काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जेठ १७ गते भारत भ्रमणमा जाने भएका छन्। प्रधानमन्त्री प्रचण्ड जेठ १७ देखि २० गतेसम्म भारत भ्रमणमा रहने शनिबार परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको भ्रमण तालिकाले बताउँछ । गत पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका उनकाे नेपालको प्रधानमन्त्रीका रुपमा यो चौथो भारत भ्रमण हो ।
प्रधानमन्त्री प्रचण्डले भारतीय समकक्षी नरेन्द्र मोदी, राष्ट्रपति द्रौपदी मुर्मु र उपराष्ट्रपति हामिद अंसारीसँग भेटवार्ता गर्ने कार्यसूची रहेको छ। उनले जेठ १८ गते भारतीय समकक्षी मोदीसँग हैदरावाद हाउसमा वार्ता गर्नेछन्। भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्ड र मोदीले द्विदेशीय साझेदारीका विविध क्षेत्रमा छलफल गर्ने कार्यतालिका रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
प्रधानमन्त्रीको भ्रमण टोलीमा मन्त्रीहरू, सचिवहरू, नेपाल सरकारका उच्च अधिकारीहरू र स्वकीय सचिव गंगा दाहाल लगायतको सहभागिता रहने मन्त्रालयले जनाएको छ।


