दिन भएकाे छलफलमा सत्तापक्ष र प्रतिपक्ष गरी ८१ जना प्रदेश सभाका सदस्यहरुले सरकारलाई मार्ग निर्देशनसहित सुझावहरु दिएका थिए ।
छलफलमा सदस्यहरुले उठाएका विषयवस्तुका सन्दर्भमा मुख्यमन्त्री शालिकराज जम्मकट्टेलले जवाफ दिएका थिए । जवाफमा उनले प्रदेश सभा सदस्यहरुले उठाएका विषय तथा दिएका सल्लाह सुझाबहरु बजेट केन्द्रीत भएकाले आगामी बजेटमा समावेश भएर आउने बताए । मुख्यमन्त्रीकाे जवाफ पछि सभामुख भुवन कुमार पाठकले आर्थिक वर्ष २०८०/२०८१ काे तीति तथा कार्यक्रम माथिकाे छलफल सकिएकाे घाेषणा गरेका थिए ।
बैठकमा प्रदेश सभाका सदस्य मधुसुदन प्रसाद पौडल, एकालाल श्रेष्ठ, प्रकाश श्रेष्ठ, सुरेन्द्रराज गोसाई र सृजना सैजूले विभिन्न माग राख्दै नीति तथा कार्यक्रममाथि संशोधनको प्रस्ताव टेबुल गरेका थिए । उनीहरुले टेबुल गरेको संशोधनको प्रस्ताव फिर्ता लिन सभामुखले समय दिएका थिए । तर संसाेधन प्रस्ताव दर्ता गराएका सदस्यहरुले प्रस्ताव फिर्ता नलिकाले बैठकमा निर्णयार्थ पेश भएकाेले । सभाबाट नीति तथा कार्यक्रम संसाेधन प्रस्ताव बहुमतले अस्वीकृत भएकाे थियाे ।
यसैगरी सभामुख पाठकले बैठकमा सरकारको आगामी आवको नीति तथा कार्यक्रम स्वीकृतकाे लागि पेश गरेका थिए । उक्त प्रस्तान बहुमतले पारित भएको हाे । नीति तथा कार्यक्रम पारीत भएसँगै बागमती प्रदेश सभाको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको सभामुख पाठकले जानकारी गराए ।

