मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका ९ रजैयामा मिनिट्रकले बसमा सबार १ जनाको हात चुडाल्दा मृत्युु भएको छ ।
शनिबार बिहान साडे ११ बजेको समयमा मनहरी -९ रजैया स्थित पुर्व-पश्चिम सडकखण्डमा हेटौडाबाट चितवन तर्फ जादै गरेको ग १ क २२९७ नम्बरको मिनी ट्रकले चितवनबाट हेटौंडा आउदै गरेको बा ३ ख ८३९४ नम्बरको बसमा सबार ब्यक्तिले हात झ्यालबाट बाहिर निकालेको अबस्थामा चुडालेको थियो ।
बसमा सवारी चालकको सिट भन्दा पछाडी बसी झ्यालबाट हात बाहिर निकालेको अबस्थामा नाम थर नखुलेको अन्दाजी ३०/३२ वर्षको पुरुष ब्यक्तिको दाहिने हातको पाता भन्दा मुनिको भाग मिनी ट्रकले चुडालेको इलाका प्रहरी कार्यालय नेवारपानीका प्रहरी नायब निरीक्षक भीमप्रसाद दुलालले जानकारी दिए ।
मिनी ट्रकले हाल चुडालिदिएको ब्यक्तिलाई चुडिएको हात सहित उक्त बसमा थप उपचारका हेटौंडा अस्पतालमा ल्याइएकोमा उपचारमा संलग्न डाक्टरले मृत्युु घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता टेक बहादुर कार्कीले जानकारी दिए ।
मिनी ट्रक र चालक प्रहरी नियन्त्रणमा रहेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

