मकवानपुर / जिल्ला प्रहरी कार्यालय मकवानपुरले अफिम सहित तीन जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौंडा–७ बस्ने ५६ बर्षीय जय बहादुर मुक्तान, बारा निजगढ नगरपालिका–१२ बस्ने २४ बर्षीय बिष्णुलाल थिङ र मकवानपुर बकैया–६ बस्ने ३२ बर्षीय दिनेश थिङ रहेका छन् ।
प्रहरीका अनुसार हेटौंडा उपमहानगरपालिका वडा नं. ७ बेलिबृज नजिकैबाट लागुऔषध अफिम २ किलो ९ सय ग्राम सहित तीन जनालाई पक्राउ गरेको हाे ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले उनीहरुमाथि अनुसन्धान भइरहेको जानकारी दिए ।

