मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवं बागमती प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँले मकवानपुर गढी गाउँपालिका ६ भालुखोलामा स्ल्याव हुने बाटो शिलान्यास गरेका छन । बानियाँले भालुखोलाबाट ठूलोसल्ले जाने करिव १२ सय मिटर स्ल्याव हुने बाटो ढलानको शिलान्यास गरेका हुन ।
नेता बानियाँको विशेष पहलमा भालुखोलाबाट ठूलोसल्लेसम्म करिव १२ सय मिटर बाटो स्ल्यावको लागि बागमती प्रदेश सरकारको ५० लाख र गाउँपालिकाको ५० लाख सहित एक करोडबाट काम सुरु गरिएको हो ।
शिलान्यास कार्यक्रममा बोल्दै नेता बानियाँले संघीयताले गाउँ/गाउँमा विकासनिर्माण र जनतालाई उत्पादनमुखी कार्यमा लाग्न प्रेरित गरेको बताउँदै प्रदेश सरकारबाट वडाको विकासनिर्माणमा सक्दो सहयोग गर्ने प्रतिबद्घता व्यक्त गर्नुभयो ।
मकवानपुर गढी गाउँपालिका ६ का वडाअध्यक्ष कृष्णप्रसाद बजगाईको सभाध्यक्षता एवं नेता बानियाँको प्रमूख आतिथ्यतामा शनिबार ठूलोसल्लेमा भएको सडक शिलान्यास कार्यक्रममा गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङतान, कांग्रेस नेता यतिराज सापकोटा, मकवानपुरगढी ५ का वडाअध्यक्ष दीपेश दाहाल, कांग्रेस मकवानपुरगढी गाउँपालिका ६ का वडा सभापति केदारनाथ चौलागाईं, निर्माण व्यवसायी मनोहर घिमिरेलगायतको उपस्थिति रहेको थियो ।

